Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

कहाँ बस्ला प्रदेशसभा ?

\"\"काठमाडाैं । निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढदै गएको छ। प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न नसकेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी काम सरकारले छिट्टै गर्ने बताए । आजको कान्तिपुरमा खबर छ-‘प्रदेशको राजधानी कहाँ रहन्छ भन्ने गृहकार्य भएको छ,’ उनले भने, ‘सरकारको विभिन्न च्यानलबाट सम्भावित स्थानमा रहेका पूर्वाधारबारे जानकारी लिने काम भइरहेको छ ।’ संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको सचिवालय गठनका लागि प्रदेशसभाको बैठक सञ्चालन हुनुपर्छ । बैठक सञ्चालनका लागि सचिवालय आवश्यक पर्छ । यस्तो कानुन बन्न प्रदेशसभाको अधिवेशन बस्नुपर्छ। प्रदेशसभा सचिवको नियुक्ति प्रदेशसभाका सभामुखको सिफारिसमा प्रदेश प्रमुखबाट हुनुपर्छ । संविधानको धारा १९५ अनुसार प्रदेशसभाको काम कारबाही सञ्चालन र व्यवस्थापनका लागि आवश्यक सचिवालयको व्यवस्था प्रदेश कानुनअनुसार हुनेछ। प्रदेशसभा गठन नहुँदासम्म उसको क्षेत्राधिकारमा पर्ने कानुन निर्माणको समेत जिम्मेवारी पाएको संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका संसदबाट सरकारले त्यससम्बन्धी कुनै कानुन नबनाई समय खेर फालेको थियो । संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कक्ष तयारीको गृहकार्य गरिरहेको संसद सचिवालयले प्रदेशसभा बैठक तयारीको कार्यक्षेत्र आफ्नो नभएको जनाएको छ। ‘सरकारले हामीलाई त्यस्तो केही भनेको छैन,’ संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘विज्ञताको दृष्टिले हामीले केही अवधारणा र अनौपचारिक अध्ययन गरे पनि तयारी थाल्ने निकाय हामी होइनौं ।’ सिंहदरबार नै सुनसान पारेर सरकारका अधिकांश मन्त्रीहरू (आफैं उम्मेदवार भएका कारण) आ–आफ्नो गृहक्षेत्रको चुनावी अभियानमा छन् । ‘म आफैं पनि चुनावी अभियानमै छु,’ पोखराबाट मन्त्री थापाले भने, ‘तर पनि प्रदेशको राजधानी, प्रदेश प्रमुख नियुक्ति जस्तो संवेदनशील विषयमा सरकार गम्भीर नहुने कुरै भएन ।’ स्रोतका अनुसार चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक पृष्ठभूमिका वरिष्ठ व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्ति गर्ने गृहकार्य गरेका छन् । ‘राजनीतिक नेताहरूको व्यवस्थापनमा सहयोग पुग्ने गरी प्रदेश प्रमुखको नियुक्ति हुन्छ,’ स्रोतले भन्यो । संसदीय मामिलामन्त्री थापाले भने प्रदेश प्रमुखमा क–कसलाई नियुक्त गर्ने भन्नेमा छलफल नभएको बताए । ‘व्यक्तिका विषयमा प्रवेश गरेका छैनौं,’ उनले भने, ‘प्रदेशको राजधानीलगायतका विषयमा गृहकार्य नगरी बस्ने कुरा छैन।’ प्रदेशसभाको दुई तिहाइले परिवर्तन गर्न सक्ने संवैधानिक व्यवस्था भए पनि तत्कालको मुकाम तोक्ने दायित्व सरकारको हो । सात प्रदेशमध्ये ४ नम्बरको राजधानी पोखरा भन्नेमा एक मत भए पनि बाँकी सबै प्रदेशको राजधानीबारे साना–ठूला विवाद छन्। संविधान जारी हुनुअघि अस्तित्वमा रहेका ५ विकास क्षेत्रका केन्द्रहरूमा पनि तत्कालै प्रदेशसभा र सचिवालय सञ्चालन गर्न मिल्ने बैठक कक्ष नभएको सरकारी अधिकारीहरू बताउँछन् । संघीय राजधानीमा समेत संसदको आफ्नै सभाहल छैन। संविधानसभायता नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको संसद् सचिवालयले त्यसैको पुन:संरचना गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालनको गृहकार्य गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE