Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

खुलासाः यस्तो छ वर्षमान र जनार्दनमाथि बम आक्रमणको रहस्य

\"\"काठमाडौं । निर्वाचन गतिबिधिमा सक्रिय रहेकै बेला नेकपा माओवादी केन्द्रका नेता एवं रोल्पा र रुकुम(पुर्व) का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुन र जनार्दन शर्मामाथि केही दिन अघि बम प्रहार भयो । सुरु देखि नै निर्वाचनको बिरुद्धमा लागेको नेत्र बिक्रम चंद विप्लवको नेतृतवको नेकपाले उक्त प्रहार गरेको प्रहरीले जनाएको छ । हाल सम्म सो घटनाको औपचारीक जिम्मा भने नेकपाले लिएको छैन । निर्वाचन घोषणा भएदेखि नै नेकपाले यो निर्वाचनलाइृ संसदिय दलहरुको देश लुट्ने प्रपञ्च भन्दै निर्वाचन हुन नदिने खालका अभिव्यक्ति दिँदै आएको थियो । वर्षमान र जनार्दन नै किन परे निशानामा ? संसदिय राजनीतिको उग्र बिरोध गर्ने नेकपाले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन भाँड्ने रणनीति बनाएको नेकपाका एक सचिवालय सदस्यले खबरडबलीलाई बताए । उनका अनुसार निर्वाचन अगावै शीर्ष नेताहरुको निर्वाचन क्षेत्रमा आतंक सिर्जना गर्ने र केही ठाउँमा निर्वाचन हुन नदिने नेकपाको नीति थियो । सरकारले निर्वाचनको घोषणासँगै नेकपाका कार्यकर्तामाथि निगरानी बढाएपछि आफ्नो योजना सफल नहुने निष्कर्ष निकालेका विप्लवले रुकुम र रोल्पाको निर्वाचन सफल हुन नदिने योजना बनाए । खासगरि माओवादीको आधार ईलाकाको रुपमा चिनिने रोल्पा र रुकुममा आफ्नो गतिबिधि बढाउन सहज हुने देखेपछि उनको नजारमा सो ठाउँ परेको हो । देशभर रहेका आफ्ना कार्यकर्तालाई रोल्पा र रुकुममा केन्द्रति गर्ने र आफ्ना गतिबिधि अगाडि बढाउने नेकपाको योजना थियो । रोल्पा र रुकुममा कुनैपनि हालतमा निर्वाचन हुन नदिने विप्लवको योजना छ । सो जिल्लालाई निर्वाचन बहिष्कारको नमुना जिल्लाका रुपमा चिनाउने र आफ्नो गतिबिधिलाइृ झनै सशक्त पार्ने विप्लवको चाहाना थियो । सोही योजना अनुरुप रोल्पा र रुकुममा आक्रमण भएको नेकपाका सचिवालय सदस्यले बताए । उनका अनुसार वर्षमान र जनार्दनमाथि नै आक्रमण गर्ने नीति भने नेकपाको होइन । रोल्पा र रुकुमको निर्वाचन भाँड्ने र सो ठाउँमा आफ्नो प्रभाव जमाउने नेकपाको नीति अनुरुप उम्मेदवारमाथि गोलि चलाइएको उनले बताए । ‘अनन्त र प्रभाकरमाथि गोलि चलाउने हाम्रो उद्देश्य होइन,’ सचिवालय सदस्यले भने, ‘उम्मेदवारको मनोवल गिराउने हाम्रो नीतिको निशानामा उनीहरु परे ।’ उम्मेदवारमाथि प्रहार गरेर जनमानसमा आतंक सिर्जना गर्ने र निर्वाचन हुन नदिने नीति विप्लवको थिायो उनी सरकार र राजनीतिक दललाई आफ्नो प्रभाव देखाउन चाहान्थे । सो घटनापछि सरकारले सुरक्षा सतर्कता बढाएको छ ।      
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE