Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

अकुत आर्जनमा तानिए शर्मा , बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार टोली

\"\"काठमाडाैं । कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनीमाथि अनुसन्धान थालेको हो । आजको राजधानीमा खबर छ-अख्तियारले अनुसन्धानका शिलशिलामा बयानका लागि पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि बुधबार शर्माको घरमा सात दिने म्याद टाँस गरेको छ । अख्तियारले वडा सचिवको रोहवरमा बुढानीलकण्ठ नगरपालिका–३ रुद्रश्वेर मार्गस्थित उनको घरमा सात दिनभित्र उपस्थित हुने सूचना टाँसेको हो। म्याद टाँसका कारण निलम्बित सहसचिव शर्माले सात दिनभित्र अख्तियारमा उपस्थित भइसक्नु पर्छ। उपस्थित नभए अख्तियारले उनलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाउने जनाएको छ। ‘हामीले बयानका लागि शर्मालाई आयोगमा पटकपटक बोलायौं, तर आउनुको साटो उनले आलटाल गर्न खोजे, घरभित्रै बसेर कोही नभएको जवाफ दिन थाले, त्यसैले बाध्य भएर ७ दिने सूचना टाँस्नुपरेको हो,’ अख्तियार स्रोतले भन्यो, ‘अब पनि नआए पक्राउ गरेर ल्याइन्छ।’ शर्मामाथि कर निर्धारणमा अनियमितता गरेको आरोपमा झन्डै १० अर्ब रुपैयाँको बिगो र जरिवाना माग दाबीसहित दायर मुद्दा अझै विशेष अदालतमा विचाराधीन छ। उनी सर्वोच्च अदालतको आदेशबाट न्यायिक हिरासतबाट भने मुक्त भइसकेका छन्।अख्तियारका अनुसार आयोगमा शर्माले भरेको १३ पाने सम्पत्ति विवरण र अख्तियारको अनुसन्धानमा २० करोड रूपैयाँ सम्पत्तिको स्रोत खुल्न नसकेको देखिएपछि बयानका लागि ताकेता पनि गरेको थियो। आयोगले चार महिनाअघिबाट अकुत सम्पत्ति आर्जन गरेको विषयमा उनीमाथि अनुसन्धान थालेको थियो। लोकसेवा आयोगको तयारी कक्षाको पारिश्रमिक र पुस्तक बिक्रीलाई आफ्नो आर्जन भएको भन्ने उनको दाबीलाई आयोगले मानेको छैन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE