Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

प्रदेश-प्रतिनिधिसभा चुनाव खर्च: भ्रमणमै सवा दुई अर्ब

\"\"काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भ्रमणका लागि मात्रै दुई अर्ब २६ करोड ६५ बजेट छुट्याएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई भ्रमण शीर्षकमा रकम उपलब्ध गराइन्छ । निर्वाचन खर्चमध्ये भ्रमणमा मात्रै साढे २१ प्रतिशत खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा सम्पन्न हुने दुई चरणको निर्वाचनका लागि १० अर्ब ५३ करोड ४३ लाख ४३ हजार रुपैयाँ खर्च गर्ने गरी आयोगले कार्यक्रम बनाएको छ । आयोगले स्थानीय तह निर्वाचनमा एक अर्ब ९१ करोड भ्रमण शीर्षकमा खर्च गरेको थियो । अाजको अन्नपूर्णमा खबर छ-आगामी चुनावमा भ्रमण भत्ताका लागि छुट्याइएको रकम स्थानीय चुनावको भन्दा ३५ करोड ६५ लाख रुपैयाँले बढी छ। आयोगले स्थानीय भत्ताका लागि एक करोड रुपैयाँ छुट्याएको छ भने अन्य भत्ता शीर्षकमा एक अर्ब ७५ करोड २३ लाख रकम खर्च गर्ने योजना बनाएको छ । आयोगले स्थानीय तहको निर्वाचनमा स्थानीय भत्ताका लागि ३८ लाख र अन्य भत्तामा एक अर्ब १ करोड रुपैयाँ खर्च गरेको छ । आयोगले निर्वाचन शिक्षा तथा अन्य कार्यक्रमको अनुगमन तथा मूल्यांकनका लागि १९ करोड आठ लाख खर्च गर्ने भएको छ । हतारमा निर्वाचन गर्ने परिपाटीले निर्वाचनका बेला गरिने कार्यक्रमको अनुगमन गर्न आयोगले त्यति नभ्याए पनि यो शीर्षकमा रकम भने छुट्याइएको छैन । आयोगले अहिले नमुना मतपत्र र निर्वाचन सामग्रीसमेत छापिसकेको छ । कात्तिक २५ गतेदेखि मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्न लागेको प्रवक्ता नवराज ढकालले बताए । घरदैलोमा गएर दिइने भनिएको मतदाता शिक्षा कति प्रभावकारी भयो वा कसरी दिए भनी अनुगमन÷मूल्यांकन गर्न भने आयोगले भ्याएको छैन । त्यस्तै अयोगले आगामी चुनावका लागि पाँच करोड आठ लाख ५० हजार इन्धनमा खर्च गर्ने भएको छ । यसअघिको स्थानीय तह चुनावमा इन्धनमा दुई करोड ७७ लाख रुपैयाँ खर्च गरे पनि प्रतिनिधि तथा प्रदशेसभा चुनावमा भने यो शीर्षकअन्तर्गत खर्च छुट्याएको छैन । आसन्न निर्वाचनका लागि तीन अर्ब सात करोड ७४ लाख खर्च गरिने भएको छ । स्थानीय चुनावमा कार्यक्रम खर्च शीर्षकमा एक अर्ब ५४ करोड रुपैयाँ खर्च गरिएको आयोग प्रवक्ता ढकालले जानकारी दिए । अन्य रकम पनि विभिन्न शीर्षकमा खर्च गरेको आयोगले जनाएको छ ।आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कार्यालय प्रयोजनका लागि कार्यालयसम्बन्धी खर्च शीर्षकमा दुई अर्ब २३ करोड ५० लाख खर्च गर्ने भएको छ । आयोगले निर्वाचन सेवा तथा परामर्शका लागि एक करोड ५५ लाख खर्च गर्ने भएको छ । अन्य सेवा शुल्कको लागि २० लाख छुट्याएको छ । बिमा शीर्षकमा आयोगले १५ करोड रुपैयाँ छुट्याएको छ । सञ्चालन तथा मर्मत सम्भारका लागि ११ करोड रुपैयाँ छुट्याएको छ । आयोगले चुनावी प्रयोजनका लागि लिइने घरभाडाको लागि पाँच करोड ५६ लाख खर्चिने भएको छ । निर्वाचनमा सञ्चार महसुलको लागि दुई अर्ब ९७ करोड खर्च गर्ने तयारी गरेको छ । पानी र बिजुलीमा मात्र तीन करोड ६८ लाख ४० हजार खर्च गर्न लागेको छ । यसका अलवा आयोगले विविध खर्च शीर्षकअन्तर्गत ५५ करोड १३ लाख ४७ हजार रुपैयाँ खर्च छुट्याएको छ । निर्वाचन आयोग ऐन २०७३ परिच्छेद ६ को दफा २७ मा निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने प्रयोजनका लागि आयोगको खर्चको व्ययभार संघीय सञ्चित कोषबाट गरिने व्यवस्था गरिएको छ । आयोगले निर्वाचनका लागि प्राप्त बजेट आफैंले खर्च गर्न पाउने व्यवस्था रहेको अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले जानकारी दिए । ‘निर्वाचनका लागि गरिने खर्च मात्र हामीले जुटाइदिने हो’, भण्डारीले भने, ‘कार्यक्रम बनाउनेदेखि सम्पूर्ण खर्च गर्ने अधिकार आयोगकै हुनेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE