Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

महोत्तरीमा साढे तीन हजार निर्वाचन प्रहरीको तालिम सुरु

खबरडबली संवाददाता

बर्दिवास। प्रतिनिधिसभा निर्वाचनका लागि छनोटमा परेका निर्वाचन प्रहरीको तालिम सोमबार बिहान ७ बजेदेखि सुरु भएको छ । खुला आवेदन प्रक्रियामार्फत परेका पाँच हजारभन्दा बढी आवेदकमध्ये छनोटमा परेका साढे तीन हजार बढीलाई तालिममा सहभाागी गराइएको हो ।

जिल्लामा ७५५ महिलासहित पाँच हजार ३५९ जनाले आवेदन दिएकोमा तीन हजार ८७६ जना उत्तीर्ण भएको सशस्त्र प्रहरी बल नेपाल नं। ९ गण छिन्नमस्ता बाहिनी जलसागरका एसपी शेरबहादुर अधिकारीले जानकारी दिए। उत्तीर्णमध्ये ४२९ जनालाई सशस्त्र प्रहरीतर्फ र महिलासहित तीन हजार ४४७ जनालाई नेपाल प्रहरीतर्फ वर्गीकरण गरी निर्वाचन प्रहरी पाठ्यक्रमअनुसार आन्तरिक तथा बाह्य प्रशिक्षण सुरु गरिएको उनले बताए।

एसपी अधिकारीका अनुसार सशस्त्र प्रहरीतर्फका ४२९ निर्वाचन प्रहरीलाई सुविधा अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय तथा नं.३९ रिजर्भ गण बर्दीबास र नं.९ छिन्नमस्ता गण जलसागरमा सहभागी गराइएको छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शैलेन्द्र भट्टले नेपाल प्रहरीतर्फका तीन हजार ४४७ निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका बर्दिवास, गौशाला, रामगोपालपुर, बलवा र पिपरामा गरी पाँच स्थानमा एकैसाथ तालिम सुरु गरिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले बर्दिवास ३ स्थित गौरीडाँडा खुलामञ्चमा तालिमको उद्घाटन गदै निर्वाचन प्रहरीको भूमिका राष्ट्रिय दायित्व र समाजसेवासँग जोडिएको उल्लेख गरे। उनले निर्वाचन प्रहरीलाई कसैको प्रभाव, बहकाव वा प्रलोभनमा नपरी इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

यसैबिच इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी विकास वमका अनुसार बर्दीवासमा २५९ महिलासहित ७६३ निर्वाचन प्रहरी तालिममा सहभागी गराइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा बस दुर्घटना : चालकसहित १० जना घाइते

तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...

भक्तपुरमा विश्वकप फाइनल हेर्दा भएको झडपमा एक युवाको मृत्यु, १८ जना पक्राउ

काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...

गगन थापाको टिप्पणी: २०७२–२०८२ कांग्रेस र मुलुकका लागि ‘अँध्यारा’ वर्ष

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...

एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...

भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्रीविरुद्ध आन्दोलन चर्कियो

नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...

मेची राजमार्ग १५ दिनदेखि अवरुद्ध, मेची पहाडमा दैनिक उपभोग्य वस्तुको अभाव

इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७२६ अंकमा पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...

रास्वपा सांसदका लागि महामन्‍त्रीको पाँचबुँदे निर्देशन, निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...

निजी अस्पतालका १० प्रतिशत बेड र निजी शैक्षिक संस्थाका १० प्रतिशत सिट कडाइका साथ कार्यान्वयन हुने

काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...

प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट्ने तयारी

काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending