Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

पुत्रवियोगमा चुनावीसभामै सीता भक्कानिँदा प्रचण्डको मन थामिएन

\"\"काठमाडाैं । मंगलबार चितवनमा वामगठबन्धनकाे संयुक्तसभा थियाे । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेकाे जिल्ला भएकाले याे सभाबारे धेरैकाे चासाे थियाे । चासाे यसकारण पनि बढेकाे थियाे कि, पुत्रवियाेगकाे तेस्राे दिन नै प्रचण्ड सार्वजनिक कार्यक्रममा सहभागी हुँदै थिए । अाइतबार पुत्र प्रकाशकाे अाकस्मिक निधनकाे बज्रपात सहनु परे पनि मंगलबार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । अाजको नयाँ पत्रिकामा खबर छ-तर, उनी र परिवारका सदस्य निकै ठूलाे पीडामा देखिन्थे । चितवनको आमसभामा सहभागी हुन प्रचण्ड पत्नी सीता, छाेरीहरू, बुहारी र नातीनातिनासहित मंगलबार बिहान गृहजिल्ला भरतपुर पुगेका थिए । सभामा सहभागी हुनुअघि केही समय पहिले प्रचण्ड र उनको परिवार एमाले तथा माओवादीका नेताहरूसँगै रह्याे। ११ बजे सुरु हुने भनिएको आमसभा तीन घण्टा अवेर सुरु भएकाे थियो । कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली र प्रचण्ड पौने २ बजे सभास्थल पुगेका थिए । दुवैले हात हल्लाएर सभामा उपस्थित भएकाहररूलार्इ अभिवादन गर्दै अाेली र प्रचण्ड सभामा प्रवेश गरेकाे ५ मिनेटपछि प्रचण्ड पत्नी तथा स्व. प्रकाश दाहालकी आमा सीता मञ्चमा पुगिन् । उनलाई सहयाेगीहरूले जसोतसो समाएर मञ्चमा पुर्‍याएका थिए । प्रचण्डसँगै बसेी सीता निकै भावुक देखिन्थिन् । उद्घोषक, वक्ताहरुले जबजब प्रकाश दाहालको नाम लिन्थे उनी थप पीडामा देखिइन् । सम्हालिन नसकेपछि सीता मञ्चमै डाकाे छाेडेर राेइन् । सँगै रहेका प्रचण्डले जसाेतसाे अाफूलार्इ सम्हालिरहे । आफूलाई मात्र हाेइन, उनले सीतालाई पनि सम्हाल्न निकै प्रयत्न गरे । पुत्रवियाेगमा परेकी अामाकाे मन किन सम्हालिन्थ्याे र ?  प्रचण्डकाे जाेड नलागेपछि पछिल्लो लाइनमा बसिरहेकी प्रचण्डकी छोरी (जाे भरतपुर महानगरकी मेयर पनि हुन्)  रेणु अघि बढिन् । तर, अामालार्इ सम्हाल्न खाेजिन् । सीतालाई सम्झाउन प्रचण्डलार्इ झैँ रेणुलाई पनि निकै गाह्रै परेकाे स्पष्ट देखिन्थ्यो । मञ्चको तल्लो भागमा स्व. प्रकाशको ठूलो तस्बिर राखिएको थियो । फोटोमा सबै अतिथि र परिवारका सदस्यले श्रद्धाञ्जली अर्पण गरेका थिए । तर, त्याे तस्बिरमा केवल प्रचण्डका अाँखा जुधे । दाहाल परिवारका अरू कसैले तस्बिर हेर्ने हिम्मत देखिएन । प्रकाशपत्नी बिना मगर नावालक छोरासहित उपस्थित थिइन् । उनले पनि आफूलाई सम्हाल्न सकेकी थिइनन् । छोराको मृत्युको वियोगमा रहेकी सीता र पतिको वियोगमा रहेकी बिना पूरै समय कार्यक्रमस्थलमा बस्न सकेनन् । दुई घण्टाजति बसेपछि उनीहरू मञ्चबाट बाहिरिए । सभामा प्रकाशका वुवा, आमा, दिदी, पत्नी, छोरा र भान्जीहरुको उपस्थिति रहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE