Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

\"\"काठमाडाैं । नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ ।बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । राष्ट्र बैंकले भने बिटक्वाइनलाई अवैध मानेको छ । बिटक्वाइनको वालेटबाट मोबाइल नम्बरहरू रिचार्ज हुने खुलेको, तर त्यो कसरी भइरहेको छ भनेर पत्ता नलागेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिटक्वाइनबाट नेपालका मोबाइल नम्बर रिचार्ज भइरहेकाले त्यसमा आवश्यक अनुसन्धान र कारबाही गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो । प्राधिकरणले पनि बिटक्वाइनका वालेटबाट टेलिकम कम्पनीका मोबाइल नम्बरमा रिचार्ज हुने सूचना पाएपछि अपरेटरहरूसँग छलफल गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ-सिआइबी र नेपाल राष्ट्र बैंकले यस विषयमा चासो देखाएपछि प्राधिकरणले छलफल अगाडि बढाएको हो । ‘सिआइबीको पत्र प्राप्त हुनासाथ हामीले अपरेटरहरूसँग यो विषयमा छलफल गरेका थियौँ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘छलफल भए पनि के गर्ने भन्ने विषयमा कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।’
बिटक्वाइनको वालेटबाट सीधै रिचार्ज हुन्छन् नेपालका मोबाइल नम्बर 
प्राधिकरणसँग होस्टिङ र सञ्चालक चेकजाँच गर्ने उपकरण नभएका कारण नेपालबाट कसले यसको कारोबार गरिरहेको हो पत्ता लाग्न नसकेको उनले बताए । बिटक्वाइनको वालेटबाट सीधै टेलिकम कम्पनीका मोबाइलमा रिचार्ज गर्न नसकिनुपर्ने भन्दै उनले नेपालमा नै कसैले यसको अप्रत्यक्ष रूपमा अवैध कारोबार गरिरहेको हुन सक्ने बताए । बिटक्वाइनका वालेटहरू क्वाइनबेस, लोकलबिटक्वाइन्सडटकम, जापोलगायतबाट मोबाइल रिचार्ज हुने भए पनि बिटरिफिल भन्ने वेबसाइटले नेपालका टेलिकम कम्पनीका लोगोसमेत राखेर रिचार्जको सुविधा दिइरहेको छ । उसले आफ्नो लोगो दुरुपयोग गरेको टेलिकम कम्पनीहरूले बताएकाले यस विषयमा समेत अध्ययन भइरहेको अर्यालले बताए । बिटरिफिल भन्ने वेबसाइट नेपालमा दर्ता नभएको र विदेशमा होस्ट भएका कारण सबै कुरा पत्ता लगाउन समस्या भएको अर्यालको भनाइ छ । अर्यालले भने, ‘बिटरिफिलसँग नेपालको कुनै कम्पनी वा व्यक्तिले साझेदारी गरेको हुन सक्छ ।’ उनले टेलिकम अपरेटरहरूसँग इलेक्ट्रोनिक पिन लिने कम्पनीसँग समन्वय गरेर अनुसन्धान गरिने बताए । सेवाप्रदायकद्वारा संलग्नता अस्वीकार टेलिकम सेवाप्रदायकहरूले भने बिटक्वाइनको वालेटबाट रिचार्ज भएको विषयलाई अस्वीकार गरेका छन् । यसबारेमा नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बिटक्वाइनबाट टेलिकममा रिचार्ज नहुने भन्दै कसैले रिचार्जको पिन नम्बर किनेर कुनै वालेटबाट रिचार्ज गरेको हुन सक्ने बताए । ‘हाम्रो रिचार्जको सर्भरबाट बिटक्वाइनबाट टेलिकमका मोबाइल रिचार्ज हुनेबारेमा कुनै जानकारी प्राप्त भएको छैन,’ उनले भने, ‘हामी नेपाली रुपैयाँबाट मात्र कारोबार गर्छौँ । तर, इलेक्ट्रोनिक पिन नम्बर कसैले किनेर कुनै वेबसाइटबाट रिचार्ज गरेको हुन सक्छ ।’ उनले विदेशमा यस्तो प्रविधिको अभ्यास भएको भन्दै नेपालमा पनि प्रयोग भएको हुन सक्ने बताए । अधिकारीले कसैले विदेशबाट इलेक्ट्रोनिक पिन नम्बर खुद्रामा किनेर त्यसलाई बिटक्वाइनमा कन्भर्टिबल बनाएको र रिचार्जको सुविधा दिएको हुन सक्ने बताए । त्यस्तै एनसेलले पनि बिटक्वाइनको वालेटबाट रिचार्ज हुने कुरा अस्वीकार गरेको छ । कम्पनीका कर्पोरेट डाइरेक्टर प्रणयराज आचार्यले बिटक्वाइनले नेपालको कुनै इलेक्ट्रोनिक रिचार्ज पिनको कारोबार गर्ने कम्पनीसँग कारोबारको सम्झौता गरेर मोबाइलमा रिचार्जको सुविधा दिएको हुन सक्ने बताए । विश्वव्यापी प्रविधिको विकासलाई रोक्न नसकिने भन्दै उनले सम्बन्धित सरोकारवालाले यसको विषयमा चाँडै कानुन ल्याएर नियमन गर्नुपर्ने बताए । ४ वटा डिलरलाई बेच्छ टेलिकमले इलेक्ट्रोनिक रिचार्ज पिन नेपाल टेलिकमले कसैले आफ्नो इलेक्ट्रोनिक पिन खुद्रामा किनेर त्यसलाई बिटक्वाइनमा कन्भर्टिबल बनाई रिचार्जको सुविधा दिएको हुन सक्ने बताएको छ । उसले इलेक्ट्रोनिक रिचार्ज पिन चारवटा कम्पनीलाई बिक्री गर्ने जनाएको छ । उसले रिचार्ज कार्ड र इलेक्ट्रोनिक पिन बिक्री गर्ने छुट्टाछुट्टै कम्पनी भएको र उनीहरूले नै रिचार्जको सप्लाई गर्ने जनाएको छ । नेपालमा टेलिकमको इलेक्ट्रोनिक पिन नम्बर एफवान सफ्ट इन्टरनेसनल (इसेवा), नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु ग्रुप र कन्टिनेन्टल मार्केटिङ प्रालिले खरिद गर्ने गरेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए । यी कम्पनीमध्ये सबैभन्दा धेरै इलेक्ट्रोनिक पिन इसेवाले खरिद गर्ने गरेको उनले बताए । तर, एनसेलले भने इलेक्ट्रोनिक पिन खरिद गर्नेको विवरण दिन अस्वीकार गरेको छ । रिचार्ज कसरी ? नेपालका भुक्तानी सेवाप्रदायकहरू र मोबाइल वालेट (इसेवा, आइएमई पे, आई पे)हरूबाट जसरी मोबाइल रिचार्ज गर्न पाइन्छ, बिटक्वाइनको वालेटबाट पनि त्यसैगरी रिचार्ज गर्न पाइन्छ । बिटरिफिलले पनि नेपालमा मोबाइल रिचार्जको सुविधा दिएको छ । त्यसबाट एनसेल, एनटिसी, स्मार्टसेल र युटिएलको मोबाइल रिचार्जको सुविधा छ । मोबाइल रिचार्ज गर्नका लागि त्यसको साइट बिटरिफिलडटकममा गई आफ्नो मोबाइल नम्बर राखेपछि ५० रुपैयाँदेखि माथिको रिचार्ज गर्न पाइन्छ । तर, तपाईंसँग क्वाइनबेस, लोकलबिटक्वाइन्सडटकम, जापोमध्ये कुनै एक बिटक्वाइन वालेट हुनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE