Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

कांग्रेसलाई सहयोग नगरेको भन्दै श्रीमतीलार्इ घर निकाला

\"\"काठमाडाैं । गमगढीमा आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन् । जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो पार्टी नेपाली कांग्रेसलाई सहयोग नगरेको भन्दै पत्नी २६ वर्षीया कर्मा छुइकित तामाङलाई घर निकाला गरेका हुन् । अाजको अन्नपूर्णमा खबर छ-पत्नी कर्माले वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गरेको र मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा समेत एमालेलाई सहयोग गर्न लागेको भन्दै पत्नीसहित दुई नबालक छोरा–छोरीलाई घर निकाला गरेका हुन् । वैशाखमा सम्पन्न स्थानीय चुनावमा निमाकी आमा एमालेको तर्फबाट वडा सदस्यमा विजयी भएकी थिइन् । निमाले पत्नी कर्माले आफ्नी आमालाई चुनावी प्रचारप्रसारमा सहयोग गरेको र आफूले भनेको मान्छेलाई मतदान नगरी सासुसहित सबै एमालेका उम्मेदवारलाई भोट दिएको आक्रोश अहिलेको चुनावमा पोखेका हुन् । यही विषयलाई लिएर निमाले पहिलो पटक गएको जेठ ५ गते पत्नी कर्मालाई कुटपिट गरी घर निकाला गरेका थिए। गाँउलेले जेठ १० गते दुबै जनालाई मिलापत्र गरी निमाको घरमा पठाएका भएपनि कार्तिक १२ गते पुन निमाले पत्नी कर्मालाई मंसिर १० को चुनावमा एमालेलाई सहयोग गर्न लागेको भन्दै कुटपिट गरेर घर निकाला गरेको सोही वडाका सोनाम तामाङले जानकारी दिए । आफूले भनेको पार्टीलाई सहयोग नगरेको नाममा पत्नीमाथि कुटपिट गर्दै निमाले घरबाट निकालेपछि कर्मा दुई छोरा–छोरीसहित छिमेकिको घरमा कोठा मागेर बस्दै आएकी छिन् । यद्यपी कर्माले श्रीमानले घरबाट निकाले पनि न्यायका निम्ति कुनै निकायमा उजुरी नदिएको उनका छिमेकीले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE