Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

प्रचण्ड भर्सेस विक्रम पाण्डेको रोचक भिडन्तः यसो भन्छन् प्रचण्ड र पाण्डे

\"\"चितवन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्थामन्त्री थिए । एउटै मन्त्रिमण्डलमा रहेर काम गरेका प्रचण्ड र पाण्डे अहिलेको निर्वाचनमा आमनेसामने छन् । प्रतिनिधिसभा सदस्यका लागि दाहाल र पाण्डेबीचको प्रतिस्पर्धा चर्चामा छ । संविधानसभा निर्वाचनमा रोल्पा, काठमाडौं, सिरहाबाट उठेका प्रचण्ड यसटक गृहजिल्ला चितवनको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवार हुन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उनले प्रचार अभियान तीव्र पारेका छन् । उम्मेदवारी दर्ताका लागि आउँदा उनी चार दिन चितवन बसे । अाजको अन्नपूर्णमा खबर छ-प्रचण्डले पहिलो चरणमा शिवनगर, जगतपुर, देवनगर र माडीको कार्यक्रममा पुगे। चुनावी प्रचारका क्रममा उनले जिल्ला नेतासँग चुनावी माहोल नजिकबाट बुझेका छन् । प्रचण्डलाई वन तथा भूसंरक्षणमन्त्री पाण्डेले चुनावी मैदानमा चुनौती दिएका छन् । राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष पाण्डे लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् । उनले पनि मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयत्न थालिसकेका छन् । प्रचण्डलाई जिताउन एमाले र पाण्डेलाई जिताउन कांग्रेस कार्यकर्ता लागिपरेका छन् । निर्वाचन प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग बढी देखिएको छ । प्रचण्डका लागि सबैभन्दा बढी चुनौती कांग्रेस कार्यकर्ता देखिएका छन् । यसअघि कांग्रेससँग गठबन्धनको मत पाएर प्रचण्डपुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी थिइन् । मेयरमा जितेपछि वाम गठबन्धन गरेको भन्दै कांग्रेस कार्यकर्ता माओवादीसँग रुष्ट छन् । सोही क्षेत्रअन्तर्गत पर्ने माडीको बाँदरमुढे घटनाका कारण पनि माओवादीले आलोचनाको सामना गर्नुपरेको छ । सशस्त्र द्वन्द्वकालमा माओवादीले सार्वजनिक बसमा बम प्रहार गर्दा ३९ जनाको ज्यान गएको थियो। उनले माडी पुगेर द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भन्दै माफीसमेत मागे । आफूले निर्वाचन जिते विकासको लहर ल्याउने प्रतिबद्धता उनको थियो । माडीमा सुरुङ मार्ग र आकाशे पुलमध्ये एउटा बनाएर चितवन राष्ट्रिय निकुञ्जमा आवतजावत गर्न सहज बनाउने आश्वासन पनि बाँडे । ‘जित्न सकिने जिल्लाबाट निर्वाचन लड्न अनुरोध आएको थियो’, उनले भने, ‘यहाँका जनताको समस्या सम्बोधनका लागि नेतृत्व लिन चितवन आएको हुँ ।’ पाण्डेले पनि चुनावी कार्यक्रमलाई तीव्र पारेका छन् । आफूले धोका नदिने भन्दै उनी कांग्रेस कार्यकर्ता लिएर चुनावी मैदानमा छन् । ‘म यो भूमि र यहाँका जनतासँग भिजेको छु’, उनले भने, ‘मलाई सबैले चिनेका छन्, विकास र जनताको माया नै मेरो जितको आधार हो ।’ क्षेत्र नम्बर ३ मा एक लाख २५ हजार आठ सय २३ मतदाता छन् । प्रचण्ड र पाण्डेसहित १४ जना उम्मेदवार छन् । यीमध्ये ६ जना स्वतन्त्र उम्मेदवार हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE