Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

एमाले–माओवादी केन्द्रबीच चुनावअघि नै पार्टी एकीकरण हुने, टुंगो लाग्यो मिति

\"\"काठमाडाैं । वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ ।  निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो । आजको राजधानीमा खबर छ-निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बाहेक अन्य स्थानमा पहिलो चरण निर्वाचनको मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरूबीच एकता या गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुई पार्टी पहिलो चरणअगावै एकता घोषणाको तयारीमा जुटेका हुन्। निर्वाचन प्रचार अभियानबीच दुवै पार्टीका शीर्ष नेताहरू फोन, गोप्य भेटघाटमार्फत एकता घोषणालाई अन्तिम रूप दिन छलफल गरिरहेका छन्। पार्टी एकता तयारीका लागि बनाइएको उच्चस्तरीय एकता संयोजन समिति र कार्यदलमार्फत दुई पार्टीबीच रहेका सैद्धान्तिक र नीतिगत मतभेदसहित नेतृत्व र नेता व्यवस्थापनका विषयमा अन्तिम चरणको कुराकानी भइरहेको एमालेका एक शीर्ष नेताले बताए। पहिलो चरणको निर्वाचन मिति सम्मुखमा पार्टी एकीकरणको घोषणा गर्न दुवै पार्टीका शीर्ष नेता लागि परेका छन्। स्रोतका अनुसार उनीहरूले पहिलो चरणको निर्वाचनबाटै वाम गठबन्धनको उम्मेदवारको पक्षमा अत्यधिक मत खसोस्, कार्यकर्ता तहमा विश्वास पैदा होस् भन्ने उद्देश्यका साथ पार्टी एकीकरणको घोषणा गर्न लागेका हुन्। ‘समयमै पार्टी एकीकरणको घोषणा भए गठबन्धनको पक्षका दुई तिहाइ पुग्न सक्ने आँकलन गर्दै दुवैतर्फका नेताकार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा लाग्न प्रेरित होऊन् भन्ने उद्देश्य राखिएको छ,’ एमाले उच्च स्रोतले भन्यो, ‘पहिलो चरणको मतदान हुन नपाउँदै पार्टी एकीकरणको घोषणा भए त्यसले दोस्रो चरणको निर्वाचनमा समेत प्रभाव पार्नेछ।’ माओवादी केन्द्रका शीर्ष तहका नेताहरूसमेत घोषणाको तयारी भइरहेको बताउँछन्। पहिलो चरण निर्वाचन आउन दुई साता बाँकी रहँदा निर्वाचन प्रचारका कामलाई तीव्रता दिनुपर्ने भएका कारण संयोजन समिति र कार्यदलका केही नेता व्यस्त भएपछि शीर्ष नेताबीच एकता घोषणाको तयारीलाई अघि बढाइएको उनीहरू बताउँछन्। पार्टी एकीकरणको घोषणाअघि समानुपातिक उम्मेदवारहरूको व्यवस्थापन तथा पार्टी शीर्ष नेताहरूको व्यवस्थापन र नेतृत्वका विषयमा छलफल भइरहेको छ। पार्टी एकीकरणका लागि बनेको एकता कार्यदलले अहिले सो विषयलाई कसरी टुंगो लगाउने भन्नेबारे छलफल गरिरहेको छ। घोषणापछि नेतृत्व कसरी र कसले गर्ने भन्ने विषयलाई भने नेताहरूले अझै गोप्य राखेका छन्। एकता संयोजन समितिमा एमालेका तर्फबाट पार्टीअध्यक्ष केपी ओली, पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल छन्। माओवादी केन्द्रका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। यो समितिमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसमेत सदस्य थिए। निर्वाचन प्रतिस्पर्धा गर्ने क्षेत्रका विषयमा माओवादी केन्द्रसँग मतभेद भएपछि उनी गठबन्धन छोडेर एक्लै चुनावी मैदानमा छन्। उनीहरूबीच एकीकरणको घोषणा गर्दा कुन कुन विषय टुंग्याएर घोषणा गर्ने भन्ने छलफल चलिरहेको छ। एकीकरणको सैद्धान्तिक मस्यौदा तयार गरेर चुनावको सम्मुखमा एकीकरण घोषणा गर्ने लक्ष्य राखिएको स्रोतले दाबी गरेको छ। ‘तत्काल केही बुँदामा पार्टीको सैद्धान्तिक मस्यौदा बन्नेछ, त्यसैको आधारमा सम्भवतः ९ गते पार्टी एकीकरणको घोषणा हुनेछ,’ स्रोतले दाबी गरेको छ। ‘चुनावी सभाहरूमा निर्वाचनपछि वामपन्थीहरू एकता भनिए पनि कार्यकर्ताले तत्काल विश्वास नगर्दा चुनावमा समेत असर पर्नसक्ने अवस्थालाई मूल्यांकन गरी एकीकरणको घोषणा हुन लागेको हो,’ एमाले उच्च स्रोतले भन्यो, ‘एकीकरण घोषणा भए दुई तिहाइको सम्भावना हुन्छ।’ मस्यौदामा एमालेले अख्तियार गरेको बहुदलीय जनवादलाई माओवादी केन्द्रले स्वीकार गर्ने विषयमा सहमत भइसकेको छ भने एमालेमा माओवादी जनयुद्धलाई कतिसम्म स्वीकार गर्ने कि त्यसलाई आन्दोलनका रूपमा व्याख्या गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ। पार्टी एकीकरण गर्नेसम्मको उद्देश्य राखेर दुई पार्टीबीच वाम गठबन्धन भएको थियो। त्यहीअनुरूप उम्मेदवारसमेत तय गरेर दुवै पार्टी आआफ्ना चुनाव चिह्नमा मतदान गर्ने वातावरणसमेत तयार गरिरहेका छन्। एमालेले माओवादी केन्द्रलाई समर्थन गरेको स्थानमा माओवादी केन्द्रको चुनाव चिह्न हसिया हथौडामा मत मागिएको छ भने माओवादी केन्द्रले एमालेलाई समर्थन गरिएको स्थानमा एमालेको चुनाव चिह्न सूर्यमा मत मागिरहेको छ। एमाले र माओवादी केन्द्रका जनवर्गीय संगठनहरूबीच संयुक्त बैठक सुरु भइसकेका छन्। कांग्रेसका उम्मेदवारहरूले वामपन्थीको सरकार आए अधिनायकवाद लाद्ने जिकिर गरिरहेका बेला पार्टी एकीकरण नै गरेर अघि बढ्दा भ्रम चिर्न सकिने विश्वासका साथ दुवै पार्टीका शीर्ष नेताहरू निर्वाचनअगावै एकीकरण गर्ने अभियानमा जुटेका हुन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल निर्वाचन हुने जिल्लाबाहेक अन्य जिल्लामा मौन अवधि लागू नहुने बताउँछन्। उनले ३२ जिल्लाबाहेकका स्थानमा दलहरूले ९ मंसिरमा पनि सभा सम्मेलन गर्न सक्नेछन्। उनका अनुसार निर्वाचन हुने जिल्लाको मतदान प्रक्रियालाई भने प्रत्यक्ष प्रभाव भने पार्न पाइने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE