Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

हिमपातका कारण कोरला नाकामा कन्टेनर प्रवेश रोकियो

खबरडबली संवाददाता

मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ । गएको मङ्गलबारदेखि नाका क्षेत्रमा बाख्लो हिमपातका कारण कोरला नाकाबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयबाट निकासी तथा पैठारी प्रभावित बनेको हो ।

कोरला नाकास्थित चिनियाँ भन्सार कार्यालयमा विद्युतीय सवारीसाधनसहितअन्य सामान बोकेका कन्टेनर रोकिएको छ भने नेपालबाट निकासी हुने सामान बोकेका मालबाहक ट्र«क भन्सार कार्यालयमै रहेको मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहले बताए। सूचना अधिकारी सिंहले भने, ‘‘बाख्लो हिउँ जमेकाले सेवा प्रभावित भएको छ, अझै एकसातासम्म नियमित हुने सम्भावना न्युन छ ।’’

भन्सार कार्यालयबाट  समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकास्थित दसगजा क्षेत्रसम्मको सडक उकालो भएकाले सडकमा जमेको हिउँमा मालबाहक ट्रक लैजान समस्या हुने भएकाले भन्सार कार्यालयमै थन्किएका छन् । हिमपातपछि मौसम अनुकुल बन्दै गएको अवस्थामा डोजरको प्रयोग गरी हिउँ पन्छाउने प्रयास गरिएपनि चिप्लो हुदाँ सडकमै सवारीसाधन फस्ने जोखिम रहेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए।

भन्सार कार्यालयबाट सदरमुकाम जोमसोम जोड्ने कालिगण्डकी करिडोर अन्तरगत छोसेर–जोमसोम सडकखण्ड समेत हिउँ जमेकाले सहज समान ढुवानीमा समस्या हुने गरेको प्रमुख खड्काको भनाइ छ । भन्सार कार्यालयमा हाल करिब तीन दर्जन मालबाहक ट्र«क, कन्टेरन रोकिएको छ । भन्सार जाँचपास भएका र केही प्रक्रियामा रहेको अवस्थामा हिमपात भएपछि सेवा प्रभावित भएको प्रमुख खड्काले बताए।

भन्सार कार्यालयबाट कोरला नाकासम्म चिनतर्फ पैठारी गर्ने र फर्किने बेलामा चिनबाट आउने सामान ढुवानीका लागि  प्रयोग हुन्छ । भन्सार कार्यालयले माघ महिनाको पहिलोसातासम्म विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनरबाट चार अर्ब ५४ करोड राजस्व उठाएको छ ।

वि।सं। २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८३/०८४ सालको भदौ ३० गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको भन्सार कार्यालयबाट हालसम्म तीन हजार तीन सय २९ विद्युतीय (ईभी) गाडी सहित मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ । यो अवधिमा ११ अर्ब बराबरको सामान आयात तथा २० करोड हजार बराबरको निर्यात भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...

झापा ५ मा निर्वाचन आचारसंहिता पालना गराउने प्रतिबद्धता

दमक। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिक...

छ महिनामा बाँकेको एक पालिकामा ५२ क्षयरोगी फेला

नेपालगन्ज। बाँके जिल्ला अझैपनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयर...

हुम्लामा चुनाव: छ जना पुरुषसँग एक्ली महिला उम्मेदवार टासी लाम्जोङ

हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र...

सुनको मूल्य १८ हजार ८ सयले घट्यो, चाँदीको मुल्य पनि ह्वात्तै घट्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोल...

हिमपातका कारण कोरला नाकामा कन्टेनर प्रवेश रोकियो

मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित ...

चितवन–३ मा प्रमुख दलहरूबिच प्रतिस्पर्धा, कसले बाजी मार्ला ?

चितवन। चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अव...

नारायणघाट–बुटवल सडक: पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न...

पण्डितपुरमा पानीको मूलसहित स्क्वायर दरबार भेटियो

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE