Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

रोल्पाका पुनद्वयः कसले मार्ला बाजी ? यस्तो छ अंकगणित

\"\"रोल्पा । केन्द्रीय राजनीतिमा प्रभावशाली रहेका वर्षमान पुन \'अनन्त\' शान्ति प्रक्रियापछि पहिलो पटक गृह जिल्ला रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । पूर्व अर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता पुनसँग चुनावी प्रतिस्पर्धामा छन्, नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुन । यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका पुन वर्तमान सरकारमा सिंचाई राज्यमन्त्री छन् । पहिलो पटक चुनावी मैदानमा उत्रिएका चुनावी प्रचार तीव्र बनाएका छन् । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वर्षमान पनि चुनावी प्रचारमा छन् । अाजको अन्नपूर्णमा खबर छ-सबैतिर जिज्ञासा छ- माओवादीको गढ मानिने रोल्पामा कसले बाजी मार्ला ? ‘शान्ति प्रक्रियापछिका चुनावमा माओवादी केन्द्र एक्लो हुँदा पनि जितेको हो । वाम गठबन्धन भएपछि त जित पक्का भइसक्यो’, माओवादी केन्द्रका उम्मेदवार वर्षमान भन्छन, ‘मंसिर १० गते चुनाव भएर घोषणा हुन मात्र बाँकी हो । हाम्रो चिन्ता मतान्तर बढाउने मात्र हो ।’ कांग्रेस उम्मेदवार पुन पनि आफूले जित्नेमा ढुक्क रहेको दावी गर्छन् । वाम गठबन्धनबाट माओवादी र एमाले कार्यकर्तामात्र होइन, मतदाता पनि असन्तुष्ट रहेको दावी गर्दै उनी भन्छन्- \'अधिनायकवाद लाद्‍ने खतरा भएकाले हामीलाई मतदान गर्ने स्थिति बन्छ ।’ २०६४ को निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट माओवादी उम्मेदवार विजयी भएका थिए। क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\' ३४ हजार २२० मत ल्याएर विजयी भएका थिए भने क्षेत्र नम्बर १ बाट जयपुरी घर्तीले २६ हजार ५०५ मत ल्याई विजयी भएकी थिइन् । कांग्रेसका उम्मेदवारले पाएको मत करिब आधा कम थियो । २०७० को निर्वाचनमा पनि दुवै क्षेत्र माओवादी केन्द्रकै पोल्टामा परेको थियो । क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा विजयी भएका थिए भने क्षेत्र नम्बर २ मा निर्तमान सभामुख ओनसरी घर्ती विजयी भएकी थिइन् । दोस्रो संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनसम्म माओवादी केन्द्र र कांग्रेसको मतान्तर साँघुरिदै गएको छ । एमाले र कांग्रेसको मत बढ्दो क्रममा देखिन्छ भने माओवादीको घट्दो क्रममा । छिमेकी जिल्ला रुकुममा माओवादीले स्थानीय तहमा ‘क्लिन स्विप’ गरेपनि यहाँका १० स्थानीय तहमध्ये माओवादी केन्द्रले ७ स्थानीय तहमा जित हासिल गरेको छ । रोल्पा नगरपालिका सहित ६ गाउँपालिकामा माओवादी केन्द्र, एमाले २ र कांग्रेस १ गाउँपालिकामा विजयी भएका छन् । एक्लाएक्लै चुनावमा भाग लिदा यहाँ माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो दल बनेका थिए । एमाले र माओवादीबीच गठबन्ध भएकोले कांग्रेस ठूलो मतान्तरले पछि पर्ने दावी गर्छन्, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं चुनाव प्रचार संयोजक गोकुल घर्ती । ‘एमाले र माओवादी केन्द्रको स्थानीय तहको चुनावमा प्राप्त मत जोड्दा कांग्रेसको उम्मेदवार दोब्बर मतले हार्छन्’ घर्तीको आकलन छ । प्रदेशसभामा के होला ? प्रदेश सभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय कुलप्रसाद केसी र दीपेन्द्र कुमार पुन उम्मेदवार छन्। यता कांग्रेसबाट पार्टी सचिव शेरबहादुर महरा र खगेन्द्रप्रकाश हमाल उम्मेदवार छन् । निर्वाचन क्षेत्र ‘क’ मा केसी र महराको प्रतिस्पर्धा हुँदैछ भने ‘ख’ मा पुन र हमालको। प्रतिनिधिसभामा वर्षमान र अमरसिंहसहित ८ जना उम्मेदवार छन् भने प्रदेशसभामा केसी र महरासहित ९ तथा पुन र हमालसहित ८ जना उम्मेदवार छन् । यस्तो छ अंकगणित ७२ वडा रहेको रोल्पामा स्थानीय तहको चुनावमा माओवादी केन्द्रले ४८, कांग्रेसले ११, एमालेले ११ र स्वतन्त्रले २ वडा जितेका छन् । माओवादीले जितेको नगर र गाउँपालिकाका मत र प्रत्यसी बनेकाको मत संख्या ३३ हजार ६७४ छ। कांग्रेसले जितेको लुंग्री गाउँपालिकाको प्रमुखको मत र प्रत्यसी बनेका स्थानीय तहको मत जोड्दा २३ हजार २४७ हुन आउँछ । एमालेले १५ हजार ६४६ मत ल्याएको थियो । स्थानीय तहको चुनावमा माओवादी केन्द्र र एमालेले प्राप्त गरेको मत जोड्दा ४९ हजार ३२० हुन आउँछ। कांग्रेसलाई राप्रपासँगको तालमेलले राहत दिए पनि जितका लागि त्यो पर्याप्त छैन। राप्रपाको जिल्लाभरको मत १ हजार ५९० मात्र हो । राप्रपाबाट विभाजित दुई समूह अलग्गै मैदानमा छन् । वाम गठबन्धन र कांग्रेसको दोब्बर मतान्तरले मात्रै जितहारको निर्क्यौल गर्न गाह्रो छ किनभने स्थानीय चुनावयता करिब १० हजार मतदाता थपिएका छन् । जिल्लामा एक लाख २७ हजार ६२९ मतदाता छन् । यी मतदाताले आफ्ना प्रतिनिधि चयनका लागि मंसिर १० मा मतदान गर्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE