Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

विप्लवका अधिकांश नेता कार्यकर्ता भूमिगत, कहाँ कति पक्राउ ?

\"\"काठमाडौं । चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन सय बढी कार्यकर्तालाई पक्राउ गरेको छ । रुकुममा पूर्वगृहमन्त्री जनार्दन शर्मा र रोल्पामा माओवादी नेता कृष्णबहादुर महरामाथि लक्ष्य गरेर बम विस्फोट भएपछि प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गर्न थालेको हो । प्रहरी नेतृत्वले प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवालाई विप्लवका कार्यकर्ता समात्न ढिलो गरी निर्देशन दिएको कुरा व्यक्त गर्न नसके पनि अहिले प्रहरी वृत्तमा सरकारको निर्देशन ढिलाइ भएकै कारण कमै मात्र पक्राउ भएको विश्लेषण गरिएको छ । अाजको अन्नपूर्णमा खबर छ-प्रहरी मुख्यालयका अनुसार अहिले विप्लवका अधिकांश कार्यकर्ता भूमिगत छन् । एक उच्च प्रहरी अधिकृतले भने, ‘तत्कालीन नेकपा माओवादीबाट चोइटिएर गएकामध्ये करिब हजार जना कार्यकर्ता ध्वंसात्मक गतिविधिमा लागेको आकलन गरिएको छ । तल्लोस्तरमा भने आफूलाई विप्लवका कार्यकर्ता भनेर नचिनाउने तर सुराकी गरिरहनेको संख्या ठूलै छ ।’ सरकारले विप्लवका कार्यकर्तामाथि धरपकड गर्न ढिलो निर्देशन दिएकाले थोरै मात्रै कार्यकर्ता पक्राउ परेको ती प्रहरी अधिकृतको भनाइ छ । ‘हामीले एक महिनादेखि नै विप्लवका कार्यकर्ता पक्राउ गर्न थालौं भनेर सरकारसँग अनुमति माग्यौं तर स्वीकृति पाइएन । धेरै भूमिगत भइसकेपछि मात्रै सरकारबाट निर्देशन आएकाले प्रहरीले पक्राउ गर्न सकेन भन्नुको कुनै तुक देखिँदैन’, उनले भने । प्रहरी प्रवक्ता डीआइजी मनोज नेउपानेले दिएको जानकारीअनुसार हालसम्म तीन सय ५ जना मात्र पक्राउ परेका छन् । प्रहरीले केन्द्रीयस्तरका दुई नेता सरला रेग्मी र मानिक लामालाई पनि पक्राउ गरेको छ । उनीहरू नेकपा केन्द्रीय सदस्य हुन् । चितवन प्रहरीले विप्लवका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पनि पक्राउ गरेको छ । विप्लवले राजनीतिक प्रतिशोधका आधारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वा उनको चुनावी सभामा विस्फोटका घटना गराउन सक्ने आशंकामा प्रहरीले निगरानी बढाएको छ । प्रहरीको विशेष ब्युरो टोली चितवनमा विशेष निगरानीका लागि खटिएका छन् । प्रवक्ता नेउपानेले पक्राउ परेकामाथि केहीलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइए पनि केहीमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘धरपकड गर्ने क्रम जारी छ । सबै जिल्लाका इन्चार्जलाई चुनाव बिथोल्न खोज्नेलाई पक्राउ गर्न स्पष्ट निर्देशन दिइएको छ ।’ प्रधानमन्त्री देउवाले सोमबार साँझ मात्रै चारवटै सुरक्षा निकायका प्रमुखलाई डाकेर चुनाव बिथोल्ने जोसुकै भए पनि पक्राउ गरेर कारबाही गर्न निर्देशन दिएका थिए । विप्लवका कार्यकर्ताले बुथ कब्जा गर्नेदेखि मतपेटिका लुट्नेसम्मको योजना बनाएको रिपोर्टिङ सुरक्षा निकायले देउवालाई गरेका थिए । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE