Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

प्रदेश-१ः फर्केला कोइराला विरासत ?

\"\"काठमाडाैं । कांग्रेस कोइराला परिवारको विरासत फर्काउन चाहन्छ । वाम गठबन्धन जित दोहोर्‍याउने दाउमा छ । दुवै दलको आक्रामक चुनावी रणनीतिले मोरङ-२ को चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । प्रतिनिधिसभातर्फका कांग्रेस उम्मेदवार तथा पार्टीका केन्द्रीय सदस्य मीनेन्द्र रिजाल बिहानैदेखि मत माग्न घरदैलो धाइरहेका छन् । टोलटोलमा सभा गर्ने, मतदाताका गुनासा सुन्ने र आफूले जिते यो क्षेत्रकै समग्र विकास गर्ने बाचा गरिरहेका भेटिन्छन् । वाम गठबन्धनबाट एमाले उम्मेदवार ऋषिकेश पोखरेल पनि उसैगरी मतदाता रिझाउन लागिपरेका छन् । अाजको कान्तिपुरमा खबर छ-यो क्षेत्रमा एमालेले एक पटक मात्र जित निकालेको छ । त्यस अवधिमा आफूले गरेका काम र भविष्यको मार्गचित्रसहित उनी टोलटोलमा हुने बैठकमा पुगिरहेका छन् । कोइराला परिवारको विरासत मानिँदै आएको यो क्षेत्र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले गुमाएको थियो । इतिहास भने कांग्रेसका पक्षमा बढी ढल्किएको छ । गिरिजाप्रसाद कोइरालाले २०४८, ०५१ र ०५६ को संसदीय निर्वाचन जितेका थिए । २०५६ मा मोरङ र सुनसरी ५ मा विजयी कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा खडा भए आमोदप्रसाद उपाध्याय । उनले पनि जित रचे । पहिलो संविधानसभा निर्वाचनमा पुन: कोइरालाको विरासत थामे । दोस्रो संविधानसभा निर्वाचनमा एमालेका पोखरेलले पासा पल्टाए । उपाध्यायलाई ३ सय ५८ मतले पराजित गरेर कांग्रेसको विजययात्रालाई भंग गरिदिएका थिए । पोखरेल जित दोहोर्‍याउने अनि रिजाल कोइराला परिवारको विरासत फर्काउने दाउमा छन्, अहिले । पूर्वमा झापा छुट्याउने रतुवा, बीचमा वक्राहा, पश्चिममा चिसाङ र लोहन्द्रा खोलाले घेरिएको यो क्षेत्रका बासिन्दा हरेक वर्षायाममा कटान र डुबानको मारमा पर्दै आएका छन् । खोला नियन्त्रण दुवै उम्मेदवारको साझा एजेन्डा बनेको छ । मंगलबारे बरडंगाको चुनावी सभामा भेटिएका रिजालले एक कार्यकाल कांग्रेसको हातबाट फुत्किएको यो क्षेत्र पाँच वर्षमा विकास निर्माणमा पछि परेको दाबी गरे । ‘त्यसअघि गिरिजाप्रसाद र आमोदले सुरु गरेका विकास निर्माणका योजना अलपत्र नै परे,’ उनी मतदातालाई भन्दै थिए, ‘पाँच वर्षमा यो क्षेत्रमा सांसद विकास कोषको बजेटबाहेक अरू बजेट भित्रिनै सकेन, यस क्षेत्रको समग्र विकासका लागि केन्द्रीय स्तरको नेतृत्वको पहलमा थप बजेट ल्याएर समृद्धि ल्याउनु आवश्यक छ ।’ अधुरा विकास निर्माणका योजना पूरा गर्ने, नदी नियन्त्रण, झापाको गौरादह जोड्ने रतुवाको अधुरो पुल निर्माण, हुलाकी सडक निर्माण, गुणस्तरीय स्वास्थ्य र शिक्षामा सर्वसाधारणको सुलभ पहुँच आफ्नो मुख्य चुनावी एजेन्डा रहेको रिजालले बताए । अढाई दशकसम्म कांग्रेसले जिते पनि विकास निर्माण हुन नसकेको आरोप एमाले उम्मेदवार पोखरेलको छ । सुनवर्षी नगरपालिका–१ अमरदहमा मतदातामाझ भेटिएका उनी भन्दै थिए, ‘चार वर्षमा यो क्षेत्रमा उल्लेख्य काम गरेको छु, एक कार्यकालका लागि जनताले दिएको जिम्मेवारी पूरा गरें । अर्को कार्यकालमा पनि सेवा गर्ने अवसर माग्दै अहिले जनताको घरदैलोमा पुन: आएको छु ।’ संविधान निर्माणपछि विकासको मुद्दा लिएर उनी घरदैलोमा छन् । पोखरेलले वृद्धभत्ता वृद्धिसहित ७ सय दलित तथा सुकुम्बासी परिवारलाई घर उपलब्ध गर्ने चुनावी रणनीति पनि अघि सारेका छन् । ‘सुकुम्बासीका लागि अहिले ३ सय घर निर्माण गरिसकेको छु,’ उनले भने, ‘थप ४ सय घर निर्माणकै क्रममा छन् ।’ यहाँका मतदाता यस क्षेत्रको प्रमुख समस्या नै नदी कटान, डुबान, सडक सञ्जाल नहुनु, सिँचाइ, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभाव भएको बताउँछन् । रतुवामाई नगर प्रमुख रविन राईका अनुसार सबै नगरमा कच्ची सडक छ । वर्षातको बाढीले रतुवामाई नगरमा मात्रै रतुवा र बक्रहा खोलाले एक अर्बभन्दा बढीको धान खेतसहित भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको उनले बताए । सडक स्तरोन्नति, नदी कटान र डुबान नियन्त्रण गर्नु चुनौतीपूर्ण छ । यी मुद्दामा जसले मतदातालाई आश्वस्त पार्न सक्छ उसैले बाजी मार्ने रतुवामाई–६ का ८५ वर्षीय कपिलमुनि तिम्सिनाले बताए । यो क्षेत्रमा रतुवामाई र रंगेली नगरपालिकाका वडा १, २, ३, ८ र ९, पथरी शनिश्चरे नगरपालिकाका वडा ५ र ६ र कानेपोखरी गाउँपालिकाका वडा १, २ र ३ गरी २९ वडा पर्छन् । ६५ प्रतिशत मधेसी र ३५ प्रतिशत पहाडी समुदायको बसोबास छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE