Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

हरिबोल र महेश्वरमाथिको कारबाहीले सिन्धुली–२ मा नेकपालाई सकस पर्ला ?

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट निष्कासन गरेपछि त्यसको राजनीतिक प्रभाव अपेक्षाभन्दा उल्टो देखिन थालेको छ। पार्टीभित्र मात्र होइन, बाहिरी मतदाता तहमा समेत निष्कासित नेताहरूप्रति सहानुभूति बढ्दै गएको संकेत देखिएको छ।

हरिबोल गजुरेल र महेश्वर दाहालको सार्वजनिक छवि स्वच्छ, सिद्धान्तनिष्ठ र संघर्षशील नेताका रूपमा स्थापित रहँदै आएको छ। उनीहरू प्रचण्डको नेतृत्वशैलीमा देखिएको स्वेच्छाचारिता, विकृति, विसङ्गति तथा बढ्दो परिवारवादविरुद्ध निरन्तर आवाज उठाउँदै आएका कारण नै निशानामा परेको बुझाइ राजनीतिक वृत्तमा व्यापक छ।

विशेषत: सिन्धुली–२ मा नेपाली कम्युनिस्ट पार्टी जिल्ला कमिटीले ‘बस्ने मुढा’ चुनाव चिह्नबाट अघि सारेका महेश्वर दाहालप्रति मतदाताबीच सहानुभूति र समर्थन उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ। पार्टी निर्णयबाट अन्यायमा परेका नेताका रूपमा दाहालप्रति व्यक्त भइरहेको जनभावनाले चुनावी समीकरणलाई नै प्रभावित गर्न सक्ने संकेत दिएको छ।

यस घटनाले प्रचण्डको नेतृत्व शैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ। आलोचना सहन नसक्ने, फरक मतलाई दण्डित गर्ने र संगठनलाई व्यक्तिकेन्द्रित बनाउने प्रवृत्तिले माओवादी आन्दोलनको वैचारिक जग क्रमश: कमजोर बन्दै गएको विश्लेषकहरूको निष्कर्ष छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस्ता निष्कासन निर्णयले तत्काल शक्ति प्रदर्शन गरेजस्तो देखिए पनि दीर्घकालमा यसले स्वयं प्रचण्डलाई नै कमजोर बनाउने सम्भावना बढाएको छ।

यसअघि पनि सिन्धुली क्षेत्रका स्वच्छ छवि भएका नेताहरू—सीपी गजुरेल, ईश्वरीप्रसाद दाहाल तथा अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष कुमार दाहाल—लाई विभिन्न प्रपञ्चमार्फत पन्छाइँदा पार्टीको नैतिक विश्वसनीयता खस्किँदै गएको र जनविश्वासमा क्षयीकरण आएको आरोप लाग्दै आएको छ।

हरिबोल गजुरेल र महेश्वर दाहालको पछिल्लो निष्कासन निर्णयले नेपाली कम्युनिस्ट पार्टी मात्र होइन, समग्र नेपाली कम्युनिस्ट आन्दोलनभित्र नेतृत्वको चरित्र, उत्तरदायित्व र आन्तरिक लोकतन्त्रको विषयलाई देशव्यापी बहसको केन्द्रमा ल्याएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: