Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

बाटो छेकेर वाम गठबन्धनको शक्ति प्रदर्शन

\"\"काठमाडौं एमाले–माओवादी नेतृत्वको गठबन्धनले राजधानीमा सडक अवरुद्ध गरेर चुनावीसभा गरेको छ । गठबन्धनले नयाँ बानेश्वरस्थित संसद् भवन पश्चिमतर्फको सडकमा मञ्च बनाएर सभा गरेपछि पाँच घन्टा यातायात सेवा अवरुद्ध भयो । नागरिक दैनिकमा खबर छ– सडक ओगटेर सभा गर्दा यात्रु समस्यामा परे। काठमाडौं निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्न आयोजना गरिएको उक्त सभामा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि थिए । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनले माओवादी केन्द्रका नेता अनील शर्मालाई उम्मेदवार बनाएको छ। साझा–विवेकशील पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई केटाकेटीको उपमा दिँदै केपी शर्मा ओलीले व्यंग्य गरे– समाचार भनेजस्तो राजनीति होइन, यो अलि फरक छ । सडकमै सभा गरिएपछि पुरानो बानेश्वरबाट गएका गाडीलाई थापागाउँतर्फ पठाइएको थियो भने नयाँ बानेश्वर चोकबाट पुरानो बानेश्वरतिर छिर्नै दिइएन । दुवैतर्फका गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले निर्देशन दिइरहेका थिए। सभास्थलमा ओली दिउँसो २ बजे आउने भनिए पनि पौने ४ बजेमात्र पुगेका थिए । उनी साढे पाँच बजेसम्म मञ्चमा बसेका थिए । सडक ओगटेर गरिएको चुनावीसभामा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि उपस्थित थिए । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने चितवन भएका कारण उपस्थित हुन सकेनन् । भाइ अनिलको चुनावीसभामा सहभागी हुन दाजु जनार्दन शर्मा रुकुमबाट आएका थिए। सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले स्थिर सरकार बनाउन वामपन्थी दलहरूबीच एकता भएको तर नेपाली कांग्रेसले अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए । मुलुकमा भएका ठूलाठूला परिवर्तनको नेतृत्व वामपन्थीले गरेको स्मरण गर्दै ओलीले कांग्रेसबाट राजनीतिक स्थिरता सम्भव नभएको दाबी गरे । ‘जुन पार्टीले गणेशमान सिंहलाई धुरुधुरु रुवायो, त्यो पार्टीमा किन बस्नुहुन्छ, एमालेमा आउनुहोस्,’ ओलीले नेपाली कांग्रेसप्रति लक्षित गर्दै भने, ‘दुईतिहाइ बहुमत ल्याएर देशमा स्थिर सरकार बनाऔं, देश विकास गरौं ।’ उक्त क्षेत्रमा गणेशमान सिंहका छोरा प्रकाशमानसिंह कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। कांग्रेस उम्मेदवार सिंहले तत्कालीन समयमा राष्ट्रसंघीय सम्मेलनमा भाग लिन जाँदा नेपालमा भारतको नाकाबन्दी नभएको बताएको आरोप लगाउँदै ओलीले भने, ‘नाकाबन्दीले जनताको चुलो बलेको छैन, राष्ट्रसंघमा गएर नाकाबन्दी छैन भनिदिनुभयो उहाँले ।’ ओलीले यस क्षेत्रबाट सिंह पटकपटक निर्वाचित भए पनि जनहितका पक्षमा काम नगरेको आरोप लगाए । विवेकशील–साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई पनि ओलीले कटाक्ष गर्न बाँकी राखेनन् । फुटबल र मेसीको उदाहरण दिँदै ओलीले ठूला मान्छे खेलिरहेको ठाउँमा साना र नयाँ अनुहार खेल्न आएको भन्दै कटाक्ष गरे । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा विवेकशील–साझा पार्टीबाट मिश्र उम्मेदवार छन् । ‘केही भाइबहिनीहरू अहिले राजनीतिमा आएका छन्, यो आकर्षणका लागि धन्यवाद दिन चाहन्छु, खेलाडीहरू मैदानमा खेलिरहेका छन, छेउपट्टि केटाकेटीहरू सिको गरिरहेका छन,’ ओलीले भने, ‘सिक्नु र खेल्नु बेग्लै कुरा हो, अहिले हामी यस्तो म्याच खेलिरहेका छौं, जहाँ गोल हान्नैपर्छ । मेसीले गोल गरेको ठाउँमा कस्तो हुदोरहेछ रु कत्तिको सा¥हो छ भुकुन्डो रु म पनि हानेर हेर्छु भन्ने केटाकेटी खेलाडीले काम चल्दैन ।’ राजनीतिमा आएकोमा स्वागत गर्दै ओलीले मिश्रप्रति थप व्यंग्य गरे, ‘समाचार भनेजस्तो राजनीति होइन, यो अलि फरक छ ।’ तर, ओलीले वाम गठबन्धनका उम्मेदवार शर्मालाई भने कलिलो उमेरका भनेर कम नआँक्न अनुरोध गरे । शर्मा कलिलो देखिए पनि उनमा विकासको अजेन्डा बोक्न सक्ने क्षमता रहेको ओलीले बताए । शर्माले आफ्नै उमेरमा एमालेका तत्कालीन अध्यक्ष मदन भण्डारीले यही क्षेत्रबाट निर्वाचन जितेको स्मरण गर्दै आफूसँग क्षमता भएको बताए । सभामा माओवादी केन्द्रका नेता जनार्दन शर्मालगायतले बोलेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE