Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

गठबन्धनमा सिट बाँडफाँटको टुंगो आज,क–कस्ले पाउलान् टिकट

\"\"काठमाडौं । नेपाली कांग्रेसले बिहीबार लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूसँग सिट बाँडफाँट टुंगो लगाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको संसदीय समिति बैठकले गठबन्धनमा आबद्ध दलसँग छलफल गरेर सिट संख्या बाँडफाँटपछि मात्रै पार्टीका तर्फबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो। गठबन्धनमा आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का साथै राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमसँग कांग्रेसले बिहीबार छलफल गर्ने भएको छ । ‘गठबन्धनमा रहेका दलसँग भोलि पार्टीले छलफल गर्नेछ,’ कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले भने, ‘अन्य दलसँग केकस्तो सहमति हुन्छ, त्यसैअनुसार पार्टी अघि बढ्छ ।’ गठबन्धनमा आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का साथै राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमसँग कांग्रेसले बिहीबार छलफल गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग बुधबार पनि छलफल गरेको कांग्रेसले राजपा र संघीय समाजवादी फोरमसँग पनि कुरा गर्ने तयारी गरेको थियो । नागरिक दैनिकमा खबर छ– तर, संघीय फोरमले आन्तरिक बैठकमा रहेको जनाउँदै बिहीबारमात्र बैठक गर्ने जानकारी कांग्रेसलाई गराएको थियो । फोरमले बिहीबार बैठकमा बस्ने जनाएपछि राजपाले पनि सँगै छलफलमा सहभागी हुने जबाफ कांग्रेसलाई दिएको एक नेताले जानकारी दिए । ‘फोरमले फुर्सद मिलेन, भोलि आउँछौं भनेपछि राजपाले पनि हामी सँगै आउँछौं भन्ने जवाफ पठायो,’ कांग्रेसका एक नेताले भने, ‘अब ढिला गरेर हुँदैन, जे गर्ने हो टुंगो लगाएर जाने पार्टीको निष्कर्ष छ ।’ राजपा र संघीय फोरमले प्रदेश नम्बर २ मा धेरै सिटका लागि बार्गेनिङ गरेको कांग्रेसको बुझाइ छ । ‘जसको जहाँ जित्ने सम्भावना छ, त्यसलाई एकअर्काले सहयोग गरेर जाने भन्ने हो,’ बैठकमा सहभागी एक नेताले भने, ‘होइन, यति नै चाहिन्छ भन्नु मिल्न नखोज्नु हो ।’ राजपा र संघीय फोरमले कांग्रेससँग प्रदेश २ मा रहेका ३२ निर्वाचन क्षेत्रमध्ये २४ आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएका छन्। त्यस्तै कांग्रेसले दुवै राप्रपासँग मोटामोटी सिट संख्या र क्षेत्र टुंगो लगाएको स्रोतको दाबी छ । दुवै राप्रपाले पाँचदेखि सात निर्वाचन क्षेत्र पाउनेगरी छलफल भइरहेको एक नेताले जानकारी दिए । ‘प्रतिनिधिसभामा थोरैमा पाँच र धेरैमा सातसम्म एउटा राप्रपाले पाउनेछ,’ स्रोतले भन्यो, ‘भोलि (बिहीबार( यसबारे टुंगो लाग्छ।’ कांग्रेसले दोस्रो चरणमा हुने निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनोटका विषयमा सैद्धान्तिक छलफल सुरु गरेको छ । उम्मेदवार छनोटका लागि सैद्धान्तिक आधारसहित परिणाम आफ्नो पक्षमा कसरी पार्न सकिन्छ भनेर रणनीति बनाउन लागिपरेको कांग्रेसले पश्चिमका जिल्लाबाट व्यक्तिव्यक्तिका विषयमा छलफल थालेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE