Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

पम्फा भुसालदेखि अारजु राणासम्मः महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी

\"\"काठमाडाैं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) निर्वाचनमा पार्टीबाट बल्लतल्ल टिकट प्राप्त गरेका महिलाको अधिकांश प्रतिस्पर्धा बलियो प्रतिस्पर्धीसित हुँदैछ ।  न्यून सङ्ख्याको महिला उम्मेदवारी र कडा प्रतिस्पर्धाले प्रत्यक्षबाट महिला विजय हुने सङ्ख्या झनै न्यून हुने सम्भावना देखिएको छ । आजको गोरखात्रमा खबर छ-तीमध्ये सुनसरी ३ मा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फका उम्मेदवार भगवती चौधरी एक हुन । चौधरीको फोरम लोकतान्त्रिकबाट काँग्रेसमा प्रवेश गर्नुभएका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा हुँदैछ । नेता गच्छदार अहिले उपप्रधानमन्त्री पनि छन्। संविधान सभाको दोस्रो निर्वाचनमा पनि सोही क्षेत्रबाट गच्छदारसँग ३६५ मतले मात्रै पराजित चौधरीले यस पटक वाम गठबन्धन भएकाले आफूले भारी मतले जित्ने दाबी गर्छीन् तर नेपाली काँग्रेसमा पर्किएपछि नेता गच्छदारको पनि पुरानो मताधार फर्किएको विश्वास गच्छदार बताउछन् । यस्तै, उदयपुर १ मा एमालेकै तर्फबाट वाम गठबन्धनको उम्मेदवार मञ्जुकुमारी चौधरीले नेपाली काँंग्रेसका नेता डा.नारायण खड्कासँग प्रतिस्पर्धा गर्दैछन् । खड्का संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यस्तै स्याङ्जा २ मा वामगठबन्धनको तर्फबाट एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले उपप्रधान तथा शिक्षा मन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धा गर्दैछन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता रहनुभएकी पम्फा भुसालले ललितपुर ३ मा नेपाली काँग्रेसका मदनबहादुर अमात्यलाई टक्कर दिँदै छन् । संविधान सभाको निर्वाचनमा एमाले र माओवादीलाई भारी मतले पराजित गर्न सफल अमात्यसँग वाम गठबन्धनको तर्फबाट भुसाल चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन। बाग्लुङ १ बाट नेपाली काँग्रेसका उम्मेदवार चम्पादेवी खड्काले वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका सूर्यप्रसाद पाठकलाई टक्कर दिइरहेकी छन्। कैलाली ५ मा काँग्रेसबाट डा। आरजु राणाले वाम गठबन्धनका तर्फबाट (एमाले) का नारदमुनि रानासँग प्रतिस्पर्धा गर्दै छन् । यस्तै कैलाली १ मा काँग्रेसकी ईश्वरी न्यौपाने र एमालेकै मदनकुमारी शाहबीच प्रतिस्पर्धा छ । माओवादीका तर्फबाट वाम गठबन्धनको उम्मेदवार उर्मिला अर्यालले पर्सा ४ मा नेपाली काँग्रेसका नेता रमेश रिजाल र राष्ट्रिय जनता पार्टी (राजपा) का नेता लक्ष्मणलाल कर्णलाई टक्कर दिएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE