Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

रोचक बन्दै उम्मेदवारको घरदैलो

\"\"सुनसरी । सुनसरीका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचन नजिकिएसँगै उम्मेदवार घर दैलो तथा प्रचारप्रसारमा उनीहरु व्यस्त भएका हुन् । यहाँ नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाललगायतका पार्टीका तर्फबाट प्रदेश तथा प्रतिनिधिसभाका लागि भएका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रममा व्यस्त भएको पाइएको छ । सुनसरी क्षेत्र नम्बर २ (ख) प्रदेशसभा तर्फ नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका जिल्ला सभापति राजीव कोइरालाले सदरमुकाम इनरुवा क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । कोइरालाले बिहानैदेखि इनरुवा क्षेत्रका विभिन्न वडामा घरदैलो तथा भोट माग्ने कार्यक्रम गरेका हुन् । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका कोइराला र उम्मेदवारी दर्ता हुनुभन्दा एक दिन अगाडिसम्म पार्टीको उपसभापति रहेका रामप्रसाद मेहता नै आमने सामने भएपछि यो क्षेत्र चुनावी चर्चाको शिखरमा पुगेको हो । त्यही कुरालाई मध्यनजर गरेर कांग्रेसका उम्मेदवार कोइरालासहित काँग्रेसका नेता कार्यकर्ता घरदैलोमा व्यस्त बनेको युवा नेता सन्तोष शर्माले जानकारी दिए । कोइरालाको घरदैलो कार्यक्रममा सयाँै कार्यकर्ता तथा जिल्ला नेताको साथ रहेको छ । उता काँग्रेस त्यागेर एमालेबाट प्रदेश सभामा उम्मेदवार बन्नुभएका रामप्रसाद मेहताले पनि इनरुवा–९ बबियामा छलफल तथा अन्तरक्रिया र घरदैलो कार्यक्रम गरेका छन् । स्थानीय एमाले नेता हबिब मन्सुरीको घरमा बबिया क्षेत्रका नेता कार्यकर्तालाई डाकेर मेहतालाई जिताउन अपिल गरिएको बताइएको छ । उता संघीय समाजवादी फोरम नेपालका उम्मेदवार नारायण यादवले समेत प्रचारप्रसार तथा घरदैलोलाई निरन्तरता दिनुभएको छ । यादवले फोरम नेपालको क्षेत्र सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (ख) पकड क्षेत्र भएकाले कोइराला र मेहताभन्दा आफू अब्बल रहेको भन्दै घरदैलोलाई निरन्तरता दिएको युवा नेता अभिनन्द यादवले जानकारी दिए । सुनसरी २ मा थारुहरुको मत निर्णायक सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा थारु समुदायको मत निर्णायक हुने देखिएको छ । यस क्षेत्रमा थारु मतदाता मात्रै १८ हजारभन्दा बढी रहेकाले थारु समुदायको मत निर्णायक हुने देखिएको हो । चुनावी प्रचारप्रसार घरदैलो कार्यक्रम तीव्र पारिएको बेला यो क्षेत्रमा थारुहरुको मत निर्णायक देखिएको उम्मेदवारले बताएका छन् । यस क्षेत्रबाट संघीय समाजवादी फोरमबाट एक मात्र थारु समुदायका उम्मेदवार तेजनारायण चौधरीको उम्मेदवारी रहेको र थारु समुदायले स्थानीय तहको निर्वाचनमा इटहरी र रामधुनीमा देखाएको सहानुभूति कायम रहे चौधरीले जित्न सक्ने थारु अगुवा तथा बुद्धिजीवीले बताएका छन् । चौधरी यो क्षेत्रबाट उम्मेदवार रहेकामध्ये सबैभन्दा बढी शिक्षित, अधिकार र पहिचानको मिसन, भिजन भएको, विकास निर्माणको खाका भएको उम्मेदवार भएकाले जित्ने थारु कानून व्यवसायीहरुले तर्क गरेका छन् । यो क्षेत्रमा मेहता समुदायको पनि मतले पनि त्यतिकै महत्व राखेको देखिएको छ । यहाँ मेहता समुदायबाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा सीताराम मेहता र राजपाबाट मुन्नादेवी मेहतासहितका दुईजना प्रभावशाली नेता उम्मेदवार चुनावी मैदानमा रहेका छन् । मेहता समुदायको एकतामा कुनै कमजोरी नभए काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार सीताराम मेहता र प्रदेशसभाका एमाले उम्मेदवार रामप्रसाद मेहताले जित्ने मेहता समुदायका बुद्धिजीवीको ठम्याइरहेको छ । तर वाम गठबन्धनका सुनसरी २ प्रतिनिधिसभा उम्मेदवार डम्बर सुवेदी ले मेहता समुदायको मत विभाजन हुँदा जित्ने आधार रहेको एमाले- माओवादी केन्द्र गठबन्धनको दाबी रहेको छ । हिमाल विकास प्रेमी भएको र साविकमा काँग्रेसका कारण इनरुवादेखि दक्षिणी क्षेत्रको विकास नभएकाले वाम गठबन्धनकै जित हुने स्थानीय लेखराज दंगालको तर्क छ । यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार रहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE