Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

सामाजिक सञ्जालमा विज्ञापनको होड: निर्वाचन प्रचार मार्फत बिदेसियो १४ करोड

\"\"मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ बाहिरिँदै छ । सामाजिक सञ्जालमा ‘पेज स्पोन्सर’ र ‘पोस्ट बुस्ट’का नाममा प्रतिउम्मेदवारले औसतमा हजार डलर खर्च गरिरहेको फेसबुक स्पोन्सर गराउँदै आएका विज्ञापन एजेन्सीले बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ-दुवै चुनावको प्रतिस्पर्धामा रहेका कुल उम्मेदवार संख्याको एक चौथाइलाई आधार मान्दा मात्रै पनि सामाजिक सञ्जालमा स्पोन्सरका नाममा १३ करोड  ७७ लाख रुपैयाँभन्दा धेरै रकम बिदेसिएको देखिन्छ । जुनसुकै सामाजिक सञ्जाल स्पोन्सर गर्न आवश्यक रकम सम्बन्धित सामाजिक सञ्जाललाई पठाउनुपर्ने एक विज्ञापन एजेन्सी सञ्चालकले बताए । उनीहरूले सो रकमबाहेक निश्चित सेवा शुल्क लिने गरेका छन् ।
प्रचारमा उम्मेदवारहरूले खर्च गरेको १४ करोड बिदेसियो 
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा क्रमशः ३ हजार ४ सय ४८ र २ हजार ६२ गरी कुल ५ हजार ५ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यसमध्ये एक चौथाइ अर्थात् १ हजार ३ सय ७७ जनाले पेज तथा कन्टेन्ट स्पोन्सरमा १ लाखका दरले खर्च गर्दा पनि १३ करोड ७७ लाख रुपैयाँ चुनाव खर्चकै रूपमा बाहिरिएको छ । त्यसमध्ये अधिकांश अवैधानिक रूपमा जान्छ । सामान्य शैलीको चुनाव प्रचारप्रसार खर्चिलो भएकोमा आलोचना भइरहँदा चुनाव प्रचारप्रसारकै नाममा फेसबुक, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा समेत करोडौँ खर्च भइरहेको छ । सामाजिक सञ्जालमा तोकिएको शुल्क तिरेर निश्चित क्षेत्र तथा उमेर समूहका प्रयोगकर्ताकोे न्युज फिडमा आफूले चाहेको टेक्स्ट, फोटो, भिडियोलगायतको मल्टिमिडिया सामग्री देखिने बनाउने र पेजको लाइक तथा फलोअर बढाउन गरिने प्रवद्र्धनको कार्य नै सामाजिक सञ्जाल स्पोन्सर तथा बुस्ट हो । त्यसबापतको रकम नेपालबाट विदेशमा रहेका सामाजिक सञ्जाललाई भुक्तानी गर्न सकिने कानुनी व्यवस्था भने छैन । अनुकूलताअनुसार विदेशमा रहेका आफन्त, कम्पनी, हुन्डीलगायतको माध्यमबाट सो रकम फेसबुकलाई भुक्तानी गर्ने गरिएको सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको एक एजेन्सीका सञ्चालकले भने। दूरसञ्चार क्षेत्रको नियामक निकायको रूपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल इन्टरनेट तथा सामाजिक सञ्जालको भुक्तानी आफूहरूको सरोकार नभएको बताउँछन् । ‘भुक्तानीको विषय नेपाल राष्ट्र बैंकको कार्यक्षेत्र हो,’ उनले भने । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल भने सामाजिक सञ्जालका लागि नेपालबाट वैधानिक रूपमा भुक्तानी गर्ने व्यवस्था नभएको बताउँछन् । ‘सीमित किसिमका क्षेत्रमा मात्रै वैधानिक रूपमा अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था छ,’ उनले भने, ‘त्यसबाहेकका क्षेत्रमा हुन्डीमार्फत पैसा पठाउने कार्य पूर्णतः अवैधानिक हो ।’ विदेशी विनिमय ऐनले राष्ट्र बैंकले तोकिदिएको व्यवस्थाबाहेक नेपालमा बसोवास गर्ने कुनै पनि व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले नेपालबाहिर बसोवास गर्ने कुनै व्यक्तिलाई कुनै पनि किसिमको भुक्तानी दिन प्रतिबन्ध लगाएको छ । सहरी क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने अधिकांश उम्मेदवारले पेज तथा कन्टेन्ट स्पोन्सर गराउने गरेका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंह, पूर्वअर्थमन्त्री विष्णु पौडेललगायतका ठूला दलका ठूला नेताहरूले नै आफ्नो नामका फेसबुक पेज स्पोन्सर तथा पोस्टबुस्ट गर्दै चुनाव प्रचार सामग्री सम्प्रेषण गर्दै आएका छन् । त्यसमा बहालवालादेखि पूर्वमन्त्रीहरूको पनि विशेष रुचि देखिएको छ । पूर्वमन्त्रीद्वय प्रकाशशरण महत र प्रकाशचन्द्र लोहनी, महेश बस्नेत, टोपबहादुर रायमाझी, गगन थापा, एनपी साउदलगायतको फेसबुक पेज स्पोन्सर गरिएको छ । त्यसैगरी, पूर्वडिआइजी तथा ललितपुर १ बाट वाम गठबन्धनको प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज सिलवाल, चितवन ३ मा प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डे, एमाले उपमहासचिव घनश्याम भुसाल, विवेकशील साझा पार्टी संयोजक रवीन्द्र मिश्र र सूर्यराज आचार्यलगायत भारतका लागि पूर्वराजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्यायलगायतले पनि फेसबुक पेज स्पोन्सर गराएका छन् । कांग्रेसका युवा नेता गगन थापाको प्रचारमा छुट्टै स्पोन्सर गरिएको शिखर न्युज नामको पेजसमेत छ । जसमा ३ लाख ६६ हजार लाइक पुगिसकेको छ । यसरी एकै उम्मेदवारका नाममा एकभन्दा धेरै फेसबुक स्पोन्सर गरिएकोसमेत छ । त्यति मात्रै होइन, पार्टी वा समूहका नाममा पनि पेज र कन्टेन्ट स्पोन्सर गर्ने गरिएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, विवेकशील साझालगायतले पेज र कन्टेन्ट स्पोन्सर गर्ने गरेका छन् । उम्मेदवार नभएकाको पनि स्पोन्सर माओवादी केन्द्रको युवा संगठन वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाको पेज पनि स्पोन्सर गरिएको छ । यस्तै, सविनकुमार बरालको नाममा रहेको स्पोन्सर पेजमा विवेकशील साझाको पक्षमा प्रचार गरिँदै आएको छ । विवेकशील साझाका उम्मेदवारलाई नै भोट माग्न प्रयोग गरिएको पवन लामिछाने र सुदन गैरेको नाममा रहेको पेजसमेत स्पोन्सर छ । यसैगरी, विज्ञान तथा प्रविधि राज्यमन्त्री विराजबहादुर विष्ट, एमाले नेता ठाकुर गैरे, सरोजकुमार बस्नेतलगायतका नाममा रहेका फेसबुक पेजसमेत स्पोन्सर गरी भोट माग्न प्रयोग गरिएका छन् । बहालवाला मन्त्रीकै स्पोन्सर धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहेका बहालवाला उद्योगमन्त्री सुनीलबहादुर थापाले समेत आफ्नो नाममा फेसबुक पेज स्पोन्सर गराएका छन् । त्यस्तै, कांग्रेस नेता तथा बहालवाला भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री रमेश लेखकको जिताउ अभियानका नामको पेजसमेत फेसबुक पेज स्पोन्सरमा छ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका माओवादी केन्द्रका नेता तथा वर्तमान सरकारमा विनाविभागीयमन्त्री रहेका कृष्णबहादुर महराले पनि फेसबुक पेज स्पोन्सर गराएका छन् । साना पार्टी पनि कम छैनन् भर्खरै खुलेको विवेकशील साझा पार्टीले ठूला पार्टीहरूलाई नै टक्कर दिने स्तरमा सामाजिक सञ्जाल प्रवद्र्धन गरेको छ । त्यसबाहेक नेपाल कम्युनिस्ट पार्टी माले र जनसमाजवादी पार्टी नेपालको प्रगतिशील लोकतान्त्रिक गठबन्धनको पनि छुट्टै पेज स्पोन्सरमा छ । चुनाव चिह्न हँसिया र तारामा भोटको आह्वान गर्दै सो पेजमा कन्टेन्ट स्पोन्सर गरिएको छ । यसकारण गरिन्छ सामाजिक सञ्जाल प्रवद्र्धन फेसबुक तथा अन्य सामाजिक सञ्जालका प्रयोगकर्ताले सुविधाअनुसारका पेज तथा आइडी खोल्न सक्छन् । प्रयोगकर्ताको रूपमा व्यक्ति, कम्पनी, ब्रान्ड, संगठनलगायत जो पनि हुन सक्छन् । पछिल्लो समय अनलाइनमा आउने मानिसको संख्या बढ्दै गएको छ । व्यावसायिक उद्देश्य भएका तथा आफ्ना सूचना सामग्री व्यापक बनाउन चाहने प्रयोगकर्ताले धेरैभन्दा धेरै लाइक तथा फलोअर बढाउन पैसा तिरेर आफ्नो आइडी तथा पेजलाई स्पोन्सर तथा प्रमोट गर्न सक्छन् । यो एक किसिमको विज्ञापन नै हो । सामान्यतया लाइक तथा फलो गरिएका पेज तथा अकाउन्टबाट पोस्ट गरिएका सामग्री मात्रै प्रयोगकर्ताको न्युजफिडमा देखिने हुन्छ । तर, स्पोन्सर गर्दा भने लाइक तथा फलो नगरिएका पेज एवं प्रवद्र्धित सामग्रीसमेत सहजै लक्षित क्षेत्र र समूहका प्रयोगकर्ताको न्युजफिडमा देखिन्छ । यसरी हुन्छ, भुक्तानी स्पोन्सर तथा प्रवद्र्धनका लागि सामाजिक सञ्जाललाई तोकिएको रकम डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालमा स्पोन्सर तथा प्रवद्र्धन कार्य सामान्य भए पनि नेपालीका लागि त्यसको भुक्तानी–कार्य भने केही जटिल छ । नेपाल राष्ट्र बैंकको नियमन व्यवस्थाका कारण नेपाली बैंकहरूले वितरण गरेका सामान्य डेबिट तथा क्रेडिट कार्ड र भुक्तानी सेवा प्रदायक (पिएसपी) बाट त्यस्तो भुक्तानी खुला गरिएको छैन । नेपालबाट अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सहज नहुँदा हुन्डीमार्फत पठाइएको रकम सामाजिक सञ्जाललाई भुक्तानी गर्ने गरिएको छ । त्यसबाहेक डलर कार्ड भएका क्रेडिट तथा डेबिट कार्ड र विदेशमा रहेका आफन्तमार्फत त्यस्तो भुक्तानी गर्ने गरिएको छ । नेपालबाट अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सहज नहुँदा धेरैजसो रकम अवैधानिक बाटोबाट बिदेसिने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE