Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

हरिबोल र महेश्वरमाथिको कारबाहीले सिन्धुली–२ मा नेकपालाई सकस पर्ला ?

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट निष्कासन गरेपछि त्यसको राजनीतिक प्रभाव अपेक्षाभन्दा उल्टो देखिन थालेको छ। पार्टीभित्र मात्र होइन, बाहिरी मतदाता तहमा समेत निष्कासित नेताहरूप्रति सहानुभूति बढ्दै गएको संकेत देखिएको छ।

हरिबोल गजुरेल र महेश्वर दाहालको सार्वजनिक छवि स्वच्छ, सिद्धान्तनिष्ठ र संघर्षशील नेताका रूपमा स्थापित रहँदै आएको छ। उनीहरू प्रचण्डको नेतृत्वशैलीमा देखिएको स्वेच्छाचारिता, विकृति, विसङ्गति तथा बढ्दो परिवारवादविरुद्ध निरन्तर आवाज उठाउँदै आएका कारण नै निशानामा परेको बुझाइ राजनीतिक वृत्तमा व्यापक छ।

विशेषत: सिन्धुली–२ मा नेपाली कम्युनिस्ट पार्टी जिल्ला कमिटीले ‘बस्ने मुढा’ चुनाव चिह्नबाट अघि सारेका महेश्वर दाहालप्रति मतदाताबीच सहानुभूति र समर्थन उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ। पार्टी निर्णयबाट अन्यायमा परेका नेताका रूपमा दाहालप्रति व्यक्त भइरहेको जनभावनाले चुनावी समीकरणलाई नै प्रभावित गर्न सक्ने संकेत दिएको छ।

यस घटनाले प्रचण्डको नेतृत्व शैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ। आलोचना सहन नसक्ने, फरक मतलाई दण्डित गर्ने र संगठनलाई व्यक्तिकेन्द्रित बनाउने प्रवृत्तिले माओवादी आन्दोलनको वैचारिक जग क्रमश: कमजोर बन्दै गएको विश्लेषकहरूको निष्कर्ष छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस्ता निष्कासन निर्णयले तत्काल शक्ति प्रदर्शन गरेजस्तो देखिए पनि दीर्घकालमा यसले स्वयं प्रचण्डलाई नै कमजोर बनाउने सम्भावना बढाएको छ।

यसअघि पनि सिन्धुली क्षेत्रका स्वच्छ छवि भएका नेताहरू—सीपी गजुरेल, ईश्वरीप्रसाद दाहाल तथा अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष कुमार दाहाल—लाई विभिन्न प्रपञ्चमार्फत पन्छाइँदा पार्टीको नैतिक विश्वसनीयता खस्किँदै गएको र जनविश्वासमा क्षयीकरण आएको आरोप लाग्दै आएको छ।

हरिबोल गजुरेल र महेश्वर दाहालको पछिल्लो निष्कासन निर्णयले नेपाली कम्युनिस्ट पार्टी मात्र होइन, समग्र नेपाली कम्युनिस्ट आन्दोलनभित्र नेतृत्वको चरित्र, उत्तरदायित्व र आन्तरिक लोकतन्त्रको विषयलाई देशव्यापी बहसको केन्द्रमा ल्याएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हरिबोल र महेश्वरमाथिको कारबाहीले सिन्धुली–२ मा नेकपालाई सकस पर्ला ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट नि...

भारतमा सवारी दुर्घटनामा परि एक नेपालीको मृत्यु, एक घाइते

नेपालगन्ज। नेपाल भारत सीमा नजिकै भारतीय क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर दिँदा नेपालगन्ज पिप्रहवा निवासी एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते...

चुनावी माहोलसँगै महोत्तरीमा आर्थिक चहलपहल बढ्यो

महोत्तरी। देश चुनावी रङले ढाकिँदै जाँदा त्यसको प्रभाव राजनीतिक गतिविधिमा मात्र सीमित छैन, यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्र र समग्र बजारमा देखिन थ...

सैनिक कल्याणकारी भवनको भाडा विवाद, अदालतको आदेश उल्लङ्घन

काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१५ गिरावट, वार्षिक आधारमा वृद्धि

टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...

प्रचण्डले एकताको नाममा झुट बोले—विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...

भ्रष्टाचार विरोधी अभियानका कारण सरकारबाट बाहिरिनुपरेको थियो, रुकुम पूर्वबाट जनताको बीचमा फर्कन्छु: प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...

निर्वाचन विशेष तयारी: गृह मन्त्रालयले ल्यायो वडा तहसम्मको सुरक्षा अवधारणा

काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE