Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

नवराज सिलवालदेखि उदयशमशेर राणासम्मको यस्ता छन् विकासे एजेन्डा

\"\"काठमाडाैं । वर्षौँसम्म वामहरूको अखडा रहेको ललितपुरमा २०७० सालमा भएको संविधानसभा निर्वाचनमा कांग्रेसले तीनवटै क्षेत्रमा जित्यो । ०६४ सालमा माओवादीले तीनवटै क्षेत्रमा जितेको थियो । २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि यसपटक ललितपुरमा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । अाजको नयाँ पत्रिकामा खबर छ-निर्वाचनका लागि उम्मेदवारहरूले सडक, ढल, पर्यटन विकास, खानेपानी, सम्पदा संरक्षण, रोजगारी बढाउनेसहितका विषयलाई मुख्य एजेन्डा बनाएका छन् । ललितपुर– १ ललितपुर–मा दक्षिण ललितपुरका बाग्मती, महाकांल, कोन्जोसोम गाउँपालिका र गोदावरी नगरपालिकाका एकदेखि ११ र १३ नम्बर वडा पर्छन् । १ मा कांग्रेसबाट ०७० सालमा जितेका उदयशमशेर राणा र वाम गठबन्धनबाट एमाले उम्मेदवारका रूपमा पूर्वडिआइजी नवराज सिलवाल चुनावी मैदानमा छन् । उदयशमशेर राणा कांग्रेस उम्मेदवार, ललितपुर– १  कान्ति राजपथको पूर्णता दक्षिणी ललितपुरको भाग्यसँग जोडिएको कान्ति राजपथलाई छिट्टै कालोपत्रे गर्नेछु । गाउँगाउँसम्मै सडक सञ्जाल पुर्याउँदै स्थानीय उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्याउन पहल गर्नेछु । खानेपानी, विद्यालय र स्वास्थ्यचौकी दक्षिणी क्षेत्रमा खानेपानीको समस्या समाधान गर्नेछु । विद्यालय, स्वास्थ्यचौकी, अस्पताल निर्माणलाई मुख्य प्राथमिकता दिनेछु । रोजगार बढाउने, उद्यमशीलताको विकास युवालाई रोजगारका विकल्प खोज्ने, स्वरोजगार गराउने, उद्यमशीलतालाई अभियानकै रूपमा अघि बढाउनेछु । वडासम्मै राष्ट्रिय योजना पुर्याउने जिल्लाका दक्षिणी भेगमा वडासम्मै राष्ट्रिय योजनालाई पु¥याउनेछु । सडक पनि सबै वडामा पु¥याउने लक्ष्य छ । पर्यटकीय क्षेत्रको विकास ललितपुरको दक्षिणी भेग दलचोकी, भट्टेडाँडा, गिम्दी, आश्राङ, गोटीखेलसहितका स्थानमा होमस्टेसहित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेछु । नवराज सिलवाल  एमाले उम्मेदवार, ललितपुर–१ कृषिमा प्रविधि, युवा उद्यमी, विद्युतीकरण ललितपुरको दक्षिणी भेगमा कृषिमा प्रविधि र आधुनिकीकरण भिœयाएर कृषिलाई आधुनिकीकरण गर्नेछु । स्थानीय कृषिजन्य उत्पादनलाई बजारसम्म ल्याउने अवस्थालाई सहज बनाउनेछु । स्थानीयस्तरमा सानादेखि ठूला विद्युत् आयोजनालाईसमेत प्राथमिकता राख्नेछु । शिक्षा, स्वास्थ्य र रोजगारका विषय प्राथमिकतामा रहनेछन् । दलचोकीमा भ्युटावर ललितपुरको दलचोकी होमस्टेलाई विस्तार गर्ने, भ्युटावर बनाउँदै आन्तरिक र बाह्य पर्यटनमा जोड दिने, भट्टेडाँडामा पनि स्थानीय पहलमै होमस्टेको विकास गर्नेछु । मोडल वडा निर्वाचन क्षेत्रमा भएका स्थानीय तहका वडामध्ये एउटा वडालाई मोडल वडाको रूपमा विकास गरिनेछ । स्वास्थ्य, शिक्षा, खानेपानीसहितका पूर्वाधारमा वडालाई नमुनाकै रूपमा विकास गर्नेछु । दक्षिण ललितपुरको सडक निर्माण वर्षौँदेखि घोषणा भएर पनि पूरा हुन नसकेको सातदोबाटो, चापागाउँ, टीकाभैरव, भट्टेडाँडा हुँदै हेटौँडासम्मको कान्तिराजपथको निर्माण छिटो गराउन पहल गर्नेछु । प्युटार, आश्राङ, गिम्दीसम्मको सडकलाई स्तरोन्नति गर्नेछु भने अधुरा निर्माणलाई पूरा गराउनेछु । पीडितलाई छाप्रोबाट घरमा सार्ने भूकम्पपीडितलाई छाप्रो र पालबाट आ–आफ्नै घरमा राख्नका लागि घर निर्माणलाई प्राथमिकता दिनेछु । ललितपुर २ ललितपुर २ मा काभ्रेसँग सीमा जोडिएको महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका ६ देखि १२ नम्बरसम्मका वडा, १६, १७ र १९ वडा पर्छन् । ०७० सालमा भएको संविधानसभा निर्वाचनमा २ बाट जितेका कांग्रेसका चन्द्र महर्जन र एमालेबाट कृष्णलाल महर्जन चुनावी मैदानमा छन् । चन्द्र महर्जन  कांग्रेस उम्मेदार, ललितपुर– २ रोजगार रोजगार बढाउने, विदेश गएकालाई फर्काएर यही उद्यम र रोजगारमा लगाउने वातावरण बनाउनेछु । ग्वार्को लामाटार बाटो पिच ग्वार्कोदेखि काभ्रेको पनौतीसम्म एक वर्षभित्र बाटो पिच गरिसक्ने, काभ्रेको सीमासम्म दुई लेनको बाटो पिच भइसकेको अवस्थामा ललितपुरतर्फ पनि १५ किलोमिटर बाटो पिच गर्ने, ढलको उचित प्रबन्ध गर्ने, विकास निर्माणअन्तर्गत खानेपानीको हाहाकार रहेको भित्री पाटनसहितका स्थानमा खानेपानीको प्रबन्ध गर्ने, खाल्डाखुल्डी पिच गर्ने कामलाई प्राथमिकतामा राख्नेछु । ट्राफिक जाममुक्त साँघुरो सडकका कारण बढ्दो ट्राफिक अवस्थाको अन्त्य गराउन पहल गर्ने, करिडोर सडक बनाउने, सडक विस्तार गराउने, खाल्डाखुल्डी पुर्नेछु । लाकुरी भन्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउने नगरकोटको भन्दा पनि राम्रो सम्भावना रहेको ललितपुरको लाकुरी भन्ज्याङलाई आन्तरिक र बाह्य पर्यटनको केन्द्रको रूपमा विकास गर्नेछु । काठमाडौं उपत्यका प्रस्टसँग देखिने भन्ज्याङमा भ्यु टावर राख्नेछु । सम्पदा र बस्ती पुर्निर्माण विनाशकारी भूकम्प गएको लामो समयसम्म सम्पदा पुनर्निर्माणको काम सकिएको छैन । सम्पदाको पुनर्निर्माण छिटो गरिसक्ने वातावरण बनाउनेछु । सुगम भएर पनि भूकम्पपीडितले पाउन नसकेको किस्ता रकम छिटो दिलाउन पहल गर्नेछु । कृष्णलाल महर्जन एमाले उम्मेदवार, ललितपुर– २ ग्वार्को मानेदोभान सडक पिच ०५६ सालदेखि उठाउँदै आएको ललितपुरको ग्वार्कोदेखि लामाटार हुँदै काभ्रेको रयाले (मानेदोभान)सम्मको बाटो दुई लेनको हुने गरी पिच गराउनेछु । बाहिरी चक्रपथ निर्माण प्राथमिकतामा बाहिरी चक्रपथ निर्माण छिटो सुरु गर्न दबाब र प्राथकिता दिनेछु । ढिलो भएको कोटेश्वर कलंकी चक्रपठ निर्माणलाई छिटो सकाउन पहल गर्नेछु । ग्वार्कोमा फ्लाइओभर ट्राफिक जाम हुने ललितपुरको ग्वार्कोमा फ्लाइओभर छिटोभन्दा छिटो निर्माण गराउनेछु । सम्पदाको पुनर्निर्माण र कला संस्कृतिको संरक्षण भूकम्पपछि भत्किएका ऐतिहासिक सम्पदाको छिटो पुनर्निर्माण गराउनेछु, पाटनमा भएका हस्तकलासहितका कला, संस्कृतिको संरक्षण, ऐतिहासिक पोखरीको संरक्षण, बाजा संरक्षण पोखरी, बाजागाजा संरक्षण सम्बद्र्धन, हस्तकलालाई प्रवद्र्धन गर्नेछु । लाकुरी भन्ज्याङलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र काठमाडौंको दृश्यावलोकन गर्न सकिने लाकुरी भन्ज्याङलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलका रूपमा विकास गर्नेछु । युवा रोजगारी र प्राविधिक शिक्षा युवालाई रोजगार बनाउनका लागि प्राविधिक शिक्षालाई प्राथमिकता दिनेछु । ललितपुर ३ ललितपुर ३ मा गोदावरी नगरपालिका १२ र १४ वडा, ललितपुर महानगरपालिकाका एकदेखि ५ वडा, १० वडा, १३, १४ र १५ वडा १८, २०, २१ र २२ वडा पर्छन् । २०७० सालमा भएको संविधानसभामा ३ बाट जितेका कांग्रेसका मदनबहादुर अमात्य नै यसपटक वाम गठबन्धनकी माओवादी उम्मेदवार पम्फा भुसालसँग प्रतिस्पर्धा गर्दै छन् । भुसाल ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएकी थिइन् । मदनबहादुर अमात्य कांग्रेस उम्मेदवार, ललितपुर–३ खानेपानी योजना ललितपुरको खानेपानी समस्या समाधानको लागि दैनिक १० करोड लिटर पानी ल्याउने योजनालाई प्राथमिकता राखेको छु । त्यसका लागि मकवानपुरको सिस्नेरी र कोगटी खोलामा अध्ययन भइरहेको छ । पाँच वर्षभित्र सडकको स्तरोन्नति निर्वाचन क्षेत्रभित्र रिंगरोडबाहिर रहेका सडकहरू पाँच वर्षभित्र स्तरोन्नति गर्नेछु । डुकुछापमा एक सय रोपनी जग्गा किनेर फोहोर व्यवस्थापन गर्नेछु । सम्पदा सहर बनाउने ललितपुुरलाई सम्पदा सहरको रूपमा विकास गर्नेछु । बुङमती, खोकना पुनर्निर्माणमा विदेशी कम्पनी ल्याउँछु अहिले सरकारले दिने पैसाले भूकम्पपीडितको घरको जग हाल्न पनि पुग्दैन । त्यसकारण विदेशी ठूला प्रोजेक्ट ल्याएर घर निर्माणका लागि पहल गर्नेछु । अबेरसम्म महानगर खुलाउने महानगरपालिकालाई राति २ बजेसम्म खोल्नका लागि सुरक्षा, सोलारवत्ती र सिसीटिभीको प्रबन्ध गर्नेछु । झम्सीखेलमा राम्रो फुटपाथ पसल, राति अबेरसम्मै खोल्ने र धेरैलाई रोजगारीको अवसर दिने वातावरण बनाउनेछु । ललितपुर बिजनेस हब ठूला उद्योगी, व्यवसायीलाई ललितपुरमा उद्योगधन्दा खोल्न प्रोत्साहित गर्दै जिल्लालाई बिजनेस हबको रूपमा विकास गराउनेछु । पम्फा भुसाल उम्मेदवार माओवादी केन्द्र, ललितपुर ३ कला, संस्कृति र सम्पदा सीप तथा कला प्रतिष्ठानको स्थापना, प्राचीन गुठीहरूको संरक्षण, प्रवद्र्धन, हस्तकला केन्द्र एवं क्षेत्रहरूको स्थापना तथा कच्चा पदार्थको सहज व्यवस्था गर्नेछु । दिगो विकास स्वच्छ र सफा सहर : पानी ढल र फोहोरमैलाको व्यस्थापन र प्रशोधन, वृक्षरोपण तथा प्राकृतिक स्रोतहरूको संरक्षण र उपयोग, भूकम्पबाट क्षति भएका निजी तथा सार्वजनिक संरचनाहरूको पुनर्निर्माण गर्नेछु । पर्यटनको विकास पाटन दरबार स्क्वायर हुँदै हरिसिद्धि, ठैव, सुनाकोठी, ठेचो, बुङमती, खोकना सैँवु हुँदै पर्यटकीय चक्रपथ निर्माण गर्नेछु । कला र सम्पदासम्मपन्न बस्तीहरूमा होमस्टेको व्यवस्था गर्नेछु । धुलोरहित सडक, सबै सडक कालोपत्र धुलोरहित सडक र सबै सडक कालोपत्र गर्ने, जाम हुने सातदोबाटो, ग्वार्को र एकान्तकुनामा फ्लाइओभर र टनेल निर्माणको कामलाई अगाडि बढाउनेछु । बाग्मती, नख्खु र कर्मनासा करिडोरको निर्माण नदी करिडोरको दुवैतर्फ हरियाली पार्क निर्माण, योग तथा ध्यान केन्द्रको स्थापना, सफा, नदी, ढलको व्यवस्थापन गर्नेछु । स्वरोजगार तथा रोजगार उद्यमशीलता हबको निर्माण, सहज र सुलभ व्यावसायिक कर्जा, प्राविधिक र सीपमूलक तालिम, व्यावसायिक केन्द्रको स्थापना, सहरी गरिबीलाई सम्बोधनको कार्यक्रम ल्याउनेछु । कृषि, प्रविधि र युवा लक्षित कार्यक्रम कृषिमा प्रविधि भित्र्याउने, वैज्ञानिक अनुसन्धान र आविष्कारको प्रवद्र्धन, महिलाविरुद्ध हुने हिंसा निर्मूल, महिल सशक्तीकरणका लागि कार्यक्रम, युवालाई इन्टर्नसिप र फेलोसिपको व्यवस्था, ललितपुरलाई लागुऔषध सेवनमुक्त क्षेत्र घोषणा, ज्येष्ठ नागरिकका लागि सुरक्षा कार्डसहितको व्यवस्था गर्नेछु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE