Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

देउवा-भट्ट कडा प्रतिस्पर्धाः बिरासत जोगाउन चुनौती, को हुन् भट्ट ?

\"\"काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जितेर सिंहदरवार प्रवेश गर्दै आएका छन् । यहि क्षेत्रवाट चुनाव जितेर उनी गृहमन्त्री हुदै चार पटक प्रधानमन्त्री समेत भइसकेका छन् । वाम गठबन्धन बनेका वेला अगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रधानमन्त्री देउवाले डडेल्धुरामा आफ्नो बिरासत बचाउन सक्लान? अहिले सबैतिर चर्चा, परिचर्चा, अड्कल र चासो चुलिएको छ । देउवाका प्रतिस्पर्धी बाम गठबन्धनवाट उनका चिरपरिचित प्रतिद्वन्द्वी माओवादीका युवा नेता खगराज भट्ट छन् । अाजको नागरिकमा खबर छ-माओवादी एक्लै लड्दा पनि कडा टक्कर दिएका भट्ट एमाले र माओवादीको बामगठबन्धनका साझा उम्मेदवार रहेकाले अहिले रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । २०४८, २०५१ र २०५६ सालको निर्वाचनसम्ममा डडेल्धुरामा टक्कर दिने प्रतिस्पर्धी नहुदाँ देउवालाई सहज थियो । उनी चुनाव जित्नेमा ढुक्क हुने अवस्था हुने गर्थ्यो । माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६४ सालमा माओवादीका युवा नेता खगराज भट्ट प्रतिस्पर्धामा आएपछि देउवाले चुनावमा प्रतिस्पर्धाको महसुस मात्र गरेनन् , ढुक्क हुने अवस्था नभएपछि डडेल्धुरासँगै देउवाले कंचनपुर निर्वाचन क्षेत्र ४ बाट पनि उम्मेदवारी दिए । बिगतका ३ निर्वाचनमा ठुलो मतान्तरले बिजय हासिल गर्ने देउवा २०६४ सालमा झिनो मत अन्तर (१३ सय ६८ मत) ले भट्ट सँग चुनाव जिते । देउवाले २० हजार ५ सय २९ मत प्राप्त गर्दा भट्टले १९ हजार १ सय ६१ मत पाएका थिए । नेकपा एमालेका उमेदवार बिक्रमबहादुर शाहीले ७ हजार ९ सय ४२ मत पाएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा देउवा डडेल्धुरासँगै कैलाली क्षेत्र नम्बर ६ वाट पनि चुनाव लडे । दोश्रो संविधानसभाको निर्वाचनमा एमालेले पाएको मत स्थिर जस्तै देखिएपनि माओवादीका भट्टको मत घट्यो र कांग्रेसका देउवाको मत बढ्यो । २०७० सालको संविधानसभाको निर्वाचनमा देउवाले २३ हजार ९ सय २० मत प्राप्त गरे । भट्टले १२ हजार ४ सय ९३ मत पाएका थिए । यस्तै नेकपा एमालेका डा. ताराप्रसाद जोशीले ७ हजार १ सय ९० मत पाए । गत स्थानीय तहको निर्वाचनमा ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा ४ तहमा कांग्रेस, २ मा एमाले र १ तहमा माओवादी केन्द्र विजयी भएको छ । स्थानिय तहमा लोकतान्त्रिक भन्दा वामगठबन्धनको ८ हजार ६ सय ५ मत बढी छ । डडेल्धुरामा नेपाली कांग्रेसका प्रमुख तथा अध्यक्षहरुले जम्मा १९ हजार पाँच २३ मत ल्याएका छन् । नेकपा एमालेका प्रमुख तथा अध्यक्षहरुले १६ हजार ९ सय १५ मत पाउँदा माओवादी केन्द्रका प्रमुख तथा अध्यक्षले १० हजार ९ सय ४५ मत ल्याएका छन् । राप्रपाले २ सय ६८ मत मात्र प्राप्त गरेको छ । ५२ वडा रहेको डडेल्धुरामा एमालेले १९ वडामा जित दर्ता गएको छ, भने कांग्रेस १७ वडामा खुम्चिएको छ । बाँकी १६ वडाहरुमा माओवादी केन्द्र विजयी भएको छ । गत स्थानीय तहको निर्वाचन यता डडेल्धुरामा करिव ६ हजार नयाँ मतदाता थपिएका छन । यी नयाँ मतदाताले दिने मतले नतिजामा असर पार्ने देखिन्छ । प्रधानमन्त्री देउवाको प्रभाव, व्यक्तित्व र उनले डडेल्धुरामा गरेको विकासका काम देउवाका चुनाव जित्ने आधार भएको काग्रेस समर्थक बताउछन् भने मतदाताको सोच बदलिएको , बामपन्थी गठबन्धन लगायतका कारण भट्ट जित्ने उनका समर्थक बताउछन । २०४८ साल देखि लगातार ५ पटक निर्वाचन जितेका देउवालाई बाम गठबन्धनका उम्मेदवार भट्ट सँग कडा टक्कर हुने बिश्लेषण गरिएको छ । नेपाली काग्रेस डडेल्धृुराका सभापती कर्णबहादुर मल्ल प्रधानमन्त्री देउवा नेपाली काग्रेसको सभापती तथा लोकतान्त्रिक मोर्चाका कमाण्डर हुन् , जिल्लामा बिजुली, सडक, खानेपानी, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा उनले गरेका विकास जितका आधार भएको बताउछन । ‘जित्ने कुरामा त कुनै द्विविधा छैन’ मल्लले भने,‘कति मतान्तरले जित हुने भन्ने मात्र सवाल हो ।’ डडेल्धुरामा ५ पटक जितेर एक पटक गृह मन्त्री र ४ पटक प्रधानमन्त्री भएर उनले जिल्लाको विकासका धेरै योगदान पुगाएको र पार्टी पनि एक ढिक्का रहेकोे उनको भनाई छ । जिल्लामा बिभिन्न ग्रामिण क्षेत्र जोड्ने कच्ची सडक पिच गर्ने, नदीमा तठबन्द, धार्मिक पर्यटन, गरिवी र वेरोजगारी अन्त्य लगायतका काग्रेस तथा देउवाका ऐजेण्डा रहेको उनले बताए । यसैगरी बाम गठबन्धका उम्मेदवार खगराज भट्टले जनताको परिवर्तनको चाहना, बामगठबन्धको स्थानीय तहको निर्वाचनमा ८ हजार भन्दा बढी मत, काग्रेस भित्रको ठुलो बिभाजन जित्ने प्रमुख आधार भएको बताएका छन् । ‘केन्द्र र प्रदेशमा बामपंन्थीको सरकार बन्ने कुरा छर्लङ भएकाले प्रधानमन्त्री भएर केही गर्न नसकेका देउवाले सासंद मात्र भएर के गर्लान भनेर जनताले बुझेका छन’ उनले भने, ‘देउवाले २८ बर्षमा नगरेका विकासका कामे ५ बर्षमा गर्छ भनेर जनताले मलाई पत्याएका छन ।’ लोकतान्त्रिक राजनीतिक दलभित्र हुनेखानेले मात्र राजनीति गर्न सक्ने बिकृतीको अन्त्य, जनताको जीवनस्तर राजनीतिसँग जोडेर विकास गर्ने, जनता र राष्ट्रको भविश्य उज्वल हुने गरि योजना लागु गर्ने, जिल्लाका प्रचुर संभावनालाई उजागर गरेर स्मृद्ध डडेल्धुरा बनाउन प्याकेजमा कार्यक्रम गर्ने ऐजेण्डा रहेको उनको भनाई छ । को हुन खगराज भट्ट ? खगराज भट्ट शुरुमा नेपाली का‌ंग्रेसका सदस्य थिए । २०४७ सालमा देउवा सहभागी अजयमेरुको एक कार्यक्रममा भट्टले मन्तव्य पनि दिएका थिए । खगराज भट्टका दाजु जयराज भट्टको प्रभावले उनी २०४७ मै माओवादीमा प्रवेश गरेका हुन । २०५२ सालमा पहिलो पटक शेरबहादुर देउवा प्रधानमन्त्री भएका वेला क्रान्तीकारी डडेल्धुराका अध्यक्ष रहेका भट्ट पक्राउ परेका थिए । उनी सुदुरपश्चिममा माओवादीवाट पक्राउ पर्ने पहिलो बन्दी हुन । २०५२ फागुन ४२ गते पक्राउ परेर उनी ९ महिना जेल जिवन बिताएका थिए । संगोजले देउवा प्रधानमन्त्री भएकै वेला २०५९ जेठ २३ गते उनलाई माओवादीमा लाग्न प्रेरित गर्ने उनका दाजु जयराज भट्ट बझाङमा मारिए । यिनै भट्ट अहिले देउवाको विरासत तोड्न चुनावी मैदानमा छन । ४१ बर्षिय खगराज प्रदेश नम्बर ७ मा माओवादी केन्द्रमा लेखराज पछिको दोश्रो वरियतामा रहेका नेता हुन । डडेल्धुरामा बामगठबन्धनवाट प्रदेश ख मा एमालेका जिल्ला अध्यक्ष डा तारा जोशी र नेपाली काग्रेसका सभापती कर्णमल्ल चुनावी मैदानमा छन् भने प्रदेश क मा बामगठबन्धनवाट एमाले डडेल्धुराका पुर्व अध्यक्ष पठान सिंह वोहरा र नेपाली काग्रेस डडेल्धुराका पुर्व सभापती रघुवर भट्ट छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE