Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

चुनावी प्रचारमा सरकारी गाडीको प्रयोग, को–को हुन् गाडी फिर्ता नगर्ने सांसद ?

\"\"काठमाडौं  । निवर्तमान भइसकेका केही सांसदले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरुपयोग गरिरहेको भेटिएको छ । नागरिक दैनिकमा खबर छ–निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन्। निवर्तमान सभामुख ओनसरी घर्तीमगर र निवर्तमान उपसभामुख गंगाप्रसाद यादव सुविधाबापत पाएको गाडी फिर्ता नगरी त्यसैमा चढेर चुनाव प्रचारका लागि गृहजिल्लातर्फ लागेका छन् । संसद्का १३ वटा समितिका निवर्तमान सभापतिमध्ये ९ जनले पनि गाडी फिर्ता गरेका छैनन् । उनीहरुले निर्वाचन प्रचारमा गाडी दुरुपयोग गरेको पाइएको छ । पाँचजना प्रमुख सचेतक तथा तीनजना सचेतकले पनि सवारीसाधन फिर्ता गरेका छैनन् । संसदको कार्यकालभित्र संसद् सचिवालयबाट सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, प्रमुख सचेतक, सचेतक गरी २६ जनालाई सवारीसाधन दिइएको थियो । सचिवालयको रेकर्डमा ७ जनाले मात्र सवारीसाधन बुझाएको देखिन्छ। निवर्तमान भइसकेका केही सांसदले पदाधिकारीको हैसियतमा प्राप्त गाडी अझै फिर्ता गरेका छैनन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ७ को उपदफा ३ बमोजिम पदावधि सकिएको सात दिनभित्र पदाधिकारीको हैसियतले प्रयोग गरेका सवारीसाधन बुझाउनुपर्ने हुन्छ । संसद्को पदावधि सकिएको ११ दिन बितिसकेको छ । सवारीसाधन समयमा नबुझाएपछि संसद् सचिवालयले एसएमएसमार्फत सम्बन्धित व्यक्तिलाई जानकारी पठाएको सवारी शाखाका प्रमुख नेत्रबहादुर कार्कीले बताए। अर्थ समितिका प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका भीष्मराज आङदेम्बे, कृषि तथा जलस्रोत समितिका मोहनप्रसाद बराल, विधायन समितिका गंगा चौधरी सत्गौवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिकी रञ्जुकुमारी झा, सामाजिक न्याय तथा मानव अधिकार समितिका सुशीलकुमार श्रेष्ठ, सार्वजनिक लेखा समितिका डोरप्रसाद उपाध्याय, सुशासन तथा अनुगमन समितिका मोहनसिंह राठौर र संसदीय सुनुवाइ विशेष समितिका कुलबहादुर गुरुङले सभापतिको हैसियतमा पाएका गाडी फिर्ता गरेका छैनन्। प्रमुख सचेतकका रुपमा कांग्रेसका चीनकाजी श्रेष्ठ, माओवादी केन्द्रकी रेखा शर्मा, नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्रप्रसाद चौधरी, राष्ट्रिय जनता पार्टीका जंगीलाल राय यादव र राप्रपाकी कुन्तीकुमारी शाहीले पनि सुविधाबापत पाएका गाडी फिर्ता गरेका छैनन् । शाही हाल सहरी विकास राज्यमन्त्री छन् । सवारीसाधन फिर्ता नगर्ने प्रमुख दलका सचेतकमा कांग्रेसकी ईश्वरी न्यौपाने, एमालेका गोकुल घर्तीमगर र माओवादी केन्द्रकी सीता नेपाली छन्।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE