Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सधैँ अनिश्चित काठमाडौंका मतदाता: यसकारण अस्थिर हुन्छ सहरी मत

\"\"नानीमैया  दाहाल : २०३८ \"\" काठमाडौंका मतदाताको मनोविज्ञान बयान गर्ने सबैभन्दा पुरानो, तर सटिक उदाहरण हो आमनिर्वाचन–२०३८ । पञ्चायतका धुरन्धर जोगमेहर श्रेष्ठले २९ हजार मत ल्याउँदा त्यसअगाडि नामै नसुनिएकी नानीमैया दाहालले ६५ हजार ७ सय मत ल्याएर विजयी भएकी थिइन् । राष्ट्रिय पञ्चायत निर्वाचनका लागि काठमाडौंबाट सर्वाधिक मत ल्याउने दुईजना निर्वाचित हुने व्यवस्थाअनुसार जोगमेहर पनि रापंस भए । अाजको नयाँ पत्रिकामा खबर छ-र, पछिसम्म राजनीतिमा रहे । तर, देशको राजधानीकी सर्वाधिक लोकप्रिय नेतृ कुन गल्लीबाट आएकी थिइन् र कथा हराइन् कसैलाई पत्तो छैन । मंगलादेवी सिंह : २०४८ \"\"०४६ सालको जनआन्दोलनका नायक गणेशमानसिंहकी जीवनसंगिनी मात्र होइन आन्दोलनकै एक सारथि थिइन् मंगलादेवी सिंह । तर, सफल जनआन्दोलनलगत्तै भएको निर्वाचनमा काठमाडौं–३ का मतदाताले मंगलादेवीलाई पराजित गरे । सँगै काठमाडौं ४ बाट उनका छोरा प्रकाशमान पनि पराजित भएपछि गणेशमानले भने– ‘काठमाडौंका जनता भेडा हुन् ।’ कृष्णप्रसाद भट्टराई : २०४८ \"\" ०४६ सालको आन्दोलनपछि ०४७ सालमा संविधान जारी गर्दाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौं १ का जनताले पराजित गराए । उनी ०४८ मा एमाले महासचिव मदन भण्डारीसँग पराजित भए । मदनको निधनपछि ०५० सालको उपनिर्वाचन र ०५१ को मध्यावधि निर्वाचनमा विद्या भण्डारीसँग पराजित भट्टराईलाई काठमाडौंले कहिल्यै पनि सांसद बन्न दिएन । ०५६ मा पर्सा पुगेपछि मात्र सांसद बन्ने उनको सपना साकार भयो । कीर्तिनिधि विष्ट : २०५१ \"\" ०१५ सालको आमनिर्वाचनबाट दुईतिहाइ मत ल्याएर प्रधानमन्त्री भएका बिपी कोइरालालाई गिरफ्तार गरेर जेल हाल्ने राजालाई समर्थन गर्दै सातपटक मन्त्री, दुईपटक उपप्रधानमन्त्री, दुईपटक प्रधानमन्त्री र राजाको मन्त्रिपरिषद्को उपाध्यक्षसमेत भएका कीर्तिनिधि विष्टले दुईपटक मात्र निर्वाचनमा उठ्ने कोसिस गरे । ०५१ को निर्वाचनमा काठमाडौं ३ मा उम्मेदवार बनेका उनले ११८० मत ल्याए । ०५६ मा फेरि प्रयास गर्दा उनको मत ३६५ मा सीमित रह्यो । तैपनि राजाले सत्ता हातमा लिएपछि उनी शक्तिमा आए । झक्कु सुवेदी : २०६४ \"\" सशस्त्र द्वन्द्वलगत्तै ०६४ सालमा भएको निर्वाचनमा एमालेका शक्तिशाली महासचिव माधवकुमार नेपालले काठमाडौं २ बाट अनपेक्षित हार सामना गर्नुपर्‍यो । रोल्पा जिविसका पूर्वसभापति झक्कु सुवेदीले अचानक काठमाडौंबाट जितेर सनसनी मच्चाए । सो निर्वाचनमा एमाले उपत्यकाका १५ वटै सिटमा पराजित भयो । झक्कु यसपालि काठमाडौं ६ बाट उम्मेदवार छन् र माधव नेपाललाई काठमाडौं २ मा माओवादीको साथ छ । राजेन्द्र केसी : २०७० \"\" ०६४ को निर्वाचनमा २३ हजार २७७ मत ल्याएर माओवादी अध्यक्ष प्रचण्ड विजयी हुँदा काठमाडौं १० मा उनका प्रतिस्पर्धी राजेन्द्र केसीले १२ हजार १५४ मत ल्याएका थिए । तर, ०७० को निर्वाचनमा प्रचण्डले १२ हजार ८५९ मत ल्याउँदा कांग्रेसका राजेन्द्रले २९ हजार ३९२ मत ल्याए । ०६४ को निर्वाचनमा काठमाडौंका चार निर्वाचन क्षेत्र जितेको माओवादीले ०७० मा शून्य सिटमा चित्त बुझाउनुपर्‍यो । रञ्जु दर्शना : २०७४ \"\"२० वर्षपछि आह्वान भएको गत स्थानीय निर्वाचनमा काठमाडौंको मेयरका लागि राष्ट्रिय दल र राष्ट्रिय व्यक्तित्वबीच कडा प्रतिस्पर्धा भएको थियो । तर, योबीचमा २१ वर्षकी युवती रञ्जु दर्शनाले २३ हजार मत ल्याएर सबैलाई चकित बनाइन् । उनले निर्वाचित विद्यासुन्दर शाक्यको तुलनामा एकतिहाइ मात्र ल्याएकी हुन् । तर, माओवादी उम्मेदवारले जमानत पनि जोगाउन नसकेको यो निर्वाचनमा अर्का चर्चित उम्मेदवार तथा पूर्वसचिव किशोर थापाले भन्दा पनि रञ्जुले धेरै मत ल्याएकाले उनको चर्चा धेरै भयो । यसकारण अस्थिर हुन्छ सहरी मत डा. सुरेश ढकाल समाजशास्त्री \"\"गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदाता नातागोता र इष्टमित्र जस्ता सामाजिक जालोभित्र रहन्छन् । त्यसैले उनीहरूको मत सधैं स्थिर हुन्छ । तर, सहरका मतादाता त्यस्ता सामाजिक जालोभित्र रहेका हुँदैनन् । त्यसैले सहरका मत सधैं अस्थिर प्रकृतिको हुन्छ । त्यस्ता मत क्षणिक लहडको भरमा जता पनि बहन सक्छ । लौहपुरुषका रूपमा परिचित गणेशमान सिंहले सायद सहरको यो मनोविज्ञान बुझेका थिए । उनी आफ्ना मतदाताप्रति विश्वस्त थिएनन् । त्यसैले उनी निर्वाचन अवधिभर आफ्नो चुनावी क्षेत्रमा बस्न छाडेर काभ्रेको बनेपा गएर बसेका थिए । ०४६ सालपछिका निर्वाचनमा यो अवस्था अझ झाँगिएर गएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई यही काठमाडौंले हरायो । उनको ठाउँमा युवा नेता मदन भण्डारी चुनाव जितेर स्थापित भए । लोकतन्त्र स्थापनालगत्तै ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीलाई काठमाडौंले अप्रत्यासित रूपमा विजय गरायो । स्थापित राजनीतिक दल कांग्रेस र एमालेले हार ब्यहोर्नु पर्‍यो । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन राप्रपा नेपाल काठमाडौंकै मतका कारण स्थापित भयो । केही समयअघि भएको स्थानीय तहको निर्वाचनमा अवस्था अझ रोचक देखियो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार विवेकशील पार्टीकी रञ्जु दर्शनाले अप्रत्याशित मत ल्याउनु यसैको कारण हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE