Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

काठमाडौं-८ : ‘किल्ला' जोगाउने र भत्काउनेको लडाइँ

\"\"काठमाडौं । बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन इतिहासका यी दुई दृष्टान्त पर्याप्त छन् । कांग्रेसका नवीन्द्रराज जोशी र एमालेका जीवनराम श्रेष्ठ यही ‘दृष्टान्त दोहोर्‍याउने\' योजनामा छन् । ०६४ र ०७० को संविधानसभा निर्वाचन जितेका जोशीसामू श्रेष्ठको बलियो चुनौती छ । ०४८, ०५१ र ०५६ सालको आमनिर्वाचनमा भने यो क्षेत्र एमालेले जितेको थियो । जोशी ह्याट्रिक गर्ने तयारीमा छन् भने श्रेष्ठ कांग्रेस ‘किल्ला\' भत्काउने सुरमा । अाजको अन्नपूर्णमा खबर छ-२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकी पत्नी सहाना प्रधानबीच यो क्षेत्रमा प्रतिस्पर्धा भएको थियो । त्यसबखत प्रधान विजयी भइन् । त्यसपछि २०५१ सालको मध्यावधिमा एमालैकै राजेन्द्र श्रेष्ठ र २०५६ को आमनिर्वाचनमा पनि एमालेकै मंगलसिद्धि मानन्धरले विजय पाए । यतिखेर जोशी र श्रेष्ठ दुवै आ-आफ्नो जितमा ढुक्क देखिएका छन् । क्षेत्र ८ को निर्णायक मानिएको १५ नं. वडाको डल्लु आवास क्षेत्रमा बिहीबार घरदैलो गर्दैगर्दा भेटिएका कांग्रेस उम्मेदवार जोशीले आफू जित्नेमा ढुक्क रहेको बताए । ‘राजनीतिक र सामाजिक रूपमा समर्पित भएका व्यक्तिलाई यहाँका जनताले राम्ररी छुट्याउने छन्, मैले यो समाजका लागि के-कस्तो काम गरेको छु भन्ने उनीहरूले हेरिरहेकाले मलाई न्याय गर्ने छन् भन्नेमा विश्वस्त छु\', उनले भने । जोशीले डल्लु आवास क्षेत्रमा बुधबार मात्रै चुनाव प्रचार-प्रसार समितिको कार्यालय स्थापना गरी औपचारिक रूपमा चुनावी अभियान थालेका छन् । जोशीले डल्लु आवास क्षेत्रबाट घरदैलो थाल्दै गर्दा प्रतिस्पर्धी एमालेका श्रेष्ठ भने अनौपचारिक भेटघाटमै व्यस्त छन् । उनले औपचारिक रूपमा घरदैलो अभियान सञ्चालन नथाले पनि वडा नं. १५ को कार्यालय प्रांगणमै मतदातासँग मत माग्न थालिसकेका छन् । ‘अब हामी पुरानो इतिहास कायम राख्ने छौं । यो क्षेत्रमा वामपन्थीको फूल फुलिसक्यो, त्यसलाई गोडमेल गर्ने तयारी थालिसकेको छु\', उनले भने । श्रेष्ठले २०४८ देखि २०५६ सालसम्म आठ नम्बर क्षेत्रमा वामपन्थी हावी हुँदै आए पनि बीचमा पार्टी विभाजनका कारण केही समय अरुले अवसर पाएको दाबी गरे । ‘यो क्षेत्र भनेको वामपन्थीलाई अत्यधिक माया गर्नेहरूको आधारभूमि हो । हामी २०४८ सालदेखि निरन्तर जित्दै आएका हौं । २०६४ र २०७० मा वामपन्थीको भोट बैंक विभाजित हुँदा हार्नुपरेको हो\', उनले भने । कांग्रेसका उम्मेदवार जोशीले भने वामपन्थी गठबन्धनले आफूहरूको जितमा कुनै असर नगर्ने बताए । ‘मेरो जित निश्चित छ, यहाँका मतदाताले मलाई असाध्यै माया गर्नुहुन्छ । म अहिले भर्खरै घरदैलो गरेर आएँ, मलाई लाग्छ यति रेस्पोन्स र माया पाउने कमै व्यक्ति हुन्छन्\', जोशीले आफ्नो जितको आधार सुनाउँदै भने । एमाले उम्मेदवार श्रेष्ठले भने जोशीले १० वर्षसम्म सांसद हुँदा यस क्षेत्रको विकासमा संवेदनशीलता देखाउन नसकेकाले यहाँका जनताले अब विकल्प खोज्ने दाबी गरे । ‘अब मानिस सचेत भइसकेका छन्, १० वर्ष उनले सांसद भएर काम गर्दा पनि यस क्षेत्रमा कुनै काम भएन भन्ने असन्तुष्टि यहाँका मतदातामा छ\', उनले भने । स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा वामपन्थी गठबन्धन कांग्रेसभन्दा अगाडि छ । क्षेत्र ८ मा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाको ४ र ५ वडा पर्छन् । स्थानीय तहमा यो क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनको पक्षमा १६ हजार ३ सय ४९ मत र कांग्रेस-राप्रपाको लोकतान्त्रिक गठबन्धनको १३ हजार १ सय १९ मत खसेको थियो । वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका एमालेका श्रेष्ठ लोकतान्त्रिक गठबन्धनभन्दा सशक्त भएको र संघीय समाजावादी फोरमले पनि समर्थन गरेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । श्रेष्ठले आफ्नो जित सुनिश्चित हुनुको थप आधार सुनाउँदै भने, ‘यहाँका ५ वटा वडामध्ये १५ र १३ मा मात्रै २५ हजारभन्दा बढी मतदाता छन्, यी दुई वडा निर्णायक पनि हुन् । यी दुवैमा स्थानीय तहमा एमालेले शानदार विजय हासिल गरेको छ ।\' जोशीले भने स्थानीय निर्वाचनलाई जितको आधार बनाउन नमिल्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE