Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

यस्तो छ शीर्ष नेताको निर्वाचन प्रचार अभियान

\"\"आफ्नो निर्वाचन क्षेत्रसँगै देशव्यापी चुनाव प्रचार अभियानमा प्रमुख दलका शीर्ष नेता – ताप्लेजुङदेखि दार्चुलासम्म पुग्दै देउवा वारेसनामामार्फत प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा अझै पुगेका छैनन् । शनिबार ताप्लेजुङबाट उनले पार्टीको प्रचार अभियान सुरु गर्दै छन् । ताप्लेजुङपछि उनले पाँचथर र सोलुखुम्बुमा चुनावी सभालाई सम्बोधन गर्नेछन् । पूर्वबाट फर्किएपछि देउवा सुदूरपश्चिमी जिल्ला जाँदै छन् । २९ कात्तिकमा उनी कैलाली पुग्नेछन् । ३० कात्तिकमा बल्ल डडेल्धुरा पुग्नेछन् । अाजको नयाँ पत्रिकामा खबर छ-त्यसपछि लगातार बझाङ, बाजुरा, बैतडी, डोटी, अछाम, दार्चुला, कञ्चनपुरका चुनावी सभामा चार–पाँच दिन बिताउने उनका स्वकीय सचिव भानु देउवाले बताए । निर्वाचन क्षेत्रमा समय दिँदै ओली एमाले अध्यक्ष केपी ओली शुक्रबार गृहजिल्ला झापा पुगेका छन् । केही दिन उनी झापामै रहने एमाले जिल्ला सचिव मदन अधिकारीले बताए । शुक्रबार उनले भद्रपुरको सिटी गार्डेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । साँझ गृहनगर दमकमा कार्यकर्तासँग भेटघाट गरेका छन् । ओलीले शनिबार दिउँसो १२ बजेपछि आफ्नो निर्वाचन क्षेत्रमा बढी समय दिनेछन् । ‘२५ देखि २७ गतेसम्म उहाँ आफ्नै निर्वाचन क्षेत्रमा बस्नुहुनेछ,’ सचिव अधिकारीले भने । झापा ५ का गौरादह, गौरीगन्ज, तोपगाछीलगायत स्थानका कार्यक्रममा उनी व्यस्त रहनेछन् । २७ कात्तिकमा राजधानी फर्किए पनि ओली २ मंसिरमा पुनः झापा पुग्ने कार्यक्रम छ । घरदैलो अभियान सुरु गरे प्रचण्डले चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो चरणको प्रचार अभियानअन्तर्गत पाँच दिन चितवनमा बिताए । १८ कात्तिकमा उनले आफ्नो निर्वाचन क्षेत्र शिवनगर, जगतपुर र माडीमा आयोजित विभिन्न चुनावी सभालाई सम्बोधन गरे । १९ कात्तिकमा चनौली, गीतानगर, देवनगरमा संयुक्त निर्वाचन कार्यालय उद्घाटन गरे । दोस्रो चरणअन्तर्गत उनले बिहीबार गंगानगर क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट सुरु गरेका छन् । प्रचण्डले शुक्रबार भरतपुर–९ को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरे । थापा काठमाडौं आउजाउ गर्दै राप्रपा अध्यक्ष कमल थापाले काठमाडौं आउजाउ गर्दै प्रचार गर्ने योजना बनाएका छन् । मकवानपुर १ बाट उम्मेदवार बनेका थापा उपप्रधानमन्त्रीसमेत भएका कारण निर्वाचनका दिनसम्म गृहजिल्लामा प्रचारप्रसारमा जुट्न सक्ने अवस्था नरहेको उनका स्वकीय सचिव दामोदर वाग्लेले जानकारी दिए । जिल्ला पुगेर फर्किए ठाकुर राजपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ का चुनावी कार्यक्रममा सरिक भई बिहीबार काठमाडौं फर्केका छन् । उनले आफ्नो क्षेत्रका मतदातालाई मधेसी दललाई जिताउन आग्रह गरे । आफू जन्मेको महोत्तरीको एकरहिया पिपरा गाउँपालिकाका कार्यकर्तासँग उनले भेटघाट गरेका थिए । यादव अन्य जिल्लातिर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उम्मेदवारी मनोनयनको अघिल्लो दिन सप्तरी पुगेका थिए । उनी १८ कात्तिकसम्म सप्तरी २ मा आयोजित विभिन्न चुनावी कार्यक्रममा सरिक भए । सप्तरीमा रहेकै वेला धादिङ बस दुर्घटनाका पीडित परिवारलाई भेट्न राजविराज पुगेका उनी तीन–चार दिन सप्तरी बसे । व्यवस्थित प्रचार अभियानमा लोकतान्त्रिक गठबन्धन आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले आफ्नो पक्षमा माहोल बनाउन तल्लो तहसम्मका पार्टी संयन्त्र परिचालन गर्दै छ । यसका लागि उसले ७५ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । कांग्रेसले १५३ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ । निर्वाचन हुने १६५ मध्ये १२ क्षेत्रमा अरू दलसँग तालमेल गरेको छ । दुई राप्रपालाई चार–चार, संघीय समाजवादीलाई दुई, नयाँ शक्ति र राजपालाई एक–एक सिट छाडेको छ । तालमेल भएका ठाउँमा जिल्लास्तरबाट कार्यक्रम बनाइए मात्र केन्द्रीय नेता परिचालन गर्ने तयारी छ । ‘तालमेल भएका जिल्लामा संयुक्त रूपमा प्रचारप्रसार भइरहेको छ,’ केन्द्रीय निर्वाचन परिचालन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले भने, ‘केन्द्रकै आयोजनामा संयुक्त कार्यक्रम अहिलेसम्म बनाएका छैनौँ ।’ कांग्रेसले कमल थापा नेतृत्वको राप्रपालाई मकवानपुर १, बाँके २, काठमाडौं ७ र दैलेख १ छाडेको छ । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई सिन्धुपाल्चोक २, चितवन ३, रूपन्देही २, धनकुटा, संघीय समाजवादीलाई सुनसरी १ र सप्तरी २ (उपेन्द्र यादव) छाडेको कांग्रेसले राजपा अध्यक्ष महन्थ ठाकुरलाई महोत्तरी ३ छाडेको छ । जिल्लाले माग गरे केन्द्रीय नेता पठाउने तालमेल भएका ठाउँमा केन्द्रीय नीतिअनुसार नै संयुक्त कार्यक्रम गर्ने तालिका नबनाए पनि परिचालन समितिले जिल्लाबाट माग हुँदा भने केन्द्रीय नेता पठाउने तयारी गरेको छ । ‘जिल्लामा तालमेलअनुसार नै प्रचारप्रसार भइरहेको छ । तर, जिल्लाबाट माग हुँदा केन्द्रीय सभापतिसहितका केन्द्रीय नेतालाई सम्बोधनका लागि पठाउने तयारी गरेका छौँ,’ केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने, ‘अन्य ठाउँमा कांग्रेसले आफैँ प्रचारप्रसारलाई सक्रिय बनाइरहेको छ ।’ अन्य प्रभावशाली नेता प्रदेशका जिल्ला डुल्दै  अधिकांश प्रभावशाली नेता आफैँ उम्मेदवार भएकाले आफ्नै निर्वाचन क्षेत्रमा प्रचारमा व्यस्त छन् । तर, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका नेता पनि देश दौडाहामा जाँदै छन् । केन्द्रीय निर्वाचन परिचालन समितिले कार्यक्रम बनाएपछि उनीहरू जिल्ला–जिल्ला जानेछन् । मतदाता शिक्षाका लागि पहल कांग्रेसले केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई मतदाता प्रशिक्षण उपसमितिको संयोजक बनाएको छ । सहसंयोजकमा शिक्षक संघका अध्यक्ष केशव निरौला छन् । ‘धेरै मत बदर नहोस्, कांग्रेसलाई नै मत किन दिने भन्नेसहितका प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा गर्दै छौँ,’ संग्रौलाले भनिन्, ‘सातवटै प्रदेशस्तरीय प्रशिक्षण दिन्छौँ । यस्तो प्रशिक्षण जिल्ला हुँदै स्थानीय तह र वडासम्म पुर्‍याउँछौँ ।’ प्रदेशस्तरीय प्रशिक्षण २९ कात्तिकमा प्रदेश नम्बर ३ को काठमाडौंमा, ३० कात्तिकमा प्रदेश नम्बर ४ को पोखरामा, १ मंसिरमा प्रदेश नम्बरको ५ को बुटवल हुँदै, ६ को सुर्खेत, ७ को धनगढी, २ को जनकपुरमा गर्ने उनले जानकारी दिइन् । ३३० प्रदेश सभामै केन्द्रीय नेता निर्वाचन नजिकिँदै जाँदा सातवटै प्रदेशका मुख्य ठाउँमा केन्द्रीय नेताले संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने गरी कांग्रेसले सभाका कार्यक्रम पनि राख्दै छ । साथै, ३३० वटै प्रदेश सभामा पनि केन्द्रीय नेताकै उपस्थितिमा चुनावी सभा गर्ने जानकारी परिचालन समितिका संयोजक बालकृष्ण खाणले दिए । साथै, सातवटै प्रदेशमा पार्टीका शीर्ष नेता सहभागी भएर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम राख्ने तयारी पनि कांग्रेसको छ । कांग्रेसको ७५ सदस्यीय निर्वाचन समिति कांग्रेसले नेता बालकृष्ण खाणको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा प्रतिनिधिसभामा समानुपातिकतर्फका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य, टिकट नपाएका नेता, पूर्वसांसद छन् । समितिअन्तर्गत गगन थापा नेतृत्वमा २६ सदस्यीय प्रचारप्रसार उपसमिति, उद्योगपति विनोद चौधरीको संयोजकत्वमा आर्थिक समृद्धि र विकास समन्वय उपसमिति गठन गरेको छ । एमाले–माओवादी: एउटाको कार्यक्रममा अर्को प्रमुख अतिथि चुनावी तालमेल र एकतालाई सार्थक बनाउन एमाले र माओवादी केन्द्रले एउटाको कार्यक्रममा अर्को पार्टीका शीर्ष नेतालाई प्रमुख अतिथि बनाउने अभ्यास अघि बढाएका छन् । बुधबार काठमाडौं २ मा माओवादीले आयोजना गरेको चुनावी भेलामा एमाले नेता माधवकुमार नेपाल प्रमुख अतिथि बने । त्यस्तै, तीन दिनअघि झापामा माओवादीले आयोजना गरेको जिल्लास्तरीय चुनावी भेलालाई एमाले अध्यक्ष केपी ओलीले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए । चितवन ३ मा चुनावी प्रचारमा व्यस्त माओवादी अध्यक्ष प्रचण्डले एमालेद्वारा आयोजित स्थानीय कार्यक्रमहरूलाई प्रमुख अतिथिकै हैसियतममा सम्बोधन गरिरहेका छन् । १० स्थानमा संयुक्त चुनावी सभाको तयारी एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले २९ कात्तिकबाट ८ मंसिरसम्म देशका १० स्थानमा हुने ठूलो संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । ताप्लेजुङमा दुवै पार्टीको संयुक्त चुनावी सभा सम्पन्न भइसकेको छ । गोरखा, बाग्लुङ, पोखरा, दाङ, बर्दिया, रूपन्देही, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा हुने संयुक्त चुनावी सभालाई दुवै पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् । ‘चुनावी तालमेल र पार्टी एकता प्रभावकारी बनाउन चुनावी सभा सम्पन्न हुनेछ,’ रिमालले भने ।एमाले र माओवादी केन्द्रले तालमेल र पार्टी एकता सार्थक बनाउन संयुक्त केन्द्रीय कार्यालय सञ्चालनदेखि संयुक्त चुनावी सभासम्मको तयारी गरेका छन् । १० मंसिरका लागि घोषित पहिलो चरणको चुनावी प्रचार मध्यतिर पुग्दै गर्दा २१ मंसिरमा हुने दोस्रो चरणको चुनावी परिचालन प्रभावकारी बनाउन दुई ठूला वामपन्थी दलले तयारी थालेका हुन् । एकता संयोजन समिति निर्णायक एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै प्रमुख रहेको पार्टी एकता संयोजन समितिले नै वाम गठबन्धनको चुनावी परिचालनको ‘कमान्ड’ गर्नेछ । समितिमा एमालेबाट वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् । माओवादीबाट नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् । एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालका अनुसार केन्द्रीयस्तरमा रहेको यो समिति नै चुनाव परिचालनका लागि निर्णायक मानिनेछ । प्रदेश र जिल्लालाई परिचालन गर्ने, कतिपय समस्या अन्तिम समाधान गर्ने काम यही समितिले गर्नेछ । जिल्लामा संयुक्त निर्देशक समिति केन्द्रको एकता संयोजन समितिमातहत परिचालित हुनेगरी जिल्लाहरूमा एमाले र माओवादीले दुवै पार्टीका ‘सिनियर’ नेताहरू रहेको संयुक्त चुनावी परिचालन समिति बनाएका छन् । ‘जिल्लामा दुवै पार्टीका सिनियर नेताहरू रहेको संयुक्त चुनावी परिचालन निर्देशक समिति बनेको छ,’ रिमालले भने, ‘त्यो समितिले समन्वय, निर्देशन गर्नुका साथै संयुक्त रूपमा चुनावी प्रचार गरिरहेको छ ।’ एमाले बलियो रहेको जिल्लामा एमाले र माओवादी बलियो रहेको जिल्लामा माओवादीका बढी नेता रहने गरी समिति बनेको उनले जानकारी दिए । कतिपय जिल्लामा दुवै पार्टीका नेता–कार्यकर्ताले अभिभावक मान्न सक्ने व्यक्तिलाई संयोजक बनाइएको उनको भनाइ छ । माओवादी केन्द्रका सचिवालय सदस्य मणि थापाका अनुसार दुवै पार्टीको वरीयता रहने गरी संयुक्त परिचालन समिति बनेका छन् । संयुक्त रूपमा चुनावी प्रचार गर्दा एकले अर्काे पार्टीको विरोध नगरी एकतालाई सहयोग पुर्‍याउने गरी चुनावी गतिविधि अघि बढिरहेको उनको भनाइ छ । अधिकांश जिल्लाका समितिमा एमाले नेताकै बाहुल्य छ । सानेपामा छुट्टै केन्द्रीय कार्यालय गठबन्धनको संयुक्त चुनाव परिचालन प्रभावकारी बनाउन दुवै पार्टीले चुनाव अवधिभरका लागि सानेपामा छुट्टै केन्द्रीय कार्यालय सञ्चालन गर्ने तयारी गरेका छन् । ‘चुनाव अवधिभर आपसी समन्वयका लागि संयुक्त रूपमा कार्यालय सञ्चालनका लागि सानेपामा ठाउँ हेरिरहेका छौँ । सम्भवतः यो हप्ताभित्रै सञ्चालनमा आउनेछ,’ रिमालले भने, ‘संयुक्त कार्यालय सञ्चालन हुँदा पेरिसडाँडा दौडिने कि धुम्बाराही भन्ने अलमल अन्त्य हुनेछ ।’ संयुक्त चुनावी सभा कार्यतालिका कात्तिक २९–गोरखा कात्तिक ३०–बाग्लुङ र स्याङ्जा मंसिर २– झापा (दमक) मंसिर ३– झापा (काँकडभिट्टा) र मोरङ (विराटचोक) मंसिर ५– चितवन मंसिर ६–बुटवल र दाङ मंसिर ७–सुर्खेत र दैलेख मंसिर ८–कैलाली र कञ्चनपुर मंसिर ९– कास्की (पोखरा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE