Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

निर्वाचन प्रचारप्रसारको अन्तिम दिन आजः ३२ लाख मतदाता, ८५ हजार सुरक्षाकर्मी परिचालित

\"\"काठमाडाैं । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा गरेको छ । हिमाली र उच्च पहाडी ३२ जिल्लामा १० मंसिरमा निर्वाचन हुँदै छ । जसबाट प्रतिनिधिसभाका लागि ३७ र प्रदेश सभाका लागि ७४ सदस्य निर्वाचित हुनेछन् । पहिलो चरणको निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार हो । आयोगका अनुसार राति १२ बजेबाट ४८ घन्टे मौन अवधि सुरु हुनेछ । मौन अवधिमा उम्मेदवार, नागरिक समाज, मतदाता निर्वाचन प्रचारप्रसारमा संलग्न हुन पाउँदैनन् । सञ्चारमाध्यमले निर्वाचन प्रसारप्रचारसँग जोडिएको समाचार प्रकाशन तथा प्रसारण गर्न पनि पाउँदैनन् । अाजको नयाँ पत्रिकामा खबर छ-तर, दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रचारप्रसार जारी रहेकाले मतदातामा प्रभाव पर्ने गरी प्रकाशन तथा प्रसारण नगर्न आयोगले सञ्चारमाध्यमलाई आग्रह गरेको छ । झन्डै ३२ लाख मतदाता  पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाता छन् । तीमध्ये पुरुष १५ लाख ८६ हजार ५०२ र महिला १६ लाख ५ हजार ४२८ छन् । प्रदेश नम्बर १ मा ७ लाख १९ हजार १७३, ३ मा १० लाख १ हजार ४० मतदाता छन् । त्यस्तै, ४ मा ५ लाख ६३ हजार २४, ५ मा १ लाख ५५ हजार ५५७, ६ मा ३ लाख ६८ हजार २०७ र ७ मा ३ लाख ८४ हजार ९४१ मतदाता छन् । ४५ हजार कर्मचारी परिचालन निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार पहिलो चरणको निर्वाचनमा कम्तीमा पनि ४५ हजार कर्मचारी परिचालन हुनेछन् । उनका अनुसार बुधबार बेलुकासम्म सबै कर्मचारी मतदानस्थलमा पुगिसके । बिहीबारबाट मतदान केन्द्रको व्यवस्थापन सुुरु हुनेछ । म्यादीसहित ८५ हजार सुरक्षाकर्मी निर्वाचनमा २५ हजार नेपाल प्रहरी, १२ हजार सशस्त्र प्रहरी र करिब २३ हजार म्यादी प्रहरी खटिनेछन् । त्यस्तै करिब ५ सय राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् । सेनाले पनि स्थानीय प्रशासन ऐनअन्तर्गत निर्वाचनमा सघाउने गरी करिब २० हजार सैनिक खटाएको छ । आयोगको तयारी पूरा  नवराज ढकाल, प्रवक्ता, निर्वाचन आयोग निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरेको छ । टाढाका मतदान अधिकृत खटिइसकेका छन् । नजिकका क्षेत्रमा खटिने क्रममा छन् । अब मतदानस्थलको व्यवस्थापन बिहीबारबाट सुरु हुन्छ । निर्वाचनका सम्पूर्ण सामग्री सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । सुरक्षामा ढुक्क हुनुहोस् नारायणप्रसाद दवाडी  प्रवक्ता, गृह मन्त्रालय गृह प्रशासनले पहिलो चरणमा हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाएको छ । निर्वाचनविरोधी केही घटना भए पनि तत्काल नियन्त्रणमा लिएका छौँ । घटनामा संलग्न केही पक्राउ पनि परेका छन् । सुरक्षा व्यवस्था मजबुत बनाएर मतदाताले ढुक्कसँग मतदानमा सहभागी हुने वातावरण बनाएका छौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE