Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

यी हुन् २९ आफन्त उम्मेदवार: दम्पतिदेखि भदाज्वाँइ हुँदै जेठी सासूसम्म

\"\"आफन्त तर राजनीतिमा सक्रिय कांग्रेस उम्मेदवार तीनै कोइराला उम्मेदवार नेपाली राजनीतिको केन्द्र भागमा रहेको कोइराला परिवारबाट सधैँजसो यसपालि पनि धेरै उम्मेदवार छन् । हजुरबा एउटै अर्थात् कृष्णप्रसाद कोइराला हुन् । तर, बिपीपुत्र तथा कांग्रेस महामन्त्री डा. शशांक नवलपुर १ बाट तेस्रोपटक प्रतिस्पर्धामा छन् । कृष्णप्रसादका काइँला छोरा अर्थात् बिपीका भाइ केशवपुत्र शेखर मोरङ ६ बाट निर्वाचन लड्दै छन् । त्यस्तै, गिरिजाप्रसादपुत्री सुजाता प्रतिनिधिसभा समानुपातिकको सूचीमा खस–आर्य महिलामा पहिलो नम्बर छिन् । अाजको नयाँ पत्रिकामा खबर छ-तीनैजना एकै परिवारका भए पनि राजनीतिमा प्रभावशाली भूमिकामा सक्रिय छन् । डाक्टर महत दाजुभाइ कांग्रेसबाट दाजुभाइ डा. रामशरण महत नुवाकोट १ र डा. प्रकाशशरण महत काठमाडौं ५ बाट प्रतिस्पर्धामा छन् । दाइ महत लगातार नुवाकोटबाट निर्वाचन लड्दै आएका छन् । ०४८ को निर्वाचनबाहेक उनी हरेकपटक सफल हुँदै आएका छन् । उता, भाइ प्रकाशशरणले लगातार दुईपटक समानुपातिकबाट प्रतिनिधित्व गरेका थिए । यसपालि उनी एमाले महासचिव ईश्वर पोखरेलसँग भिड्दै छन् । उनीहरू कांग्रेसका दुई समूहका उत्तिकै प्रभावशाली नेता हुन् । केसी दाजुभाइ नुवाकोटमा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी नुवाकोट २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनका भाइ एवं नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी नुवाकोट २ (क)मा प्रदेश सभामा उम्मेदवार बनेका छन् । संविधानसभाको पहिलो निर्वाचन हारेका अर्जुननरसिंहले दोस्रो निर्वाचन जितेका थिए । यसपालि उनी एमालेका नारायण खतिवडासँग प्रतिस्पर्धा गर्दै छन् । केसी परिवार नुवाकोटको राजनीतिमा प्रभावमा छ । देउवापत्नी आरजु प्रत्यक्ष निर्वाचनमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवार बनेका छन् । देउवा परम्परागत रूपमा डडेल्धुरा र पत्नी आरजु कैलाली ५ बाट लड्दै छन् । ०७० को संविधानसभा निर्वाचनमा शेरबहादुरले कैलाली ६ बाट पनि निर्वाचन जितेका थिए । अहिले क्षेत्र घट्दा सोही ठाउँमा आरजु उठेकी हुन् । आरजुले समानुपातिकबाट कांग्रेसलाई प्रतिनिधित्व गर्दै आएकी छिन् । कोइराला परिवारका ज्वाइँ दिलबहादुर कोइराला परिवारकी भान्जी शैलजा आचार्यका बहिनीज्वाइँ पर्ने दिलबहादुर घर्ती यसपटक लमजुङबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । घर्ती आफैँ पनि राजनीतिमा सक्रिय छन् । उनको प्रतिस्पर्धा वाम गठबन्धनका देव गुरुङसँग हुँदै छ । राजनीतिभन्दा बलियो नातावाद खाणदम्पती उम्मेदवार कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणको नाम समानुपातिकतर्फबाट एक नम्बरमा छ । उनकी पत्नी मञ्जुको नाम पनि महिलातर्पmबाट समानुपातिकमै राखिएको छ । मञ्जु खस–आर्य महिला समूहको आठौँ नम्बरकी उम्मेदवार छिन् । खुमबहादुरपत्नी पनि सूचीमा कांग्रेसका अर्का प्रभावशाली नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा पनि प्रतिनिधिसभामा खस–आर्य कोटाबाट समानुपातिक उम्मेदवारको सूचीमा परेकी छिन् । भ्रष्टाचार अभियोगमा सर्वोच्चको अन्तिम फैँसलाबाट जेल सजाय भोगेका खड्का कानुनतः उम्मेदवार बन्न नपाउने भएपछि पत्नीको नाम समावेश गरिएको हो । शिलाको उम्मेदवारी महिला क्रमको नवौँ नम्बरमा छ । ०७० को निर्वाचनमा कांग्रेसले शिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । तर, खुमबहादुरले नाम फिर्ता गराएर समानुपातिकबाट सांसद बनाएका थिए । निधिकी जेठीसासू पनि उम्मेदवार कांग्रेस नेता विमलेन्द्र निधिकी जेठीसासू दीपशिखा शर्मा पनि प्रतिनिधिसभा समानुपातिकमा महिलाबाट ६ नम्बरमा परेकी छिन् । दीपशिखा ०४८ मा सिन्धुली ३ बाट जितेका ध्र्रुव शर्माकी श्रीमती हुन् । पूर्वसांसद शर्माको निधन भइसकेको छ । महेश आचार्यका सम्धी र भान्जा कांग्रेस नेता महेश आचार्य स्वाभाविक रूपमा मोरङ ४ बाट उम्मेदवार छन् । तर, उनका भान्जा दीपेन्द्र ढकालले पनि प्रदेश सभा १ बाट समानुपातिकमा उम्मेदवारी पाएका छन् । त्यति मात्र होइन, आचार्यका सम्धी विश्वनाथ रिजाल पनि मोरङ ४ को (ख)बाट प्रदेश सभाका उम्मेदवार बनेका छन् । कोइराला परिवारका भदाज्वाइँ पनि नोना कोइरालाका भदाज्वाइँ खिमप्रसाद भुसाल प्रतिनिधिसभाको खस–आर्य पुरुषको समानुपातिक उम्मेदवार बनेका छन् । राजनीतिमा नाम नसुनिए पनि उनी खस–आर्यको नवौँ नम्बरमा छन् । सीतादेवीका छोरा उम्मेदवार कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव स्वाभाविक रूपमा मधेसी सूचीमा एक नम्बरमा छिन् । तर, उता छोरा डा. सुभाषचन्द्र यादव पनि सिरहा ३ (ख)बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् । बलबहादुर केसीकी बहिनी कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी सोलुखुम्बुबाट प्रत्यक्षतर्फबाट निर्वाचन लड्दै छन् । ०६४ मा निर्वाचन हारेका केसीले ०७० मा जितेका थिए । यसपालि उनकी बहिनी गोमा केसी पनि प्रतिनिधिसभामा समानुपातिकतर्फ खस–आर्य महिला सूचीको १२औँ नम्बरमा छिन् । एमालेमा सक्रिय आफन्तजनलाई टिकट झलनाथ र भीम आचार्य साढु एमाले वरिष्ठ नेता झलनाथ खनाल र सचिव भीम आचार्य साढुका रूपमा नातेदार भए पनि राजनीतिमा उत्तिकै सक्रिय छन् । खनाल इलाम १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र आचार्य सुनसरी १ (ख)बाट प्रदेश सभामा उम्मेदवार छन् । आचार्यलाई प्रदेश नं. १ को मुख्यमन्त्रीका रूपमा पनि प्रचार गरिएको छ । भोजपुरबाट प्रदेश सभामा उठेका पूर्वमन्त्री शेरधन राई मुख्यमन्त्रीका रूपमा आचार्यका प्रतिस्पर्धी हुन् । गौतम पति–पत्नी उम्मेदवार एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । एमालेकै महिला संघकी उपाध्यक्ष रहेकी उनकी पत्नी तुलसी थापा प्रतिनिधिसभामा समानुपातिकबाट जनजाति महिलातर्फ उम्मेदवार छिन् । छैटौँ नम्बरमा नाम रहेकाले उनी सांसद हुने लगभग निश्चित छ । शंकरपत्नी समानुपातिकको सूचीमा स्थायी समिति सदस्य शंकर पोखरेल दाङ २ (क)बाट प्रदेश सभामा उम्मेदवार छन् भने केन्द्रीय सदस्य सुजिता शाक्य प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार छिन् । पोखरेलपत्नी शाक्य जनजाति समूहको महिलातर्फ तेस्रो नम्बरमा छिन् । पाण्डे दाजुभाइ प्रत्यक्षमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चितवन १ बाट प्रतिनिधिसभामा र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे धादिङ १ (क)बाट प्रदेश सभामा उम्मेदवार छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । कृष्णगोपाल र श्रीमती उम्मेदवार एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । उनकी पत्नी विना श्रेष्ठ प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । कृष्णगोपाल कडा प्रतिस्पर्धामा छन्, तर समानुपातिकको जनजाति महिलातर्फ पाँचौँ स्थानमा रहेकी विना सांसद बन्ने लगभग निश्चित छ । रघुवीरपत्नी जुली उम्मेदवार केन्द्रीय सदस्य रघुवीर महासेठ धनुषा ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । पत्नी जुली महतो प्रतिनिधिसभाकै समानुपातिकतर्फ मधेसी महिलातर्फ पहिलो नम्बरमा उम्मेदवार छिन् । विरोध प्रतिनिधिसभा, मनु प्रदेशमा केन्द्रीय सदस्य विरोध खतिवडा मकवानपुर २ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनकी पत्नी मनु सिग्देल ३ नम्बर प्रदेश सभाका लागि समानुपातिकतर्फ खस–आर्य महिलातर्फ दोस्रो नम्बर सूचीमा उम्मेदवार छिन् । मनु एमाले मकवानपुरकी अध्यक्ष पनि हुन् । तामाङ र राई पति–पत्नी उम्मेदवार केन्द्रीय सदस्य शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ बाट उम्मेदवार छन् । पत्नी उषाकला राई प्रदेश नम्बर १ को प्रदेश सभाका लागि जनजाति महिलातर्फ दोस्रो नम्बर सूचीकी उम्मेदवार छिन् । भूमिगतकालमै सक्रिय परिवारजन निर्वाचनमा प्रचण्ड परिवारबाट चारजना माओवादी अध्यक्ष प्रचण्डको परिवारबाट चारजना उम्मेदवार छन् । प्रचण्ड चितवन ३ र बुहारी विना मगर कञ्चनपुर १ बाट उम्मेदवार छन् । भूमिगतकालमा पक्राउ परेकी विनाले सैनिक हिरासतमा चरम यातना पाएकी थिइन् । उनी सरस्वती क्याम्पस स्ववियुकी पूर्वसभापति हुन् । भूमिगतकालमै सक्रिय भाइ नारायण दाहालले ०६४ मा चितवनबाट निर्वाचन जितेका थिए । यसपालि उनी प्रतिनिधिसभाको समानुपातिकमा उम्मेदवार छन् । त्यस्तै, प्रचण्डका ज्वाइँ जीवन आचार्य मोरङ ६ (क) बाट प्रदेश सभामा उम्मेदवार छन् । पुन परिवारबाट तीनजना माओवादी नेता वर्षमान पुन र उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीमगर दुवै उम्मेदवार छन् । जनयुद्धमा सँगै हिँडेका पुन रोल्पाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ र पत्नी ओनसरी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । यस्तै, वर्षमानकी बहिनी लालकुमारी पुन ललितपुर १ (क)बाट प्रदेश सभा उम्मेदवार छिन् । हितमान दम्पती दुवै उम्मेदवार माओवादी केन्द्रका नेता हितमान शाक्य काठमाडौं १० बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ र श्रीमती अमृता थापा प्रतिनिधिसभाकै समानुपातिकमा परेकी छिन् । शर्मा दाजुभाइ नै निर्वाचनमा माओवादी नेता जनार्दन शर्मा पश्चिम रुकुम र भाइ अनिल शर्मा काठमाडौं १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार छन्। बस्नेत प्रत्यक्षतर्फ, श्रीमती समानुपातिकमा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र पत्नी सत्य पहाडी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । देव गुरुङ प्रत्यक्षमा, श्रीमती समानुपातिकमा माओवादी केन्द्रका नेता देव गुरुङ लमजुङबाट प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा उम्मेदवार छन् भने पत्नी यशोदा गुरुङ सुवेदी प्रतिनिधिसभाकै समानुपातिकमा सूचीमा परेकी छिन् । केसीदम्पती उम्मेदवार माओवादी केन्द्रका अर्का नेता कुलप्रसाद केसी रोल्पा (क)बाट प्रदेश सभा प्रत्यक्षतर्फ उम्मेदवार भएका छन् भने श्रीमती तारा घर्ती केसी प्रतिनिधिसभा समानुपातिकमा परेकी छिन् । पति–पत्नी नै उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेखा शर्मा प्रतिनिधिसभा समानुपातिक र श्रीमान् कृष्णध्वज खड्का प्युठान (ख)बाट प्रदेश सभामा प्रत्यक्ष उम्मेदवार छन् । देवी खड्का परिवारका तीनजना उम्मेदवार माओवादी केन्द्रकी नेतृ देवी खड्का र उनका श्रीमान् राजकुमार श्रेष्ठ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । भाइ विशाल खड्का दोलखा (क)बाट प्रदेश सभा उम्मेदवार छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE