Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

प्रचण्डलार्इ भोट माग्दै ओलीले भने ‘अरु म जान्दिन प्रचण्डले थोरैमा पनि ३० हजार मतले जित्नुपर्छ’

\"\"काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव पछि देशमा वाम गठबन्धनको बहुमतको सरकार बन्ने बताएका छन् । बहुमतको सरकार बन्ने निश्चित रहेको बताउँदै ओलीले भने,‘अब तमसुक गरेर ९/९ महिनामा सरकार फेर्ने दिन गए ।’ मंगलबार चितवनको भरतपुरमा आयोजित वाम गठबन्धनको जनसभालाई सम्वोधन गर्दै ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताए । अाजको नयाँ पत्रिकामा खबर छ-बहुमत प्राप्त गरेर पनि कांग्रेसले जनता भावना अनुसार काम नगरेको भन्दै अध्यक्ष ओलीले आगामी चुनावबाट देश भर नै वामगठबन्धनका उम्मेदवार विजयी भई बहुमतको सरकार बन्ने र जनताको चाहना अनुसार ५ वर्षसम्म निरन्तर सरकार चलाउने बताए । आँधी चुफानकोरुपमा आएको गठबन्धनको चुनावी माहोलले कांग्रेसको धोद्रो रुख ढाल्ने अध्यक्ष ओलीले ठोकुवा गरे । देश वनाउन पाँच वर्ष स्थाई सरकार निर्माण गर्ने र देशमा विकासको लहर सृजना गर्ने उनको भनाई थियो । कम्युनिष्ट सरकार बन्ने भयो भनेर नआत्तिन कांग्रेसलाई ओलीले आग्रह गरे । प्रचण्डले सम्बोधन गरेनन् चुनावी सभामा उपस्थिति जनाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सभामा सम्बोधन गरेनन् । ओली बोल्नु अघि प्रचण्डसँग बोल्ने नबोल्ने विषयमा सोधिएकोमा उनले नबोल्ने बताएपछि ओलीले सभामा सम्बोधन गरेका थिए । झण्डै ३५ मिनेट सम्बोधन गरेका ओलीले सभामा बोलेका सबै कुरा प्रचण्डको समेत भएको बताएपछि जनसभामा उपस्थितले ताली पिटेका थिए । कार्यक्रम निर्धारण गर्दा प्रचण्डले नबोल्ने भनिएकोमा अन्तिम समयमा बोल्न सकिन्छ की भनी प्रस्ताव गर्दा उनले बोलेनन् । ‘३० हजार मतान्तरले जित्नुपर्छ’ आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मञ्चमा आशिन गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई देखाउँदै भने,‘अरु म जान्दिन प्रचण्डले थोरैमा पनि ३० हजार भोटले जित्नुपर्छ ।’ ‘देश बनाउनु भनेको कुनै बाटोघाटो बनाउनु, ठेक्का पार्नु जस्तो होइन,’ चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका प्रचण्डका प्रत्याशी विक्रम पाण्डे प्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने,‘साँच्चै देश बनाउनका लागि प्रचण्डको आवश्यकता छ, उहाँलाई भारी मतले जिताउने जिम्मा चितवनवासीको हो ।’ सरकार उदासिन पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले देशव्यापी रुपमा उम्मेद्वारलाई आक्रमण हुँदा पनि सरकार आँखा चिम्लेर बसेको आरोप लगाए । नेता, जनताको माया नगर्ने र शान्ति कायम गर्न नसक्नेले देशलाई सम्मृद्ध बनाउन नसक्ने उनको भनाइ थियो । चुनाव सार्ने योजनाका साथ चुनाव विरोधी गतिविधि भएको भन्दै ओलीले चुनाव कुनै पनि हालतमा सम्पन्न हुने बताए । काम चलाउ सरकारले चुनाव शान्तिपूर्ण गराउनुको सट्टामा सम्झौता खारेज गर्ने, मन्त्रि थप्ने जस्ता काम गरेको ओलीले बताए । प्रकाशलाई सबैले सम्झिए ३ गते निधन भएका माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा प्रचण्डका छोरा प्रकाश दाहालको सवैले सम्झना गरे । बोल्ने क्रममा एमाले अध्यक्ष ओलीले नयाँ समयको नयाँ सपना बोकेको युवाको रुपमा प्रकाशलाई सम्झिए । उनको निधनका कारण भरतपुरको आम सभामा झाँकी, र्‍याली आयोजना गरिएको थिएन । प्रकाशको योगदान र भूमिकाको बारेमा चर्चा गर्दा प्रायः सहभागीहरुको अनुहार मलिन र आँखा रसाएका थिए । प्रकाशलाई सम्झदैं माओवादी नेता रामबहादुर थापा बादलले भने,‘एउटा भविष्य गुमाउनु पर्दा पीडा बोध भएको छ ।’ प्रकाशको राजनीतिक जीवन सम्झदै गर्दा ओली, बादल, मातृका यादव, सुरेन्द्र पाण्डेलगायतका नेताले उनका वुवा प्रचण्ड र आमा सीता दाहाल उदाहरणीय सहनशील व्यक्तिहरु रहेको प्रतिक्रिया दिए ।   प्रचण्डलाई समर्थन चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेकी नेपाल सर्वहारा कम्युनिष्ट पार्टीकी अध्यक्ष भावना विद्रोहीले आमसभामा सम्बोधन गर्दै आफ्नो समर्थन माओवादी अध्यक्ष प्रचण्डलाई रहेको बताइन् । सोही कार्यक्रममा कांग्रेस निकट प्रजातान्त्रिक सेनानी संघका पूर्व केन्द्रीय सदस्य चितवन रत्ननगर ११ जिरौना निवासी त्रिलोचन पौडेल एमालेमा प्रवेश गरे । उनीसँगै १ सय बढि काँग्रेस र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारहरु वाम गठबन्धनमा प्रवेश गरेका हुन् । झुटको खेती नगर: नेपाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसलाई झुटको खेती नगर्न चेतावनी दिए । भरतपुरमा आयोजित वाम गठबन्धनको जनसभालाई सम्वोधन गर्दै नेता नेपालले कम्युनिष्ट विरुद्ध अफवाह फैलाएर कांग्रेसले भ्रम फैलाउन खोजेको तर जनता सचेत भएकाले वाम गठबन्धनलाई कुनै असर नगर्ने बताए । कम्युनिष्टको सरकार आए देशमा एकदलीय शासन आउछ भनेर कांग्रेसले गलत प्रचार गर्दै हिँडेको बताउँदै नेता नेपालले जनतासँग कम्युनिष्टको सम्वन्ध माछा र पानिको जस्तै भएको बताए । नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनमा उम्मेदवारका रुपमा पाउनु चितवनबासीका लागी गौरबको कुरा भएको बताए । नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नै पार्टीको नेता सम्झेर भोट हाल्न एमाले कार्यकर्तालाई निर्देशन दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE