Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

एमाले अध्यक्ष केपी ओलीले मतदातालाई पठाए यस्तो हवाई पत्र

[caption id=\"attachment_105691\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । सूचना आदानप्रदानका लागि मोबाइल सबैभन्दा सहज छ । इमेल र मेसेन्जरबाट पनि सहजै सन्देश पठाउन सकिन्छ । हवाई पत्र त हराइसकेको छ । तर, अध्यक्ष केपी ओलीको नाममा एमालेले मत माग्दै मतदातालाई हवाई पत्र पठाएको छ । हवाई पत्रमा ओलीको हस्ताक्षर पनि छ । पत्रमा परम्परागत शैलीमा सम्बोधन गरिएको छ । सुरुवातमा भनिएको छ, ‘आदरणीय दाजुभाइ, दिदीबहिनीहरू, नमस्कार ! आराम रही आरामको कामना गर्दछु । आजको नयाँ पत्रिकामा खबर छ-तपाईंहरूसँग भेटेर छलफल गर्ने इच्छा हुँदाहुँदै पनि सबैसँग प्रत्यक्ष भेट्न सम्भव नहुनेजस्तो लागेर यो पत्र लेख्दै छु । खासगरी आजको पत्रमा सँघारमै आएको चुनावको विषयलाई लिएर दुई–चार शब्द कोर्दै छु ।’ पत्रमा अनेक बाधाका बीच पनि संविधान बनेको भन्दै निर्वाचनलाई सदुपयोग गर्न आह्वान गरिएको छ ।
‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद ।’
ओलीको पत्रमा वर्षौंदेखिको गरिबी र पछौटेपन अन्त्य गर्दै वर्तमानको सदुपयोग गरी भविष्य सुनिश्चित गर्ने उल्लेख छ । वाम एकताले देश विकासलाई गति दिने पनि पत्र उल्लेख छ । ओलीको पत्रमा लेखिएको छ, ‘छरिएको वामपन्थी शक्तिलाई एकढिक्का बनाएर निर्वाचनमा विजय प्राप्त गरी राजनीतिक अस्थिरता समाप्त गर्दै मुलुकको विकासलाई तीव्र गतिमा अगाडि बढाउन यसपालि दुई ठूला वामपन्थी पार्टीहरू एमाले र माओवादी केन्द्र एकजुट भएका छौँ । तपाईंहरूकै चाहना र शुभेच्छाले नेपालमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बन्ने स्थिति आएको हो ।’ पत्रको अन्त्य पनि रोचक छ । उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’ \"\" ओलीको पत्र देशका सबै जिल्लामा पठाएको एमाले सुनसरीले जनाएको छ । पत्र जिल्ला कमिटीबाट स्थानीय पार्टी कमिटीमा पठाई त्यहाँबाट मतदातालाई बाँडिएको छ । हवाई पत्रको बाहिरी भागमा पाउनेको नाम र ठेगाना लेखिएको छ । पाउनेको नाम र ठेगाना स्थानीय पार्टी कमिटीले लेखेको हो । एमाले सुनसरीले जिल्लाका दुई लाख मतदातालाई पार्टी अध्यक्षको पत्र पठाएको जिल्ला अध्यक्ष रमेश बस्नेतले जानकारी दिए । ओलीको पत्रले कार्यकर्ता र मतदाता उत्साही छन् । धरान विशेष इलाका कमिटीको कार्यालयमार्फत आफ्नो नाममा ओली लेखेको पत्र पाएपछि एमाले संगठित सदस्य विकेस चाम्लिङ उत्साहित छन् । त्यस्तै, बराह नगरपालिका– ५ की आशामाया चौधरी पनि ओलीको पत्र पाउँदा दंग छिन् । उनले भनिन्, ‘अध्यक्ष हाम्रो गाउँसम्म आउन सक्नुभएन, पत्रबाट भए पनि सम्झनुभयो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE