Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

दोलखामा रोचक प्रतिस्पर्धा: कांग्रेसलाई कम्युनिस्टकाे गढ भत्काउने चुनौती

\"\"काठमाडाैं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै दोलखा जिल्लामा दलहरू आक्रामक रूपमा प्रचारमा जुटेका छन् । मंसिर १० गते हुने निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने मतदाताहरूको आकलन छ ।एमाले–माओवादीबीचको चुनावी तालमेलको प्रत्यक्ष फाइदा वाम गठबन्धनका उम्मेदवारहरूलाई छ । उसै पनि यो क्षेत्र एमालेको पकेट क्षेत्रका रूपमा चिनिन्छ । नेपाली कांग्रेसले ०५१ सालमा क्षेत्र नम्बर १ मा जित हासिल गरेको घटनाबाहेक यहाँ सधैँ वामपन्थी दल त्यसमा पनि विशेषगरी एमालेले बाजी मार्दै आएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-०६४ सालमा क्षेत्र नम्बर १ र २ दुवै माओवादी केन्द्रले जितेको थियो । यसबाहेक बहुदलपछि अहिलेसम्म जति पनि संसदीय चुनाव भएका छन्, सबैमा एमाले विजयी भएको छ । पहिलेका पार्टनर नै अहिल प्रतिस्पर्धी प्रतिनिधिसभातर्फका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रुद्रबहादुर खड्का र वाम गठबन्धनका पार्वत गुरुङ कुनै समयमा व्यावसायिक साझेदारसमेत हुन् । उनीहरू दुवै गौरीशंकर गाउँपालिकाका वासिन्दा हुन् । ०४९ मा कांग्रेसबाट पाँच वर्षका लागि जिविस सभापति बनेका खड्का जिल्लामा लोकप्रिय छन् । त्यस्तै, गुरुङ पनि पुरानो तथा युवापुस्तामाझ उत्तिकै प्रभाव बनाइराख्न सफल छन् । झ्याँकु गाउँका खड्का २२ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए । उनी ३२ वर्षको उमेरमा जिल्ला विकास समितिको सभापति नै बने । जिविस सभापति छँदा विकास निर्माणमा गरेको उल्लेखनीय कामका कारण उनी चर्चित छन् । गुरुङ व्यापार–व्यवसाय र राजनीतिसँगै सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । दोलखामा एमाले–माओवादी एकै ठाउँमा उभिए पनि जनताले यी दुईबीचको एकतालाई स्वीकार नगर्ने खड्काको दाबी छ । उनी तालमेलबाट असन्तुष्ट बनेका माओवादी कार्यकर्ताको मत तान्ने दौडमा छन् । अहिले एउटै गठबन्धनमा देखिएका माओवादी र एमालेबीच यहाँ द्वन्द्वकालदेखि नै टकराव रहँदै आएको छ । गुरुङ भने विगतका टकराव भुलेर जनताले वाम गठबन्धनका पक्षमा मत खसाल्नेमा आशावादी छन् । आदिवासी, जनजातिको मत आफ्नो पक्षमा आउने उनको विश्वास छ । यता, शेर्पा समुदायसँग विवाह गरेका खड्का पनि माथिल्लो भेगमा रहेका शेर्पा, गुरुङलगायतका आदिवासी जनजातिको मत आफ्नो पक्षमा पार्ने दौडमा छन् । प्रदेशमा उस्तै प्रतिस्पर्धा प्रदेश ‘क’मा वाम गठबन्धनले माओवादी केन्द्रका उम्मेदवार विशाल खड्कालाई उम्मेदवार बनाएको छ । रोचक पक्ष के छ भने, अहिले एमालेले समर्थन गरेका उम्मेदवार खड्कामाथि स्थानीय निर्वाचनका एमाले कार्यकर्ताकै हत्या गरेको आरोप छ । जुंगु गाउँमा कुलबहादुर तामाङको हत्या भएपछि एमाले कार्यकर्ताले विशालसहित माओवादी केन्द्रका ३९ जिल्ला नेताविरुद्ध अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन छ । यस्तो टकरावपूर्ण स्थितिको फाइदा लिने ध्याउन्नमा छन्, लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका बर्मा लामा । उनी असन्तुष्ट एमाले कार्यकर्तासमेतको भोट पाएर विजयी हुने बताउँछन् । यस निर्वाचन क्षेत्रमा कांग्रेसको पनि राम्रै मत छ । माओवादीका खड्का एमालेले साथ दिने भएकाले जित सुनिश्चित भइसकेको बताउँछन् । प्रदेश ‘ख’ एमालेको राम्रो जनमत भएको अर्को क्षेत्र हो । तर, यहाँ एमालेसामु आफ्नै पूर्वनेता तगारो बनेका छन् । वाम गठबन्धनबाट पशुपति चौलागाइँ उम्मेदवार बन्ने भएपछि असन्तुष्ट बनेका एमाले नेता नेता लालबहादुर केसीले माले प्रवेश गर्दै उम्मेदवारी दिएका छन् । कांग्रेसका केशवराज चौलागाइँ यही टकरावको फाइदा लिने दाउमा छन् । यस निर्वाचन क्षेत्रअन्तर्गत केही ठाउँमा कांग्रेसको राम्रो जनमत छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE