Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

धनुषा ३ मा निधि कि महतो ? कसको पल्ला भारी ?

\"\"काठमाडाैं । सरकारले औपचारिक घोषणा नगरे पनि दुई नम्बर प्रदेश केन्द्रका रूपमा अघि बढ्ने जमर्को गरेको धार्मिक नगरी जनकपुरधामको चुनावी दौड रोमाञ्चक देखिएको छ । प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणअन्तर्गत २१ मंसिरमा हुने निर्वाचनमा जनकपुर ३ मा कसले बाजी मार्ला त्यो अहिल्यै भन्न नसकिए पनि कांग्रेस र राजपाका प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएपछि यहाँको निर्वाचनको माहोलमा रोचक दृश्य देखिएका छन् । आजको अन्नपूर्णमा खबर छ-कांग्रेसका तर्फबाट विमलेन्द्र निधि र राजपाका तर्फबाट राजेन्द्र महतो जनकपुर उपमहानगर समेतको धनुषा ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । धनुषा ३ को चुनावी माहोललाई जनकपुरका एक जना नागरिक अगुवा राजु चौधरी चुनावी चमकधमकको संज्ञा दिन्छन् । चौधरी भन्छन्, ‘अहिले सबैले आफू यति बलियो हुँ भनेर देखाउन लागिपरेका छन्। ’ दुई नम्बर प्रदेशकै मुख्य स्थान जनकपुरबाट चुनाव जित्ने नेताको महत्व प्रदेशदेखि केन्द्रसम्म बढ्ने भएकाले यहाँको चुनाव नतिजाप्रति सबैको चासो रहेको चौधरीको बुझाइ छ ।सरकारले औपचारिक रूपमा प्रदेशहरूको राजधानी घोषणा नगरे पनि दुई नम्बर प्रदेशको राजधानी जनकपुरलाई नै बनाउन केही कार्यालय स्थापना गरेपछि जनकपुरको निर्वाचनका लागि मधेसी दलसहित प्रमुख दलले आफ्नो शक्ति अन्य क्षेत्रका तुलनामा बढी नै खर्चेको जानकारहरू बताउँछन् । जनकपुरका अधिवक्ता विमल मिश्रा भन्छन्, ‘यहाँ राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आउनुले जनकपुरको राजनीतिक महत्व बढेको छ।’कांग्रेस नेता विमलेन्द्र निधिले जनकपुरसहितका मधेसका क्षेत्रमा आफू प्रभावशाली रहेको प्रस्तुति दिने गरेका छन् । तर, पछिल्लो मधेस आन्दोलनमा मधेसमा छुट्टै लोकप्रियता बटुलेका राजेन्द्र महतोले आफू मधेसको नेता हुँ भन्दै जनकपुरमा उपस्थिति देखाउन कम्मर कसेर लागेका छन् । दुवैको आ-आफ्नै दाबीका कारण निधि र महतोको निर्वाचन प्रतिस्पर्धा दुवै नेताका लागि प्रतिष्ठाको विषय बन्न पुगेको छ । निधिले महतोलाई पर्यटक उम्मेदवारको संज्ञा दिँदै प्रचारप्रसार गरिरहेका छन् भने महतोले कांग्रेस नेतृत्वमै वर्तमान संविधान जारी भएको भन्दै आफूरूले संशोधन गर्न चाहेको र निधिकै कारण संशोधनमा सफलता नमिलेको भन्दै प्रतिकारमा उत्रेका छन्। संविधानकै विरोधमा मधेसमा ६ महिना लामो आन्दोलन चर्केको थियो । संविधानको विरोधमा सुरु भएको मधेस आन्दोलनको एउटा प्रमुख केन्द्र बनेको थियो जनकपुर । उद्योग वाणज्यि संघ धनुषाका अध्यक्ष शिवशंकर साह भन्छन्, ‘स्थानीय तहको निर्वाचनजस्तै जनकपुरसहितका ठाउँमा मधेस आन्दोलनको मनोविज्ञान अहिले पनि उस्तै देखिन्छ ।’ केही समयअघि भएको स्थानीय तह निर्वाचनमा जनकपुर उपमहानगरको मेयरसहित दुई तिहाइ स्थानमा राजपा अत्यधिक मतसहित विजयी भएको थियो । मधेस आन्दोलनको जगमा राजनीति गरिरहेको दाबी गर्ने राजपा नेता महतोले निधिसँगको प्रतिस्पर्धाको आधार पनि सोही विषयलाई बनाएका छन् । पछिल्लो समय निधिसँग यो क्षेत्रका जनताको गुनासो बढ्दै गएको मौकाको फाइदा उठाउन महतो कम्मर कसेर लागेका छन् । यसको संकेत उनले निर्वाचन प्रचारप्रसार सुरु गर्दा नै दिए । महतोले निधिको गृहनगर जटही पुगेर सहिद दुर्गानन्द झाको सालिकमा माल्यार्पण गरी आफ्नो चुनाव प्रचार अभियान सुरु गरेका थिए । निधिले पछिल्लो समय जातिवादलाई बढावा दिएको र ब्राह्मण समुदायका मतदातासँग राम्रो तालमेल गर्न नसक्दा उनीप्रति नकारात्मक मनोभाव देखिन्छ ।२६ हजार ब्राह्मण मतदाता रहेको यो क्षेत्रमा निधिका लागि सबैभन्दा बढी गाह्रो यिनै मतलाई विश्वासमा लिनु रहेको जानकारहरू बताउँछन्। धनुषा ३ मा ९७ हजार मतदाता छन् । पटक-पटक सत्तामा पुग्दा पनि यो क्षेत्रको विकासका लागि निधिले गरेका वाचा पूरा गर्न ठोस कदम नचालेको आरोप मतदाताको छ ।पछिल्लो समय उनी भौतिक योजनामन्त्री हुँदा सडकका विभिन्न योजना यहाँ ल्याए पनि ती सकड योजनामा उनका आसेपासेले देखिने गरी नै भ्रष्टाचार गरी काममा ढिलाइ गरेको आरोप स्थानीयको छ । निधिले जनकपुरमा भ्रष्टाचार तथा आपराधिक गतिविधिमा नाम मुछिएका होटल व्यवसायी जीवनाथ चौधरीलाई सबैभन्दा निकट राखेकाले पनि उनीप्रतिको चुनावी माहोल नकारात्मक भावमा अघि बढ्दै गएको बताउने पनि कम छैनन् । चौधरीसँगको निकटताले निधिलाई निर्वाचनमा केही गाह्रो पर्ने देखिएकै बेला जनकपुर बम काण्डमा संलग्नको अरोपमा कारागारमा रहेका सञ्जय साहसँग पनि प्रतिनिधिसभा निर्वाचनका लागि सहयोग मागेको चर्चा बजारमा चलेको छ । सञ्जयका केही निकटस्थले आफूहरू निधिको समर्थनमा खुलेरै लागेको बताउन थालेका छन् । साहका एक निकट सहयोगी नवीन यादव भन्छन्, ‘हो, हामी निधिको समर्थनमा छौं ।’ बम काण्डका अभियुक्त साहले पटक-पटक आफूलाई निधिका विश्वासपात्र जीवनाथ चौधरीले यो घटनामा षड्यन्त्रपूर्वक फसाएको आरोप लगाउँदै आएका थिए । तर, फेरि सञ्जय जीवनाथ र निधि समूहमा समाहित भएका छन्। निधिको यो क्रियाशीलताले जनकपुर क्षेत्रमा भ्रष्टाचार र अपराधलाई थप बढावा दिने आकलन गर्ने पनि कम छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE