Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

देश दौडाहामा शीर्ष नेताः को कहाँ पुगे ?

\"\"काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् । शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका हुन् । कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडौंबाहिर पुगेका छन् । अाजको नागरिकमा खबर छ-प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा महेन्द्रनगर पुगेका छन् भने वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल गोरखा र लम्जुङ पुगेका छन् । उनीहरु बुधवार विशेष पत्रकार सम्मेलनको लागि काठमाडौं आएका हुन् । प्रमुख दलका शीर्ष नेतासहित अन्य दलका नेता पनि चुनावी अभियानका लागि काठमाडौं छाडेर आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन पुगेका छन् । कांग्रेस सभापति देउवाले कात्तिक २८ मा औपचारिक रुपमा चुनावी अभियान सुरु गरेका छन् । यसअघि देउवा जनकपुर, ताप्लेजुङ र सोलुखुम्बु पुगेर चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । मंगलबार औपचारिक रुपमा सुरु भएको देउवाको चुनावी अभियान नेपालगन्ज, लम्की हुँदै बुधबार धनगढी पुगेको छ । प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणका अनुसार सुदूरपश्चिम र मध्यपश्चिमलाई केन्द्र बनाएर देउवा चुनावी अभियानमा सहभागी हुनेछन् । उनका अनुसार कात्तिक २९ गते धनगढी, ३० गते डडेल्धुरा, मंसिर १ गते दार्चुला र बैतडी, मंसिर २ मा बझाङ र बाजुराको कार्यक्रम तय भइसकेको छ । ‘अन्य कार्यक्रमको मिति तय हुन बाँकी छ’, खाँणले भने । उनका अनुसार सभापति देउवाले रुकुम, रोल्पा, जाजरकोट, हुम्ला र मुगुका चुनावी कार्यक्रमलाई सम्बोधन गर्नेछन् । यस क्रममा सभापति देउवा सुरक्षासम्बन्धी गोष्ठी र छलफलमा पनि सहभागी हुनेछन् । आफ्नो उम्मेदवारीसमेत वारेसमार्फत दर्ता गराएका देउवा चुनावी सभाको क्रममा एक साता सुदूरपश्चिम र मध्यपश्चिममा रहनेछन् । कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ को घरदैलोमा व्यस्त छन् भने महामन्त्री शशांक कोइराला नवलपुरमा घरदैलो र कोणसभामा व्यस्त छन् । त्यसैगरी वाम गठबन्धनअन्तर्गतका एमाले र माओवादीले १४ सहरमा संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम बुधबार सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालले गोरखा र लम्जुङ पुगेर संयुक्त सभालाई सम्बोधन गरी चुनावी सभा सुरु गरेका हुन् । ओली र दाहालको कात्तिक २९ मा सुरु चुनावी अभियान मंसिर ९ गतेसम्म जारी रहने गठबन्धनका केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले वताए । ‘प्राविधिक समस्या परेन भने घोषणा गरिएका सबैजसो चुनावी सभामा दुवै अध्यक्षले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ’, रिमालले भने । उनका अनुसार कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभिट्टा र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । एमाले नेता माधवकुमार नेपाल गृहजिल्ला रौतहट र निर्वाचन क्षेत्र काठमाडौं–२ मा व्यस्त छन् भने झलनाथ खनाल इलाममा केन्द्रित भइरहेका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले गोरखा–२ को आफ्नो निर्वाचन क्षेत्र छाडेका छैनन् । यता, राप्रपा अध्यक्ष कमल थापा पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन पुगेका छन् । मंगलबार आफ्नो निर्वाचन क्षेत्र मकवानपुर–१ पुगेका अध्यक्ष थापा केही दिन त्यतै क्रियाशील रहने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले बताए । ‘त्यसपछि बैतडी र जाजरकोटका चुनावी सभालाई सम्बोधन गर्न जानुहुनेछ’, श्रेष्ठले नागरिकसँग भने । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा आफ्नो चुनावी क्षेत्र सिन्धुपाल्चोक–१ मा व्यस्त छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्नो चुनावी क्षेत्र सप्तरी–२ मा प्रचारप्रसार र घरदैलो अभियानमा संलग्न छन् । ‘सप्तरीमा नै घरदैलो र चुनावी सभामा व्यस्त हुनुभएको छ, केही दिन त्यतैका कार्यक्रममा रहनुहुनेछ’ यादवका प्रेस संयोजक महेश चौरासियाले भने । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर महोत्तरी–३ मा चुनावी सभा र पार्टी कार्यकर्ता भेटघाटमा व्यस्त छन् । ‘उहाँले कम्तीमा ४ दिन महोत्तरीमा बिताउनुहुनेछ, त्यसपछि अन्यत्रको कार्यक्रममा सहभागिता जनाउनुहुनेछ’, राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले भने । पार्टी घोषणापत्र फाइनल गर्न मंगलबार काठमाडौं आएका संयोजक ठाकुर बुधबारै नै निर्वाचन क्षेत्रमा सक्रिय हुन जलेश्वर पुगेका छन् । महोत्तरी–२ बाट चुनावी मैदानमा उत्रेका अर्का नेता शरद्सिंह भण्डारी पनि घरदैलो र चुनावी सभामा व्यस्त छन् भने राजेन्द्र महतोले धनुषा–३ मा केन्द्रित छन् । धनुषाका अन्य क्षेत्रमा पनि चुनावी सभामा महतो व्यस्त देखिएका छन् । त्यसैगरी अनिलकुमार झा रौतहट–१, राजकिशोर यादव सिरहा–४ र महेन्द्रराय यादव सर्लाही–१ मा व्यस्त छन् । उनीहरु आफ्नो निर्वाचन क्षेत्रवाट बाहिर जान सकिरहेका छैनन् । तत्कालीन व्यवस्थापिका संसद्मा रहेका साना दलमध्ये नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुरमा व्यस्त छन् भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ हुँदै प्युठान पुग्ने कार्यक्रम तय भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE