Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग: चिनियाँ टोलीको स्थलगत अध्ययन सकियो

\"\"काठमाडाैं । नेपाललाई रेलमार्गबाट आफ्नो रेल सञ्जालमा जोड्ने विषयमा चिनियाँ अध्ययन टोली सकारात्मक देखिएको छ । लामो समयदेखि चर्चामा रहेको तर औपचारिक रूपमा प्रक्रियाले गति लिन नसकेको केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको स्थलगत अध्ययनमा आएको चिनियाँ टोलीले त्यस्तो सङ्केत गरेको हो । मङ्गलबारदेखि बिहीवारसम्म प्रस्तावित रेलमार्गको स्थलगत अध्ययनमा टोली सक्रिय थियो । उक्त रेलमार्ग निर्माणको प्रक्रिया प्रारम्भिक छलफलकै क्रममा रहेका बेला चिनियाँ सरकारको रेलवे एडमिनिष्ट्रशनका उपप्रमुख जेङ जियनसहितको टोलीले स्थलगत सम्भाव्यता अध्ययन गरेको हो । रेलमार्ग निर्माणका विषयमा पहिलोपटक स्थलगत अध्ययन भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए । आजको आर्थिक अभियानमा खबर छ-उनले भने, ‘मङ्गलवारदेखि चिनियाँ टोलीले काठमाडौंदेखि पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गको सम्भाव्य स्थानको अवलोकन बिहीवार सम्पन्न गरेको छ ।’ उनले अध्ययनका क्रममा लगानी तथा रेलमार्ग निर्माणका लागि चिनियाँ टोली सकारात्मक देखिएको बताए । उनले तत्काल निर्माण गर्ने विषय यकिन नभए पनि स्थलगत अध्ययनका क्रममा चिनियाँ टोली उक्त रेलमार्ग निर्माणका विषयमा सकारात्मक देखिएको बताए । उनले भने, ‘चिनियाँ अध्ययन टोलीले रेलमार्ग निर्माणका विषयमा तत्काल केही भनेको छैन, अहिले गरेको स्थलगत सम्भाव्यता अध्ययनको रिपोर्ट चिनियाँ सरकारसमक्ष पेश गरेको केही समयपछि रेलमार्ग निर्माणका विषयमा आधिकारिक धारणा आउनेछ ।’ विभागका प्रवक्ता उपाध्यायले नेपालमा भने यतिबेला चुनावको मौसम भएकाले तत्काल यस विषयमा धारणा नआए पनि चुनावपछि यस विषयले प्रवेश पाउने बताए । रेल विभागका प्राविधिक टोलीसहित चिनियाँ टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गलाई थप सहजता प्रदान गर्न सोही क्षेत्र आसपासमा पर्ने स्थानमा पनि वैकल्पिक मार्ग हुन सक्ने भन्दै स्थलगत अध्ययन गरेको प्रवक्ता उपाध्यायले बताए । उक्त रेलमार्ग निर्माणका लागि हाल तय गरिएको रूट पछि परिमार्जन हुन सक्ने पनि देखिएको छ । दुई देशको व्यापारिक तथा पर्यटकीय महत्त्वका कारण पनि नेपाल–चीनलाई रेलमार्गले जोड्न आवश्यक देखिएको छ । सरकारले प्रारम्भिक रूपमा तय गरेअनुसारको सम्भावित रूटमध्ये केरुङ—काठमाडौं करीब १ सय किलोमिटर र काठमाडौं—पोखरा १ सय ८७ किमीको अध्ययन गरेको छ । तर, पोखरा–लुम्बिनीको दूरीका साथै सम्भाव्यता अध्ययन पनि हुन नसकेको प्रवक्ता उपाध्यायले जानकारी दिए । रेलमार्ग निर्माणका लागि प्रारम्भिक चरणमै रहेका कारण उक्त रेलमार्गको निश्चित दूरी, लागतका विषयमा पनि यकिन हुन सकेको छैन । नेपाल र चिनियाँ सरकारका अधिकारीहरूको भेटमा पनि यो रेलमार्ग निर्माणको विषयले प्राथमिकता पाउँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE