Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

कांग्रेसले गठबन्धन अझै कस्ने

\"\"काठमाडौं । वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन् । कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त्यसलाई अध्ययन गरेपछि कांग्रेस-मधेसवादी गठबन्धनको औपचारिक घोषणा हुनेछ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार पार्टीले नेता विमलेन्द्र निधि र मीनेन्द्र रिजालको अगुवाइमा मधेसवादी दलसित चुनावी गठबन्धन गर्न औपचारिक प्रस्ताव पठाएको हो । अाजको अन्नपूर्णमा खबर छ-निधि स्वास्थ्यलाभका लागि काठमाडौं आएका छन्। प्रदेश २ को चुनाव मंसिर २१ मा हुने भएकाले रिजाल त्यसअघि मोरङको आफ्नै चुनावी क्षेत्रमा व्यस्त हुनेछन् । विराटनगरबाट नेता रिजालले लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिने प्रयासस्वरूप मधेसकेन्द्रित दलहरूसँग कुरा भइरहेको खुलाए । ‘लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिन राजपालगायत साथीहरूसित प्रयास भइरहेको छ,\' रिजालले भने, ‘हामी यसलाई ठोस स्वरूपमा ल्याउन कुराकानी गरिरहेका छौं ।\' प्रधानमन्त्रीका सल्लाहकार दिनेश भट्टराईले क्षेत्रीय स्तरमा कार्यगत एकता प्रयास भइरहेको बताए। संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा सहकार्यका लागि कुराकानी भइरहेको जानकारी दिए । उनले अहिलेसम्म ठोस सहमति बनिनसके पनि प्रदेश २ का लागि समझदारी बन्न सक्ने सम्भावना औंल्याए । ‘अहिलेसम्म ठोस निर्णय भइसकेको छैन, काठमाडौंमा हाम्रा साथीहरू कांग्रेससँग कुराकानीमा हुनुहुन्छ,\' यादवले भने । यसअघि असोज १७ गते एमाले र माओवादीबीच गठबन्धन बनेको २४ घन्टा नबित्दै कांग्रेसले राप्रपा प्रजातान्त्रिक लगायतसँग सहकार्य गर्ने घोषणा गरेको थियो । त्यसयता लोकतान्त्रिक गठबन्धनले विभिन्न चुनाव क्षेत्रमा उम्मेदवारबीच सहमति निर्माण गर्न खोजे पनि वाम गठबन्धनको तुलनामा अड्चनहरू झेल्नुपरेको थियो । मधेसवादीसँग औपचारिक सहमति नबन्दै कांग्रेसले फोरम अध्यक्ष यादव र राजपा अध्यक्ष ठाकुरलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता गराइसकेको थियो । तर, धनुषामा निधि र राजपाका अर्का अध्यक्ष राजेन्द्र महतोबीचको टकराव व्यवस्थापन गर्न दुवै पक्षलाई अप्ठ्यारो परेको छ । फोरमका केन्द्रीय नेता योगेन्द्र यादवले भने, ‘प्रदेश २ को मुख्य भिडन्त भनेको निधि र महतोकै हो, त्यसलाई मिलाउन सकियो भने गठबन्धन प्रयास अघि बढ्छ । नत्र भन्न सकिन्न ।\' राजपा नेता वृषेशचन्द्र लालले कांग्रेस र आफ्नो दलका राष्ट्रिय अध्यक्षका लागि एकअर्कालाई सघाउने दुईपक्षीय नीति बन्न सक्ने तर प्रदेशसभामा भने प्रतिस्पर्धा नै हुने बताए । यसअघि केही चरणका बैठकमा गठबन्धन प्रयास भए पनि असफल भएकाले अब उम्मेदवार विशेषका लागि सहयोग आदानप्रदानमा छलफल केन्द्रित हुने उनले जानकारी दिए । ‘अहिले त्यसैका लागि कुराकानी भइरहेको हो, छुट्टै गठबन्धन भनेर जान अलिकति ढिला भइसक्यो,\' लालले भने, ‘तैपनि हेरौं, शीर्ष नेताको तहमा के कुरा हुन्छ ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE