Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

झापा-१ मा राम कार्की कि विश्वप्रकाश शर्मा ? यस्तो भन्छन् मतदाता

\"\"काठमाडाैं । झापा क्षेत्र नम्बर १ मतदाताले प्रतिनिधिसभा निर्वाचनका लागि खडा भएका प्रमुख गठबन्धनका प्रतिस्पर्धी दुई जना नै देशलाई चाहिने भएकाले आफूहरु कसलाई मत दिने भन्ने अन्यौल रहेको बताएका छन् । एमाले र माओवादी केन्द्रको तर्फबाट बनेको वाम गठबन्धनका उम्मेदवार पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार (राम) कार्की रहेका छन् भने नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन् । अाजको अन्नपूर्णमा खबर छ-कार्की र शर्मा मंसिर २१ गते हुने चुनावको मैदानमा झापा–१ का लागि पार्टीभित्र ख्याती कमाएका उम्मेद्वारहरु हुन् । मतदाता अझै अन्योलमै छन् ‘कसलाई भोट दिने ?’ संगठन, मुद्दा र रणनीतिका दृष्टिले निकै बलियो ढंगले यसपाली विश्वप्रकाश चुनावमा होमिएका छन् । ‘त्यस्तै भो त्यसपाली, विश्वप्रकाश यसपाली’ भन्ने नारा लगाउँदै कांग्रेसले झापा–१ मा विश्वप्रकाशलाई दोस्रो पटक चुनावी मैदानमा उतारेको हो । यसअघिको जस्तो हार नदोहोरियोस् भन्नका लागि उम्मेदवारी दर्ता अघि नै कांग्रेस वृत्तबाट जित्नै पर्ने दबाबका साथ ‘त्यसपाली’ र ‘यसपाली’को नारा लगाइएको कतिपय कांग्रेस कार्यकर्ताले बताउने गरेका छन् । मेचीनगर नगरपालिका ९ का बासिन्दा गोपाल बस्नेतका अनुसार कार्की र शर्मा दुईजना बौद्धिक नेतामा पर्छन् । उनले दुई जना नै संसदमा जानुपर्ने मान्छेलाई जुधाएर राम्रो काम नभएको बताए । उनले भने, ‘मतदातामा अन्यौल छ । एकजनालाई जिताऊ अर्कालाई अन्याय हुन्छ । यी दुई नेतामा नै देशलाई कसरी समृद्धितिर लान सकिन्छ भन्ने भिजन छ ।’ अधिकांश मतदाताको कुरा बस्नेतको कुरा भन्दा फरक छैन । मेचीनगर नगरपालिका १० की प्रमिला खनालले समाज रुपान्तरणका अजेण्डामा दुईजना नै अब्बल रहेको बताइन् । उनले भनिन्, ‘दुईजना नै राम्रा मान्छे छन् । कसलाई भोट दिने भन्ने चिन्ता छ ।’ २०४८ साल यता पाँच पटकका निर्वाचनमा एक पटक मात्र नेपाली कांग्रेसले जितेको इतिहास छ। २०४८ सालको निर्वाचनमा एमालेका राधाकृष्ण मैनाली, २०५१ सालमा देवीप्रसाद ओझा र २०७० सालमा एमालेकै रविन कोइराला निर्वाचित भएका हुन्। संविधान सभाको पहिलो निर्वाचनमा माओवादीका धर्म घिमिरे निर्वाचित भएका थिए । २०५६ सालको निर्वाचनमा भने नेपाली कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङ विजयी भएका थिए। त्योबेला नेम्वाङले एमालेका विष्णु प्रसाईंलाई हराएका थिए । २०७० सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा एमालेका रविन कोइरालासँग झिनो मतान्तरले पराजित भएका थिए । वाम गठबन्धनका तर्फबाट बौद्धिक एवम् तार्किक क्षमता भएका भनेर चिनिएका सुरेन्द्रकुमार कार्कीको उम्मेद्वारी नेपाली कांग्रेसका विश्वप्रकाशका लागि ठूलो चुनौती बनेको छ । कार्कीका लागि पनि शर्माको उम्मेदवारी निकै चर्काे सावित भएको छ । २०७० को चुनावमा हार व्यहोरेका शर्मा अधिकांश समय आफ्नै क्षेत्रमा रहेर राजनीति गरेका कारण कार्कीका लागि शर्मा चुनौती बन्न पुगेका हुन् । शर्माले देश समृद्धि तर्फको बाटोमा हिड्न नसक्नुको मुख्य कारण नेतामा देश विकासमा लाग्नुपर्छ भन्ने सोचको अभाव भएको बताएका छन् । उनले भने, ‘देश राम्रो शासन प्रणालीले मात्र राम्रो हुदैन, जबसम्म राजनीति मानव सेवाको भावले गरिँदैन तबसम्म देशले समृद्धिको बाटो समात्दैन ।’ उनले सबैले को कुन पार्टीको भन्दा पनि देशले कसरी काँचुली फेर्न सक्छ भनेर सोच्नु पर्ने बताए। आफू सांसद भएर सिंहदरबारमा पुगेपछि नीतिगत सुधारमा पहल गर्दै नेपाललाई समृद्धि तर्फ लैजना आफू प्रयासरत रहने बताए । वाम गठबन्धनका उम्मेदवार कार्कीले आफू समाजवादका लागि चुनावी मैदानमा होमिएको बताएका छन् । वामपन्थी पार्टीबाहेक आफूले नाम लिने गरेको नाममा विश्वप्रकाशको पनि नाम आउने भएकाले झापा क्षेत्र नम्बर १ ले विशेष महत्व पाएको कार्कीले बताए। उनले भने, ‘म जनताको उम्मेदवार हुँ । त्यसैले जनताले मलाई मत दिनुहुनेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE