मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ । गएको मङ्गलबारदेखि नाका क्षेत्रमा बाख्लो हिमपातका कारण कोरला नाकाबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयबाट निकासी तथा पैठारी प्रभावित बनेको हो ।
कोरला नाकास्थित चिनियाँ भन्सार कार्यालयमा विद्युतीय सवारीसाधनसहितअन्य सामान बोकेका कन्टेनर रोकिएको छ भने नेपालबाट निकासी हुने सामान बोकेका मालबाहक ट्र«क भन्सार कार्यालयमै रहेको मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहले बताए। सूचना अधिकारी सिंहले भने, ‘‘बाख्लो हिउँ जमेकाले सेवा प्रभावित भएको छ, अझै एकसातासम्म नियमित हुने सम्भावना न्युन छ ।’’
भन्सार कार्यालयबाट समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकास्थित दसगजा क्षेत्रसम्मको सडक उकालो भएकाले सडकमा जमेको हिउँमा मालबाहक ट्रक लैजान समस्या हुने भएकाले भन्सार कार्यालयमै थन्किएका छन् । हिमपातपछि मौसम अनुकुल बन्दै गएको अवस्थामा डोजरको प्रयोग गरी हिउँ पन्छाउने प्रयास गरिएपनि चिप्लो हुदाँ सडकमै सवारीसाधन फस्ने जोखिम रहेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए।
भन्सार कार्यालयबाट सदरमुकाम जोमसोम जोड्ने कालिगण्डकी करिडोर अन्तरगत छोसेर–जोमसोम सडकखण्ड समेत हिउँ जमेकाले सहज समान ढुवानीमा समस्या हुने गरेको प्रमुख खड्काको भनाइ छ । भन्सार कार्यालयमा हाल करिब तीन दर्जन मालबाहक ट्र«क, कन्टेरन रोकिएको छ । भन्सार जाँचपास भएका र केही प्रक्रियामा रहेको अवस्थामा हिमपात भएपछि सेवा प्रभावित भएको प्रमुख खड्काले बताए।
भन्सार कार्यालयबाट कोरला नाकासम्म चिनतर्फ पैठारी गर्ने र फर्किने बेलामा चिनबाट आउने सामान ढुवानीका लागि प्रयोग हुन्छ । भन्सार कार्यालयले माघ महिनाको पहिलोसातासम्म विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनरबाट चार अर्ब ५४ करोड राजस्व उठाएको छ ।
वि।सं। २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८३/०८४ सालको भदौ ३० गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको भन्सार कार्यालयबाट हालसम्म तीन हजार तीन सय २९ विद्युतीय (ईभी) गाडी सहित मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ । यो अवधिमा ११ अर्ब बराबरको सामान आयात तथा २० करोड हजार बराबरको निर्यात भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: