Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

मनाङेलाई बनायो एमालेले उममेदवार

\"\"पोखरा । एमाले मनाङकी उम्मेदवार खण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छिन् । लामाको उम्मेदवारी फिर्ता भएपछि एमालेको समर्थन स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजीव गुरुङलाई हुने भएको छ । नागरिक दैनिकमा खबर छ–मनाङेलाई सहज हुने गरी एमालेले लामाको उम्मेदवारी फिर्ता गराएको हो। मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार लामाको उम्मेदवारी फिर्ता भएको बताए । ‘एमालेकी उम्मेदवार खण्डाको उम्मेदवारी फिर्ता भएको छ,’ ढकालले भने, ‘अब स्वतन्त्र उम्मेदवार राजीव (दीपक मनाङे) कांग्रेसका कर्मा गुरुङबीच प्रतिस्पर्धा हुनेछ।’ एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि पछि विरोध भएपछि सट्टामा खण्डालाई अगाडि सारेको थियो । खण्डालाई अगाडि सारे पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका मनाङेलाई समर्थन गर्ने एमालेको पूर्वतयारी नै थियो । त्यही तयारीअनुुसार एमालेले उम्मेदवारी फिर्ता गराएको हो । एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि विवाद हुँदा अन्तिम समयमा खण्डालाई उम्मेदवार चयन गरेको थियो । आपूmलाई टिकट नदिएपछि मनाङेले प्रदेशसभा ९ख० बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिए पनि खण्डालाई फिर्ता गराएर मनाङेलाई नै आधिकारिक उम्मेदवार बनाउने एमालेको तयारी थियो । एमाले मनाङका अध्यक्ष पोल्देनछोपाङ गुरुङले खण्डाको उम्मेदवारी फिर्ता भएकाले एमालेको समर्थन मनाङेलाई हुने बताए । ‘हाम्रो उम्मेदवार नै अब मनाङे हुन् । स्वतन्त्रबाट उम्मेदवारी दिए पनि एमालेले फिर्ता गराएपछि समर्थन स्वतन्त्रलाई हुनेछ,’ उनले भने, ‘स्वतन्त्र उम्मेदवारलाई भरपूर सहयोग हुनेछ ।’ मनाङे र खण्डा एकै परिवारभित्रका भएकाले दुवैजनालाई उम्मेदवार बनाउन उपयुक्त नभएकाले खण्डाको उम्मेदवारी फिर्ता गराएको उनले बताए। ‘एकै परिवारभित्रका दिदीभाइबीच चुनावी प्रतिस्पर्धा उपयुक्त लागेन । त्यही भएर हामीले दिदीलाई फिर्ता ल्यायौं,’ उनले भने । उनका अनुसार दिदी खण्डाले भाइ मनाङेलाई सहयोग हुने गरी उम्मेदवारी फिर्ता लिन चाहेकी थिइन् । मनाङमा अहिलेसम्म एमालेले प्रतिनिधिसभामा निर्वाचन जितेको छैन । ‘एमालेले अहिलेसम्म मनाङमा कहिल्यै जित्न सकेको छैन । यसपटक स्वतन्त्र उम्मेदवारलाई सघाएर भए पनि जिताउने पहलमा छौं,’ उनले भने, ‘एमालेको गठबन्धन अब स्वतन्त्र उम्मेदवारसँग हुनेछ।’ एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि पछि विरोध भएपछि सट्टामा खण्डालाई अगाडि सारेको थियो । खण्डालाई अगाडि सारे पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका मनाङेलाई समर्थन गर्ने एमालेको पूर्वतयारी नै थियो । त्यही तयारीअनुुसार एमालेले उम्मेदवारी फिर्ता गराएको हो। स्वतन्त्र उम्मेदवार बनेका मनाङेले एकै परिवारभित्रका दिदीभाइ फरक उम्मेदवार हुन नसक्ने बताए । उनले दिदीले फिर्ता लिएपछि आपूmलाई निर्वाचनमा सहज भएको बताए । ‘मनाङमा दलभन्दा पनि परिवारको राजनीति हेरिन्छ । जसको परिवार ठूलो छ, उसका धेरै भोट हुने भएकाले जित्ने पनि त्यही उम्मेदवार हुन्छ,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE