Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना लागू

खबरडबली संवाददाता

पश्चिम नवलपरासी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासी प्रशासनले सुरक्षा व्यवस्थालाई अत्यन्तै सुदृढ बनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले ’एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि जिल्लाभर मतदान केन्द्र ९७  वटा, मतदान स्थल १२२ वटा र मतदान कक्ष २९७ वटा तय गरिएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार, निर्वाचनको तयारी भइरहेको छ । उनले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकायहरूबिच उच्च समन्वय कायम गरिएको बताए।

निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहने छन् भने दोस्रो र तेस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले गस्ती गर्नेछन् । जिल्लामा सुरक्षाका लागि ८ सयभन्दा बढी नेपाल प्रहरी, एक हजार पाँच सय भन्दा बढी म्यादी प्रहरी, आवश्यकता अनुसार सशस्त्र प्रहरी बल र नेपाली सेनाको विशेष टुकडी रहने छ  ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, मतदाताले सुरक्षित रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति–संवेदनशील गरी तीन वर्गमा विभाजन गरिएको छ । ती क्षेत्रहरूमा सुरक्षा आवश्यकता अनुसार थप जनशक्ति परिचालन गरिनेछ ।

सीमा नाकाहरूमा कडाइ गरिएको छ भने निर्वाचन विरोधी गतिविधि रोक्न सादा पोसाकका प्रहरी र ’क्विक रेस्पोन्स टिम’ लाई समेत सक्रिय बनाइएको छ । “शान्तिपूर्ण र सुरक्षित निर्वाचनका लागि सबै तयारी पूरा भएको छ,’’ स्थानीय प्रशासनले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा बस दुर्घटना : चालकसहित १० जना घाइते

तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...

भक्तपुरमा विश्वकप फाइनल हेर्दा भएको झडपमा एक युवाको मृत्यु, १८ जना पक्राउ

काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...

गगन थापाको टिप्पणी: २०७२–२०८२ कांग्रेस र मुलुकका लागि ‘अँध्यारा’ वर्ष

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...

एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...

भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्रीविरुद्ध आन्दोलन चर्कियो

नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...

मेची राजमार्ग १५ दिनदेखि अवरुद्ध, मेची पहाडमा दैनिक उपभोग्य वस्तुको अभाव

इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७२६ अंकमा पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...

रास्वपा सांसदका लागि महामन्‍त्रीको पाँचबुँदे निर्देशन, निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...

निजी अस्पतालका १० प्रतिशत बेड र निजी शैक्षिक संस्थाका १० प्रतिशत सिट कडाइका साथ कार्यान्वयन हुने

काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...

प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट्ने तयारी

काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending