Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

मतदाताको लस्कर मजदुरी गर्न भारततर्फ

काठमाडाैं । बाँकेको महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ बढ्दो छ । निर्वाचनको माहोलमा बिदेसिनुपर्दा दुःख लागेको उनीहरू बताउँछन् । मतदानमा सहभागी हुने इच्छा हुँदाहुँदै पनि बाध्यताले बिदेसिनुपरेको दैलेख रानीवनका छविलाल शाहीले बताए । ‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन,’ उनले भने, ‘नेताहरूले देशमै रोजगारी सिर्जना गर्न सक्ने हो भने यसरी कोही पनि बिदेसिनुपर्दैन । अाजको नयाँ पत्रिकामा खबर छ-तर, चुनावमा आश्वासन दिन खप्पिस नेताहरूको व्यवहार अर्कै हुन्छ ।’ परिवारको पेट पाल्ने दायित्व आफ्नै काँधमा रहेको छविलालले बताए । ५२ वर्षीय शेरबहादुर पनि स्वदेशमा काम गर्ने अवसर नपाएकै कारण भारततर्फ लागेका हुन् । उनी मजदुरीका लागि भारत जाने र बर्षमा केही समयका लागि नेपाल फर्कने गर्छन् । यसरी नै जिन्दगी चलेको लामो समय भयो । यसबीच धेरैपटक निर्वाचन भए । उनले पनि भोट खसाले । तर गरिब जनताको पक्षमा काम गर्ने नेता कोही नदेखेको उनको गुनासो छ । ‘गरिवलाई के को चुनाव लाग्ने हो, चुनाव त धनी र नेताका लागि पो आएको हो,’ शेरबहारले भने, ‘चुनावले भोको पेट भरिने होइन, नेताको के आशा गर्नु ?’ कामका लागि भारत जाने मौसम यही भएकाले आफुहरू भारत हिडेंको शेरबहादुरले बताए । भोको पेट भर्ने चिन्ताको निकास राजनीतिले निकाल्न नसक्ने उनको ठम्याई छ । ‘चुनावभन्दा भोको पेट भर्ने चिन्ता बढी छ । हाम्रोबारेमा सोच्ने कोही भए पो । नेताहरूले आश देखाउन थालेको धेरै भयो । तर, भारत गएर नोकरी गर्नुबाहेक हामीसामु अर्को विकल्प रहेन ।’ भोट हाल्ने दिन कुर्दासम्म छाक काटिने भएका कारण अहिल्यै विदेशिएको बताउँछिन् कोहलपुर नगरपालिका–१२, खड्गवारकी लक्ष्मी परियार । उनका श्रीमान् पनि भारतमै रोजगारी गर्छन् । ३० वर्षकी परियार छोरालाई लिएर श्रीमान् भेट्न गएकी हुन् । भारतको लद्दाखमा रहेका आफ्ना श्रीमान्ले काम मिलाईदिने आशा उनलाई छ । ‘कामको खोजीमा हिडेँकी हुँ ,’ परियारले भनिन्, ‘नेपालमा काम गर्ने अवस्था भएको भए किन परिवारै भारत छिर्नुपर्ने थियो ?’ नेताहरूको आश्वासनबाट वाक्क भनेको प्रतिक्रिया उनले दिइन् । विगतमा आफुले खसालेको विश्वासको भोटलाई नेताहरूले दुरुपयोग गरेको उनको गुनासो छ । ‘देशको विकास भए पो भोट हालेको उपलब्धि हुन्छ । भोट दिएपछि नेताहरू मुख देखाउँदैनन् । यसरी भोटको दुरुपयोग गर्नुभन्दा भारत जानु नै उपयुक्त लाग्यो, ’ उनले भनिन् । निर्वाचनको मिति नजिकिदै गर्दा भारतबाट नेपाल आउने भन्दा कामको खोजीमा भारत जानेको संख्या धेरै भएको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ । निर्वाचनको मुखमा जुम्ला, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, कालिकोटका सर्वसाधारण कामको खोजीमा भारत जाने गरेको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुधीर खड्काले जानकारी दिए । उनले दैनिक सरदर ३ सय नेपाली कामको खोजीमा भारत जाने गरेको बताए । भोट हाल्नका लागि भारतबाट दैनिक सरदर ५०–६० जना नेपाली घर फर्किने गरेको उनले बताए । ‘चुनाव आउँदै गर्दा भारत जानेको संख्या बढेको छ, दैनिक २ सयदेखि ३ सय नेपाली भारत गएको तथ्यांक छ,’ खड्काले भने । सिजा क्षेत्रका ४०∞ युवा जिल्लाबाहिर जुम्लाका युवा रोजगारीका लागि जिल्ला छाड्ने क्रम बढेको छ । यहाँ १० मंसिरमा निर्वाचन हुँदै छ । प्रतिनिधिसभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रदेश सभा ‘ख’ स्थित सिजा क्षेत्रमा कुल २७ हजार ३४४ मतदाता छन् । यहाँ पुरुष मतदाताको संख्या १४ हजार ३७९ तथा महिला मतदाताको संख्या १२ हजार ९६५ छ । अनुमानित ४०% पुरुष मतदाता व्यापार–व्यवसाय र मजदुरीका क्रममा जिल्लाबाहिर छन् । कात्तिक र मंसिरमा जिल्ला छाड्नेको संख्या अत्यधिक हुने गरेको छ । भारतबाट आउनेमाथि प्रहरीको निगरानी निर्वाचनको मिति नजिकिँदै गर्दा प्रहरीले बाँकेको सीमानाका जमुनाहमा कडाइ गरेको छ । भारतबाट आउनेलाई नाकामा कडा जाँचपछि मात्र नेपाल प्रवेश गर्न दिइएको प्रहरी नायब निरीक्षक सुधीर खड्काले बताए । ‘सीमा क्षेत्रबाट भित्रन सक्ने साना हतियार निर्वाचनका लागि खतरा हुन सक्छन् । त्यसैले हामीले कडा खानतलासी गर्ने गरेका छौँ । शंकास्पद व्यक्तिलाई केरकार पार्ने र ठेगाना मागेर मात्रै पठाउने गरेका छौँ,’ खड्काले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE