Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

हुलाकको लगानी बालुवामा पानी

\"\" काठमाडौं । प्रविधिको विकाससँगै कामविहीन बनेको हुलाक सेवामा सरकारी लगानी बालुवामा पानी भएको छ। सरकारले हुलाक सेवा सञ्चालनका लागि ६ अर्ब खर्च गर्दै आएको छ। अन्नपूर्णपोष्टमा खबर छ–‘सेतो हात्तीु जस्तै बनेको हुलाक सेवामा २० हजार कर्मचारी हाजिर गर्न र तलब थाप्नका लागि मात्र कार्यालय जाने गरेका छन्। कतिपयले त एकैपटक हाजिर गरी तलब लिने गरेका छन्। हुलाक सेवामा दुई सहसचिव, १८ उप–सचिव, प्रत्येक जिल्ला कार्यालयमा एक शाखा अधिकृतसहित अन्य विभिन्न कार्यालयमा ९५ शाखा अधिकृत गरी २० हजार कर्मचारी कार्यरत छन्। यी कर्मचारी नौ हजार आठ सय अतिरिक्त हुलाक कार्यालयअन्तर्गत कार्यरत छन्। चिठीपत्र आदानप्रदानको काम नभए पनि ती कर्मचारीले मासिक ६ हजार तलब बुझ्दै आएका छन्। १० वर्षअघिदेखि सरकारले उनीहरूलाई काम दिन नसके पनि बिदा गर्नेतर्फ केही काम चालेको छैन। सुन्धाराकै गोश्वारा हुलाकका धेरै कोठामा माकुराले जालो बनाएको छ। कुनै बेला देश-परदेशका चिठीपत्र आदान प्रदानमा व्यस्त हुलाकका कर्मचारीले अहिले सरकारी कागजपत्र मात्र ओसार्छन्। सन् २००५ मा सात करोड ८५ लाख ५२ हजार एक सय तीन वटा घरेलु चिठी बोकेको हुलाकले सन् २०१६ मा तीन करोड ४५ लाख ४७ हजार सात सय ५९ वटा सरकारी चिठी मात्रै आदानप्रदान गरेको छ। यो अवधिमा विदेशमा पठाउने मेलसमेत सवा ६ करोडबाट घटेर पौने चार करोडमा सीमित छ। इन्टरनेटको विकाससँगै चिठीपत्र आदान प्रदानको युग सकियो। हुलाकको मुख्य आम्दानी टिकट बिक्री हो। वर्षमा अहिले हुलाकले ६ करोड दुई लाख ९१ हजारको टिकट बेच्दै आएको छ। सरकारी कागज पत्रमा टिकट टास्नै पर्ने भएकाले हुलाक टिकटको खोजी हुने गरेको छ। ‘चिठीपत्रको स्थान इमेल, फेसबुकले लिएपछि यो हुलाक युगकै अन्त्य भयोु, विभागका राजन पौडेलले भने, ‘अहिले हुलाक कार्यालयका कर्मचारीले गाउँ गाउँसम्म चिठी पुर्‍याउनु पर्दैन। फेसबुकको प्रचलन बढेपछि चिठी लेख्ने चलनै हरायो। सर्वसाधारणको काम नआए पनि हामीले सरकारी चिठीपत्र आदान प्रदान गरेका छौं। ‘अहिले हुलाकमार्फत चिठी कसैले पठाउँदै, पार्सल सेवा भने राम्रो गर्न सकिन्छु, उनले भने। हुलाकलाई हुलाक वस्तु आदान प्रदानका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापारलाई सहजता दिलाउने माध्यमका रूपमा प्रयोग गर्नु नै अहिलेको पहिलो सर्त भएको पौडेल बताउँछन्। सञ्चार मन्त्रालयका सहायक प्रवक्ता संगीता ओझाले हुलाकको उपादेयता सकिएपछि प्राधिकरण बनाउने निर्णय भएको बताइन्। उनले भनिन्, ‘यसका लागि ऐन बनाउने प्रक्रिया थालिएको छ। हुलाकले रेमिटेन्सको कामसहित स्थानीय निकायको काममा सहजीकरण गर्ने सोच अगाडि सारेका छौं। यसो भयो भने ग्रामीण क्षेत्रमा पनि हुलाकको महत्व फेरि बढ्नेछ।ु
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE