Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जलवायु परिवर्तनको भयावह परिणाम हुने

\"\"अमेरिकी सरकारी वैज्ञानिकहरुले तयार पारेको एउटा बृहत् अध्ययन प्रतिवेदनले भनेको छ- \'मानवीय गतिविधि\'ले नै तीव्र गतिमा जलवायु परिवर्तन निम्त्याइरहेको हुनसक्छ ।

सो अध्ययन प्रतिवेदनको निष्कर्षले प्यारिस सम्झौताबाट बाहिरिने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बेवास्ता गर्दै अमेरिका र विश्वका लागि जलवायु परिवर्तनको भयावह परिणाम हुने उल्लेख गरेको छ । उक्त अध्ययन प्रतिवेदनको निचोड जलवायु परिवर्तनका कुरा चिनियाँ झुट भएको भन्ने राष्ट्रपति ट्रम्पको भनाईसँग पनि विपरीत देखिएको छ । \'द क्लाइमेट साइन्स स्पेशल रिपोर्ट\' लाई ह्वाइट हाउसले अनुमोदन गरेको हो तर अध्ययन प्रतिवेदनको निष्कर्ष जलवायु परिवर्तनसम्बन्धी राष्ट्रपति ट्रम्पको धारणासँग मिल्दैन । तर एउटा वक्तव्यमा ह्वाइट हाउसले भनेको छ- उसले \'सशक्त वैज्ञानिक विश्लेषण र बहसलाई सहयोग गर्दै आएको\' छ । अध्ययन प्रतिवेदन ५०० पृष्ठको रहेको छ र त्यसको निष्कर्ष छ- यो आधुनिक सभ्यताको इतिहासमै सबैभन्दा बढी गर्मी भएको समय हो । खासगरी हरित गृह ग्यास उत्सर्जन जस्ता मानवीय गतिविधि नै जलवायु परिवर्तनको प्रमुख कारण भएको जस्तो देखिएको प्रतिवेदनले जनाएको छ । अध्ययन प्रतिवेदनले भनेको छ, \"यो भन्दा चित्तबुझ्दो अर्को कुनै वैकल्पिक व्याख्या रहेको छैन ।\" वैज्ञानिकहरु भन्छन्, \"यो शताब्दीको अन्त्यसम्ममा विश्वव्यापी समुद्री सतह ८ फीट जतिले बढ्ने सम्भावनालाई नकार्न सकिंदैन ।\" खडेरी र बाढीको जोखिम बढ्ने तथा डढेलो एवं विनाशकारी आँधीहरु प्रायः आइरहने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । जलवायु परिवर्तनका कुराहरु झुटा भएको भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई प्यारिस सम्झौताबाट अलग पारिसकेका छन् । उनको कदमले प्रदूषण फैलाउन उद्योगहरुलाई सहज तुल्याएको बताइन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending