Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

इयू प्रतिनिधिले चुनावमा पर्यवेक्षण गर्न नपाउने, सिडिओको सरुवा रद्द 

\"\"सिडिओ सरुवा रद्द  उपसचिवहरूको काजसरुवा गर्ने गृह मन्त्रालयको निर्णय रद्द गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । गृहको कदम आचारसंहिताविपरीत भएकाले तत्काल रद्द गर्न निर्देशन दिइएको आयोगले जनाएको छ । मंगलबार आयोगको सहमतिविना नै गृहले तीनजना सिडिओसहित ६ उपसचिवलाई सरुवा गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ-आयोगले काजसरुवा रोकिएको सक्कल फाइल नै आयोगमा २४ घन्टाभित्र उपलब्ध गराउन गृहलाई निर्देशन पनि दिएको छ । गृहले मंगलबार रसुवामा चोमिन्द्र न्यौपाने, सोलुखुम्बुमा सुनील खनाल र भोजपुरमा फणिन्द्र दाहाललाई सरुवा गरेको थियो । सोही दिन नुवाकोटमा वीरेन्द्रकुमार यादवलाई सिडिओमा सरुवा गरेको थियो । नुवाकोटको सरुवा भने आयोगको सहमतिमा भएको, तर अन्य जिल्लाका सिडिओ सरुवामा आयोगका सहमति नभएको आयुक्त नरेन्द्र दाहालको भनाइ छ ।  इयू प्रतिनिधिलाई पर्यवेक्षण रद्द निर्वाचन आयोगले युरोपियन युनियन (इयू)का प्रतिनिधिलाई कञ्चनपुरको निर्वाचन पर्यवेक्षणमा रोक लगाउने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले इयूका प्रतिनिधि अनावश्यक चासो देखाएको निष्कर्ष निकालेको छ । यसबारे आयोगले शुक्रबार इयूका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछ । ‘कञ्चनपुर जिल्लामा पर्यवेक्षणमा गएको इयूको टोलीले गलत गरेको पुष्टि भएको छ । तर, इयूका नेपाल प्रतिनिधिसँग छलफल गरेपछि कारबाही प्रक्रिया अगाडि बढ्नेछ,’ आयोगका आयुक्त नरेन्द्र दाहालले भने । टोलीलाई फिर्ता बोलाइनेछ । कञ्चनपुरमा परिचालित इयूको पर्यवेक्षण टोलीमा लार्स–गोरेन, प्लाग मेन, इभा सुहोनन् र नेपाली दोभाषे पुष्कर पाण्डे थिए । पर्यवेक्षणका नाममा अदालत र राजनीतिक दलका गोप्य सूचना माग गर्नेजस्तो आपत्तिजनक कार्य गरेको आरोप लागेपछि बुधबार मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले उनीहरूमाथि कारबाहीको सिफारिस गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE