Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

विप्लवका कार्यकर्ताको तिब्बती कनेक्सन

\"\"काठमाडौं  ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ । पोखराडाँडाको नाक क्षेत्रमा विप्लवका कार्यकर्तासँग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो । वाङदुङको विप्लवका कार्यकर्तासँग गहिरो र पुरानो सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । विगतमा पनि वाङदोङ पोखरा र काठमाडौंमा हुने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गर्ने कार्यक्रममा सक्रिय सहभागी हुन्थे । आजको अन्नपूर्णमा खबर छ-उनले गोप्य रूपमा निर्वाचनविरोधी गतिविधि लेखिएका पर्चा, पम्प्लेटलगायत बाँड्दै हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडगबहादुर खत्रीले विप्लवका कार्यकर्तासँगै निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचना पाएपछि वाङदुङलाई पक्राउ गरिएको बताए । खत्रीले भने, ‘वाङदुङलाई कसैले प्रयोग गरेका हुन् वा आफैँ निर्वाचनविरोधी गतिविधिमा संलग्न भएका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’ नेपाली युवतीसँग विवाह गरेका उनले पोखरामा ट्याक्सी चलाउने काम गर्दै आएका थिए । वाङदुङ पोखराको पेन्जोलिङ तिब्बती क्याम्पमा बस्छन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । वाङदुङ मात्र हुन् वा अन्य शरणार्थी पनि विप्लवका कार्यकर्तासँग नजिकिएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ‘संस्थागत रूपमा हाम्रो कुनै राजनीतिक दलसँग कुनै आबद्धता छैन’, एक तिव्बती क्याम्पका प्रमुखले भने, हामी शरणार्थीको रूपमा नै बसेका छौं । विभिन्न स्वार्थले व्यक्ति विशेषको कहीं, कतै कनेक्सन हुन सक्छ, त्यसमा हाम्रो समुदायले जिम्मा लिँदैन ।’ स्थानीय तहको निर्वाचनताकासमेत उनले विप्लवका कार्यकर्ताको नजिकै रहेर निर्वाचनविरोधी गतिविधि गरेको र आसन्न निर्वाचनमा समेत उनले सक्रिय भूमिका निर्वाह गर्नसक्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि सार्वजनिक मुद्दा लगाएको छ । उनी स्पष्ट नेपाली बोल्न सक्छन् । वाङदुङ एक्लै हुन् या अन्य तिब्बती शरणार्थी पनि विप्लवका कार्यकर्तासँग नजिकिएका छन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानीय तहको निर्वाचनका बेलामा समेत तिब्वती शरणार्थी वाङदुङले विप्लवका कार्यकर्तासँगको मिलेमतोमा निर्वाचनविरोधी गतिविधि गर्न सक्रिय भएका थिए ।प्रहरीले वाङदुङलाई स्थानीय तहको निर्वाचनका बेलासमेत पक्राउ गरेको थियो । शरणार्थीको रूपमा आ श्रय लिएका कुनै पनि व्यक्ति राजनीतिक गतिविधिमा संलग्न हुनु गैरकानुनी मानिन्छ । काठमाडौं, ललिपुर, पोखरालगायत स्थानमा ठूलो संख्यामा तिब्बती शरणार्थी बस्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE