Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

नेपाललाई चिनियाँ राष्ट्रपति सी चिनफिङको यस्तो संदेश

\"\"काठमाडौं । आफ्नो उत्तराधिकारी तोक्ने परम्परा तोड्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार दोस्रो कार्यकालका लागि राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिआई) को महासचिव चुनिएपछि विश्व राजनीति तरंगित बनेको छ । नागरिक दैनिकमा खब छ– सिपिआईको बुधबार सम्पन्न १९ औं सम्मेलन ९कंग्रेस० ले राष्ट्रपति सीको विचारलाई पार्टीको विधानमै उल्लेख गर्ने निर्णय गरेपछि उनलाई अन्तर्राष्ट्रिय मिडियाले माओत्सेतुङपछिका चिनियाँ शक्तिशाली नेताका रुपमा चित्रण गर्न थालेका छन्। चिनियाँ राष्ट्रपतिले दुई कार्यकाल (५÷५ वर्ष) शासन गर्छन् । राष्ट्रपतिले पहिलो कार्यकाल सकेर दोस्रो सुरु गर्दा आफ्नो उत्तराधिकारी तोक्ने चिनियाँ परम्परा छ । तर यसपटक राष्ट्रपति सीले दोस्रो कार्यकाल सुरु गर्नलाग्दा उत्तराधिकारी नतोकेपछि उनले लामो समय शासन गर्ने अनुमान गर्न थालिएको छ । यसले विश्व राजनीतिलाई तरंगित त पारेको छ नै सँगसँगै ‘चिनियाँ युग’ को सुरुवात भएको विश्लेषण गर्न थालिएको छ। राष्ट्रपति सी चिनफिङले लिएका नीतिले दोस्रो कार्यकालमा पनि निरन्तरता पाउने हुँदा चीनसँगका समझदारीलाई नेपालले गम्भीर रुपमा अघि बढाउनुपर्छ । भेषबहादुर थापा, कूटनीतिज्ञ ‘परम्परा तोड्दै चिनियाँ कम्युनिस्ट पार्टीले सीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ, त्यो अपेक्षित परिवर्तन नै हो,’ पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा भन्छन्, ‘राष्ट्रपति सी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली भएर आउनुभएको छ ।’ चीनको परिवर्तनलाई नजिकको छिमेकीका नाताले नेपालले गम्भीर रुपमा अध्ययन गरी उपयुक्त नीति लिनुपर्ने थापाको धारणा छ । खासगरी चीनको नीति र प्रगतिलाई अध्ययन गरी नेपालले फाइदा लिनुपर्ने उनले बताए । सीले पहिलो कार्यकालमा लिएका नीतिले दोस्रो कार्यकालमा पनि निरन्तरता पाउने हुँदा चीनसँग भएका समझदारीलाई नेपालले गम्भीर रुपमा अघि बढाउनुपर्ने उनी बताउँछन्। ‘चीनसँग जे–जति समझदारी भएका छन् ती सीको दोस्रो कार्यकालमा द्रुत रुपमा अघि बढ्छन् भन्ने मेरो विश्वास छ,’ थापाले भने । चिनियाँ राष्ट्रपति सीले आफ्नो पहिलो कार्यकालमा महŒवाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर) लाई अघि बढाएका हुन् । एसिया, युरोप र अमेरिकालाई रेल, सडक, हवाई र जल मार्गबाट जोड्ने महत्वाकांक्षी परियोजनालाई सीले दोस्रो कार्यकालमा झन् प्रभावकारी रुपमा अघि बढाउने विश्वास थापाको छ। ‘हामीले ओबिओआरमा प्रतिबद्धता मात्र जनाएका छैनौं, एक फ्रेमवर्क समझदारीपत्रमा हस्ताक्षरसमेत गरिसकेका छौं। अब यसको कार्यान्वयनलाई अघि बढाउने हो । हामीले कसरी फाइदा लिने भन्ने योजना हामीले नै बनाउनुपर्छ,’ थापाले भने । सिपिआईको १९ औं सम्मेलनमा राष्ट्रपति सीले गरेको भाषण र छलफल भएका विषयलाई नेपालले गम्भीर रुपमा विश्लेषण गर्नुपर्ने थापा बताउँछन् । थापाले थप स्पष्ट पारे, ‘सम्मेलनलाई सम्बोधन गर्दा चिनियाँ राष्ट्रपति सीले छिमेकीको प्रगतिलाई सँगसँगै अघि बढाउने बताउनुभएको छ । यसले के देखाउँछ भने चीन छिमेकीको विकासमा पनि सहभागी हुँदै घनिष्ठता बढाउन चाहन्छ । यसलाई हामीले बुझ्न जरुरी छ।’ सीले पहिलोपटक सन् २०१२ मा राष्ट्रपतिको कार्यभार समालेका हुन् । बुधबार सम्पन्न सिपिआईको १९ औं कंग्रेसले सीलाई दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति चुनेको हो । कंग्रेसले सीको धारणालाई सिपिआईको विधानमा ‘सी चिनफिङ विचारधारा’ भनेर राख्ने निर्णय समेत गरेको छ । सिपिआईले पार्टी विधानमा माओपछि सीको धारणालाई समेटेको हो। ‘चीनमा सी चिनफिङ युग सुरु भएको छ । यसलाई चिनियाँ युगको सुरुवातका रुपमा बुझ्दा पनि हुन्छ,’ चीनका लागि नेपालका पूर्वराजदूत महेश मास्केले भने, ‘पार्टी विधानमा ९संविधानमा० राष्ट्रपतिको मार्ग निर्देशन विचार समेटिनु निकै महŒवपूर्ण कुरा हो । सर्वसम्मत रुपमा उनको विचार समेटिनुले चीनमा राष्ट्रपति सी धेरै शक्तिशाली भएको देखिन्छ ।’ मास्केको विचारमा चीन सीको विचारमा गोलबद्ध भएको छ । अबको पाँच वर्षमा सीले उठाएका मुद्दाले चिनभित्र र बाहिर उच्च महत्व पाउने उनको विश्लेषण छ । चीनमा सीको उदयले नेपाल नीतिमा फरक नपार्ने विश्वास मास्केको छ । चीनसँगको सहकार्यलाई घनिभूत बनाउनुपर्ने उनी बताउँछन्। खासगरी नेपालले चीनसँगको सम्बन्धमा तीन कुरामा ध्यान दिनुपर्ने मास्केको भनाइ छ । पहिलो, छिमेकीको प्रगतिलाई पनि सँगै अघि बढाउने नीति अनुरुप चीनले ओबिओआर ल्याएकाले यसलाई नेपालले गम्भीर रुपमा लिनुपर्छ । दोस्रो, चीनसँग भएका सन्धिसम्झौता नेपालले कार्यान्वयन गर्नुपर्छ र तेस्रो, त्रिदेशीय (नेपाल, भारत र चीन) सहकार्यमा चीनको चासो रहेकाले नेपालले यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। ‘नेपालका लागि अवसर नै अवसर छन् । हामीले हाम्रो हितमा के–के छन् त्यो पहिला पहिचान गर्न सक्नुपर्छ । त्यसपछि सहकार्यका लागि चीनसँग हात मिलाउने हो,’ मास्केले भने । चीनले आर्थिक कूटनीतिलाई प्राथमिकता दिएकाले नेपालले पनि सोहीअनुसार नीति बनाउनुपर्ने उनी बताउँछन्। प्रधानमन्त्री शेरबहादुर देउवाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई राष्ट्रपति सीको दोस्रो कार्यकालमा नेपाल र चीनबीचको सम्बन्ध थप मजबुत हुने बताउँछन् । उनी भन्छन्, ‘चीन हाम्रो नजिकको छिमेकी हो, विश्वासिले मित्र हो र विकास साझेदार पनि हो । नेपालले चीनसँगको सम्बन्धलाई महŒव दिन्छ र दिएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE