Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

चार पूर्वसभामुख चुनावी प्रतिस्पर्धामाः कसको स्थिति के छ ?

\"\"काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् । नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । उनी विसं २०१५ सालको निर्वाचनपछिको संसद्मा सभामुख थिए। जीवित रहेका पाँच जना पूर्व सभामुखमध्ये तारानाथ रानाभाटबाहेक चार जनाले फेरि संसद्मा जाने चाहनासहित उम्मेदवार बनेको छन् । तीमध्ये तीन जना प्रत्यक्ष र एक जना समानुपातिक उम्मेदवार छन्। विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालको प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गानाले २३ वर्षपछि फेरि संसद्मा पुग्न प्रतिस्पर्धा गर्दै छन्। काठमाडौँको बत्तीसपुतलीका वासिन्दा ढुङ्गाना भक्तपुरको क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका हुन्। यसबीचमा उनी शान्ति, मानव अधिकार र सङ्क्रमणकालीन न्यायको क्षेत्रमा लागेका थिए। प्रतिस्पर्धा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री महेश बस्नेतसँग ढुङ्गानाको हुँदैछ । नेपाल मजदुर किसान पार्टीका निवर्तमान सांसद् अनुराधा थापासमेत गरी १३ जना उम्मेदवार सो क्षेत्रमा उम्मेदवार छन्। ढुङ्गानापछिका सभामुख रामचन्द्र पौडेल तनहुँ–१ बाट नेपाली काँग्रेसको उम्मेदवार बनेका छन्। उनी २०४८ देखिका सबै संसदीय तथा संविधान सभाका दुवै निर्वाचनमा जित हासिल गर्दै हुन्। उनको मुख्य प्रतिस्पर्धा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग हुने देखिएको छ। पौडेलविरुद्ध वागी उम्मेदवारी दिएका नेपाली काँग्रेसकै पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिसकेको छ। यसले पौडेललाई निर्वाचन अलि सहज बनाइदिएको भए पनि सो क्षेत्रमा अरू नौ जना उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। पौडेलपछिका सभामुख तारानाथ रानाभाट भने प्रतिस्पर्धामा छैनन्। रानाभाटपछि दुई कार्यकाल सभामुख रहेका सुवास नेम्वाङ इलाम–२ बाट वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार बनेका छन् । उनका प्रमुख प्रतिस्पर्धीमा नेपाली काँग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री केशव थापा छन्। उनीहरूसँगै अन्य १० जना प्रतिस्पर्धी छन्। निवर्तमान सभामुख ओनसरी घर्तीमगर पनि प्रतिनिधिसभामा पुनः आउन उम्मेदवार बनेकी छन्। तर, अन्य पूर्व सभामुखभन्दा भिन्न उनी समानुपातिक सूचीबाट उम्मेदवार बनेकी छन्। नेकपा माओवादी (केन्द्र) ले उनलाई समानुपातिक सूचीमा राखेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE