Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

कर्मचारीले भोट हाल्न नपाए आन्दोलन गर्ने

\"\"काठमाडौं । प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । निर्वाचन आयोगले आफूहरूको संवैधानिक र मौलिक हकमाथि धावा बोल्न खोजेको भन्दै एमालेनिकट निजामती कर्मचारी संगठन, कांग्रेसनिकट निजामती कर्मचारी युनियन, माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठन र मधेसी दलनिकट मधेसी निजामती कर्मचारी मञ्चले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने उद्घोष गरेका हुन् । आजको अन्नपूर्णमा खबर छ-आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई मताधिकार नदिए निर्वाचन छोडेर आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी कर्मचारी संगठनका नेताहरूले दिएका छन् । उनीहरूले निर्वाचन आयोगको सो रवैयाविरुद्ध ८६ हजार कर्मचारीलाई एकै पटक सडकमा उतार्ने चेतावनीसमेत दिएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ट्रेड युनियनकर्मीहरूले कर्मचारीलाई मताधिकारबाट वञ्चित गर्न खोजिएको, संघीय निजामती सेवा ऐनमा ट्रेड युनियन अधिकार खारेज गर्न खोजिएको र कर्मचारी समायोजन नियमावली बनाउँदा ट्रेड युनियनलाई बेवास्ता गरिएको भन्दै सरकार र निर्वाचन आयोगको विरोध गरेको हो । अघिल्लो साता सर्वोच्च अदालतले संविधानको धारा ८४ को उपधारा ५ विपरीत नहुने गरी निर्वाचन आयोग स्वयंले कर्मचारीलाई मताधिकार दिन सक्ने आदेश दिएको थियो । तर यस विषयमा निर्वाचन आयोगले कुनै निर्णय गर्न नसकेपछि कर्मचारी आक्रोशित भएका हुन् । सो धारामा १८ वर्ष पूरा भएका प्रत्येक नेपाली नागरिकलाई संघीय कानुनबमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ भन्ने उल्लेख छ । निर्वाचनमा कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी गरी झण्डै ४ लाख कर्मचारी खटिँदै छन् । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल र उपाध्यक्ष भोलानाथ पोखरेलले कर्मचारीले लोकतन्त्र र गणतन्त्र स्थापनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरे पनि निर्वाचन आयोगले त्यसलाई बेवास्ता गर्नु दुखद भएको बताए । ‘कर्मचारीलाई मताधिकार नदिए सबै कर्मचारी निर्वाचन छोडेर आन्दोलन गर्न बाध्य हुनेछौं, त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी आयोगले लिनुपर्छ’, आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकालले भने । त्यस्तै उपाध्यक्ष पोखरेलले कर्मचारीलाई मताधिकारबाट वञ्चित गरिए ८६ हजार कर्मचारीलाई सडकमा उतार्न बाध्य हुने बताए । ट्रेड युनियनकर्मीका अनुसार यसअघिका सबै निर्वाचनमा कर्मचारीले समानुपातिकतर्फ मतदान गर्न पाएका थिए । २०६४ र ०७० सालमा भएको संविधानसभा निर्वाचनमा मतदान केन्द्रमा खटिएका कर्मचारीले भने समानुपातिकतर्फ मतदानको अवसर पाएका थिए । ट्रेड युनियनहरूले निर्वाचनमा खटिने कर्मचारीलाई मताधिकार नदिए कर्मचारीहरू उच्च मनोबल लिएर निर्वाचनमा खटिन नसक्ने र त्यसले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न चिह्न सिर्जना गर्नेसमेत बताएका छन् । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष जीतबहादुर मडैले कर्मचारीलाई मताधिकार नदिए आफूहरू कडा कदम चाल्न बाध्य हुने बताए । त्यस्तै माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले कर्मचारीको आत्मबल गिर्नेगरी आयोगले गरेको निर्णय आफूहरूलाई अमान्य हुने र नसच्याए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले पनि आयोगले त्यसरी निर्वाचनमा खटिएका कर्मचारीलाई मताधिकारको व्यवस्था नगरे त्यसविरुद्ध कठोर कदम चालिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE