Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

बाजुराका मतदाताको मागः ‘स्वतन्त्र मतदान गर्न पाऊँ’

\"\"बाजुरा । बाजुरामा विगतका चुनावमा आफूहरुले स्वतन्त्ररुपमा आफ्नो मत खसाउन नपाएको भन्दै यस पटकको निर्वाचनमा आफ्नो मत आफैँ हाल्न पाउनुपर्ने माग राजनीतिक दलहरुसँग गर्न थालेका छन् ।

जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रमा पहुँच भए कब्जा गर्ने र मतपत्र खोस्ने गरेकाले यो पटकको मत आफैँले हाल्न पाउनुपर्ने जोड दिन थालेका छन् । जुन राजनीतिक दलको बर्चश्व जहाँ छ, त्यहीँ मतदान केन्द्र कब्जा गर्दै आफ्नो पार्टीलाई जिताउन खोज्ने प्रवृत्ति अन्त्य गर्न दलका उम्मेदवारसँग आग्रह गर्न थालेको मतदाताले बताएका छन् । जिल्लाको विकट क्षेत्रमा रहेको गौमुल गाउँपालिकाका मतदाताले स्वतन्त्ररुपमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गरिदिन अनुरोध गरेका छन् । दलीय राजनीतिक प्रभावका कारण गौमुलको वडा नं १ अम्लीसमा धेरैले आफ्नो मताधिकार प्रयोग गर्नै नपाएको भन्दै स्थानीय युवाले आफ्नो अमूल्य मत आफैँले दान गर्न पाउनुपर्नेमा जोड दिएका छन् । मतदान गर्न आएका वृद्धवृद्धा र सोझा मतदातालाई फकाएर तपाई मत हाल्न जान्नुहुन्न तपाईकै रोजेको ठाउँमा हामी मतदान गरी दिन्छौँ भनेर फकाउने र भित्र गएर आफू अनुकूल पार्टीको चिह्नमा मतदान गर्ने गरेको उनीहरुले बताए । वडाध्यक्षका उम्मेदवार जयराम रोकायाले रासससँग भन्नुभयो, गत स्थानीय तहको निर्वाचनमा ३०० भन्दा बढी मतको अपेक्षा गरेका थियौँ, मतदान गर्दा ११४ मत आउँदा छक्क परेका छौँ, किन मत कम भएछ भनी खोज्दै जाँदा प्रायजसोको मत अर्काे व्यक्तिले हालि दिएको थाहा भयो । मतदान केन्द्र कब्जा हुँदैन, तर मतदाता नामावली अनुसार मतदान नभएको रोकायाको भनाइ रहेको छ । त्यस्तै, आफ्नो मत आफैँ खसाल्न नपाउने जिल्लाका धेरै मतदान केन्द्र छन् । “एमालेको पकडमा भएका मतदान केन्द्र एमाले र काँग्रेसको भएकामा काँग्रेसले मतदान केन्द्र कब्जा गर्दै आएका छन् । त्यहाँ दलका प्रतिनिधिले मतदान गर्छन्, वास्तविक मतदाता भने टुलटुलु हेरेर फर्किन्छौँ,” गौमुलका एक वृद्ध मतदाताले बताए । बाजुराका ७० मतदान केन्द्रमध्ये ३३ वटा मतदान केन्द्र अतिसंवेदनशील छन् । तीमध्ये धेरै ठाउँ राजनीतिक कारणले अतिसंवेदनशील छन् । राजनीतिक आस्थाकै आधारमा कर्मचारी खटाइने हुँदा कर्मचारीका कारण पनि स्वतन्त्र मतदानमा अप्ठेरो परेको स्थानीयले बताउने गरेका छन् । दल निकटका कर्मचारीले दलको इसारामा काम गर्छन्, कसरी स्वच्छ वातावरणमा मतदान हुन्छ ? स्थानीय तह निर्वाचनका एक पर्यवेक्षकले बताए । शान्तिपूर्ण निर्वाचनमा सघाउन नेपाली काँगे्रस, बाजुराले गाउँगाउँमा स्वयंसेवक परिचालन गरी आफ्नो अमूल्य मत खेरजान नदिन मतदाता शिक्षालाई पनि उत्तिकै जोड दिएको छ । मतदाताले आफ्नो मत आफैँले दान गर्न दिनुपर्ने वातावरण मिलाउन निर्वाचन अधिकारीलगायत सम्बद्ध पक्षसँग माग गरेका छन् । जिल्लामा अहिले चुनावी अभियानलाई नेपाली काँग्रेस र वाम गठबन्धनले तीव्रता दिँदै आएका छन् । दुवै दलका उम्मेदवार कतै खेतबारीमा हलो जोत्दै मत माग्दै आएका छन् भने कतै कुटो कोदालोको काम गर्दै मत माग्ने गरेको पाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE