Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

छोटो मतपत्र: झन्झटिलो मतदान प्रक्रिया

\"\"काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मात्रै समेटेर आगामी प्रतिनिधिसभाको मतपत्र बनाएको छ । आयोगको यो कार्यले प्रतिनिधिसभातर्फको मतपत्र निकै छोटो र छरितो बनेको छ । ‘यसपटकको निर्वाचनमा मतदातालाई मतदान गर्न निकै सहज हुने मतपत्र बनाएका छौं\', प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने, ‘जुन क्षेत्रमा जसको उम्मेदवारी परेको छ, त्यस्ता उम्मेदवारको मात्र चुनाव चिह्न राखेर मतपत्र बनाएका छौं ।\' आजको अन्नपूर्णमा खबर छ-मनाङ र मुस्ताङको प्रतिनिधिसभाका लागि कांग्रेस र एमालेका तर्फबाट मात्र उम्मेदवारी परेपछि ती क्षेत्रका मतपत्रमा कांग्रेस र एमालेका मात्र चुनाव चिह्न राखिएको छ । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका कारण सूर्य चिह्न भएको स्थानको मतपत्रमा माओवादी केन्द्रको चुनाव चिह्न गोलकारभित्रको हँसिया हथौडा छैन भने हँसिया हथौडा भएको मतपत्रमा सूर्य चुनाव चिह्न छैन । अघिल्ला निर्वाचनमा पट्यारलाग्दो लामो मतपत्रमा छाप लगाएका मतदाताका लागि अबको निर्वाचन मतपत्रका दृष्टिकोणले निकै सहज हुने आयोगको भनाइ छ । स्थानीय तह निर्वाचनमा पनि धेरै चुनाव चिह्न समेटिएको लामो र पट्यारलाग्दो मतपत्रको सर्वत्र आलोचना भएको थियो । छोटो र छरितो मतपत्रका कारण आगामी निर्वाचनको मतगणना पनि छिटो हुने तथा मतपत्र बदर कम हुने प्रमुख आयुक्त यादवको विश्वास छ । ‘अघिल्ला चुनावको परिणाम आउनै धेरै दिन लाग्यो भने बदर मतको संख्या पनि उच्च देखियो\', यादवले भने, ‘अबको चुनावमा त्यस्तो हुँदैन भन्ने हाम्रो विश्वास छ ।\' आयोगले सार्वजनिक गरेको पहिलो चरणको निर्वाचनको नमुना मतपत्रमा बाजुरा र मुगुको मतपत्र पनि निकै नै छोटो छ । यी दुई जिल्लाको प्रतिनिधिसभातर्फको मतपत्रमा ‘रूख, सूर्य र आँखा गरी तीन वटा मात्र चुनाव चिह्न छन्, ।\' प्रनिनिधिसभातर्फ सबैभन्दा ठूलो मतपत्र दोलखाको छ । दोलखाको मतपत्रमा १५ वटा चुनाव चिह्न छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ को मतपत्र मध्यम खालको छ । त्यस क्षेत्रको मतपत्रमा प्रतिनिधिसभातर्फ ९ वटा चुनाव चिह्न छन् । त्यसैगरी संखुवासभामा ११, खोटाङमा १०, रसुवामा ११, धादिङ २ मा ११, सिन्धुपाल्चोक १ मा १३, रामेछापमा १२, लमजुङमा ११ चुनाव चिह्नको मतपत्र बनेको छ । खोटाङ र सिन्धुपाल्चोक क्षेत्र २ को मतपत्रमा पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का मतदाता झुक्किने स्थितिमा छन् । ती क्षेत्रको मतपत्रमा ठीक तलमाथि गोलाकारभित्र हलो र आयातकारभित्र हलो चुनाव चिह्न छन् । राणा नेतृत्वको राप्रपाको चुनाव चिह्न गोलकारभित्र हलो र लोहनी नेतृत्वको राप्रपाको चुनाव चिह्न आयातकारभित्र हलो भएकाले मतदातालाई आफ्नो चिह्न छुट्याउन गाह्रो हुने देखिन्छ । प्रदेशसभा प्रत्यक्षतर्फ पनि मनाङका दुवै क्षेत्रको मतपत्र सबैभन्दा सानो छ । मनाङको प्रदेशसभा १ र २ को मतपत्रमा २÷२ वटा मात्र चुनाव चिह्न छन् । मनाङको प्रदेशसभा २ को मतपत्रमा रूख र स्वतन्त्र उम्मेदवारको बालक चुनाव चिह्न छन् । मुस्ताङको प्रदेशसभा १ मा दुई वटा मात्र चुनाव चिह्न छन् भने प्रदेशसभा २ को मतपत्रमा भने ४ वटा चुनाव चिह्न छन् । प्रदेशसभातर्फ बाजुराका दुवै प्रदेशसभामा ४÷४ वटा चुनाव चिह्न छन् । प्रतिनिधिसभातर्फ ७ वटा चुनाव चिह्नको मतपत्र बनेको म्याग्दीको प्रदेश १ को मतपत्र पनि निकै छोटो छ । यो क्षेत्रको मतपत्रमा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा र राप्रपाको गाई मात्र चुनाव चिह्न छन् । डोल्पाको प्रदेश १ र पूर्वीरुकुम जिल्लाको प्रदेश २, बैतडीको प्रदेश २ को मतपत्रमा पनि २ वटा मात्र चुनाव चिह्न छन् । प्रदेशसभातर्फ धादिङको प्रदेशसभा १ को मतपत्र सबैभन्दा ठूलो १७ चुनाव चिह्न समेटिएका छन् । प्रत्यक्षतर्फ सानो र छरितो मतपत्र भए पनि प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र भने ठूलो र पट्यारलाग्दो छ । समानुपातिकतर्फ प्रतिनिधिसभाको माथिल्लो र प्रदेशसभाको मतपत्र तल्लो भागमा छापिएकाले मतदाता झुक्किने अवस्था छन् । प्रतिनिधिसभाको समानुपातिकमा आयोगमा दर्ता भएका सबै ८८ दलको चुनाव चिह्न राखिएको भए पनि प्रदेशसभा समानुपातिकको मतपत्रमा भने ७ वटै प्रदेशको फरक-फरक छ । मतदान झन्झटिलो प्रत्यक्षतर्फको मतपत्र छोटो र छरितो भए पनि ३ वटा मतपत्रमा ४ वटा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रिया भने झन्झटिलो बन्ने देखिन्छ । मतदाताले पहिलो मतपत्र प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारलाई दिनुपर्छ । त्यो मतपत्र बाकसमा खसाइसकेपछि अर्को मतपत्र लिई प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारलाई दिनुपर्छ । त्यसपछि अर्को मतपत्र लिई प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारलाई मतदान गर्नुपर्छ । समानुपातिकको मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका समानुपातिक र तल्लो भागमा प्रदेशसभाका समानुपातिकका लागि मत संकेत गर्नुपर्छ । संविधानसभाका दुवै निर्वाचनमा २ वटा मतपत्रको प्रयोग गरेका मतदाताले यसपटक भने ३ वटा मतपत्रको प्रयोग गर्नुपर्नेछ । ‘आयोगका तर्फबाट हामीले मतदाता शिक्षामा निकै जोड दिएका छौं\', प्रमुख आयुक्त यादवले भने, ‘दलहरूले पनि मतदातालाई भोटिङ सिस्टमबारे यथेष्ट जानकारी गराउनुपर्छ ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE