Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

तरकारीमा ब्रह्मलुट

\"\"काठमाडौं । किसानले उत्पादन गरेको तरकारीमा व्यापारीले शतप्रतिशतभन्दा बढी मुनाफा लिएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । आपूर्ति मन्त्रालयको टोलीले हालै स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । प्रतिवेदनले व्यापारीले तरकारीमा न्यूनतम ७१.४३ प्रतिशतदेखि अधिकतम एक सय २२ दशमलव २२ प्रतिशतसम्म नाफा लिएर उपभोक्तालाई बिक्री गरेको देखाएको छ । अाजको अन्नपूर्णमा खबर छ-आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले किसानको तरकारी मूल्यमा प्रतिकेजी ४५ रुपैयाँदेखि ५० रुपैयाँ थप गरी व्यापारीले उपभोक्तालाई बिक्री गर्दै आएको जानकारी दिए । ‘परल मूल्यमा किलोमै ५० रुपैयाँ थपेर व्यापारीले उपभोक्तालाई तरकारी बिक्री गरेका कारण तरकारीको मूल्य महँगिएको हो’, निर्देशक श्रेष्ठले भने,‘संकलक, थोक बिक्रेता र खुद्रा बिक्रेतासम्मको तीन तहमा सहभागी व्यापारीले सहजै यो परिमाणमा नाफा लिने गरेका छन् । यसका कारण उपभोक्ताको भान्छा महँगिएको हो ।’ तरकारीको मूल्य अकासिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ध्यानाकर्षण भएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा कात्तिक २६ मा बसेको सर्वपक्षीय बैठकबाट बढ्दो तरकारीको मूल्य नियन्त्रण गर्न आपूर्ति विभागलगायत सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार आपूर्ति विभागले तरकारीको मूल्य शृंखलाबारे अध्ययन गर्न विभागकै निर्देशक निरज पौडेलको संयोजकत्वमा टोली गठन गरेको थियो । टोलीले कात्तिक २८ देखि सोमबारसम्म स्थलगत अध्ययन गरी विभागलाई प्रतिवेदन बुझाएको छ । टोलीले काभ्रे पाँचखाल, धादिङ, नुवाकोट र मकवानपुरको दामन, पालुङ, बज्रबाराही र टिस्टुङका तरकारी उत्पादक, स्थानीय संकलक तथा व्यापारी, कालिमाटी बजारका व्यापारी, खुद्रा व्यापारीलगायतसँग अन्तत्र्रिmया गरी प्रतिवेदन तयार पारेको हो । ‘अध्ययन गरी तयार पारिएको प्रतिवेदन यसै साता प्रधानमन्त्री कार्यालयलाई बुझाउँछौं’, निर्देशक श्रेष्ठले भने, ‘अन्तत्र्रिmयामा सहभागी व्यवसायीले खुला अर्थतन्त्र नीतिका कारण व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउनुपर्ने मागसमेत गरेका छन् ।’ प्रतिवेदनले किसानबाट तरकारी खरिद गरी थोक बिक्रेताले विभिन्न प्रकारका तरकारीमा प्रतिकिलोमा ४२.८६ प्रतिशतदेखि ७७.७८ प्रतिशतसम्म नाफा उपभोक्ताबाट असुल गर्ने गरेको औंल्याएको छ । यस्तै, थोक बिक्रेताबाट तरकारी खरिद गरी खुद्रा व्यापारीले २५ प्रतिशतदेखि ३३ प्रतिशतसम्म नाफा लिने गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, किसानबाट खरिद गरिएको तरकारी थोक बिक्रेतादेखि खुद्रा बिक्रेतासम्मले भने ७१.४३ प्रतिशतदेखि एक सय २२ दशमलव २२ प्रतिशतसम्म मुनाफा आर्जन गर्दै आएको प्रतिवेदनले औंल्याएको छ । अध्ययन अवधिमा काभ्रे र धादिङका किसानबाट औसत ५५ रुपैयाँ प्रतिकिलो काउली खरिद गरी थोक व्यापारीले ८० रुपैयाँमा बिक्री गरेको उल्लेख गरिएको छ । सोही काउलीलाई खुद्रा व्यापारीले भने सय रुपैयाँमा बिक्री गरेको बताइएको छ । यस्तै, काभ्रे र धादिङका किसानबाट प्रतिकिलो ७० मा खरिद गरी थोक व्यापारीले सय रुपैयाँ प्रतिकिलोमा बोडी बिक्री गरेका छन् । खुद्रा व्यापारीले त्यही बोडी एक सय २० रुपैयाँमा बिक्री गरेको अध्ययनका क्रममा भेटिएको छ । तरकारी उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी चार तहसम्मको व्यापारी तरकारी व्यवसायमा संलग्न रहेको फेला परेको छ । प्रतिवेदनले तरकारीको मूल्य सस्तो बनाउन किसानदेखि उपभोक्तासम्म तरकारी आइपुग्दा पार गर्नुपर्ने तहलाई घटाउनुपर्ने सुझाव दिएको छ । मूल्य नियन्त्रणका लागि उत्पादनको बजार व्यवस्थापन गर्न किसान सहकारीको सहभागितामा कालिमाटीलगायत ठूला बजारमा तरकारी बिक्री केन्द्रको व्यवस्थापन हुनुपर्ने सुझाव पनि दिइएको छ । स्थानीय व्यापारी तथा मध्यस्थकर्ताको घेराबाट किसानलाई मुक्त गराउन किसानलाई सहुलियत दरमा कृषि ऋणका साथै सहज रूपमा बीउबीजन र विषादीको सुविधा उपलब्ध गराउनुपर्ने र राज्यले हस्तक्षेपकारी भूमिका निर्वाह गरी बिचौलियाले मनोमानी रूपमा निर्धारण गर्ने मूल्यलाई अन्त्य गर्नुपर्ने सुझाव दिइएको छ । सस्तिँदै तरकारी प्रतिकिलो डेढ सयदेखि पौने दुई सय किलोमा तरकारी पाइने उपत्यकामा पछिल्लो दुई दिनदेखि मूल्य घट्न थालेको छ । तरकारीको मागअनुसार पर्याप्त परिमाणमा तरकारी आपूर्ति हुन थालेपछि मूल्य घट्ने क्रम सुरु भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार तराईको चितवन, सर्लाही र नवलपरासी तथा उपत्यका वरिपरिका पाँचखाल, नौबिसे, धादिङ र ललितपुरबाट नयाँ उत्पादन भएको काउली, बन्दा र टमाटर भित्रिन थालेपछि मूल्य घट्न थालेको हो । ‘पर्याप्त परिमाणमा तरकारी भित्रिन थालेपछि सोमबारदेखि प्रत्येक तरकारीमा १५ देखि २० प्रतिशत हाराहारीमा मूल्य घटिसकेको छ,’ घिमिरेले भने, ‘यही अवस्थामा पर्याप्त परिमाणमा तरकारी भित्रिने हो भने मंसिर महिनामा अहिलेको मूल्यमा झन्डै ५० प्रतिशतले कमी आउने सम्भावना छ ।’ कम आपूर्तिका कारण पछिल्लो समय साढे चार सय टन तरकारी भित्रिने कालिमाटीमा सोमबारदेखि करिब ६ सय टन र बल्खुमा दुई सय टन हाराहारीमा तरकारी आउन थालेको छ । कालिमाटीमा सात सय टन खपत हुन्छ भने बल्खुमा करिब तीन सय टन खपत हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE