Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

धेरै बागिको उम्मेदवारी फिर्ता, हेलिकोप्टर चार्टर गरेर पुगे उम्मेदवार

\"\"रुकुम : प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाले उम्मेदवारी फिर्ता लिएका छन् । टिकट वितरणप्रति असन्तुष्ट हुँदै बागी उम्मेदवार दिएका माओवादी केन्द्रका दुई नेताले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका तेजेन्द्र खाममगर र प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका पुणिराज घर्तीले उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरूले लामो समयदेखि पिछडिएको क्षेत्रलाई उपेक्षा गरेर पार्टीले टिकट बाँडेकाले उम्मेदवारी दर्ता गरेको बताएका थिए । वाम गठबन्धनअनुसार रुकुम पूर्वका सबै सिट माओवादीलाई परेको थियो । तर, असन्तुष्ट खाममगर र घर्तीले बागी उम्मेदवारी दिएपछि फिर्ता गराउन पार्टी लागेको थियो । बझाङ : एमालेका दुईजना बागीले उम्मेदवारी फिर्ता लिएका छन् । गोपालबहादुर खड्का र शेरबहादुर बोहराले उम्मेदवारी फिर्ता लिएका हुन् । नेताहरूले आफूनिकटलाई टिकट दिएको भन्दै खड्काले प्रतिनिधिसभा र बोहराले प्रदेश सभा (क) मा उम्मेदवारी दिएका थिए । टिकट वितरणमा पूर्वमन्त्री भानुभक्त जोशी र जिल्ला अध्यक्ष दिलबहादुर सिंहलगायत पनि असन्तुष्ट थिए । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि एमाले केन्द्रीय सदस्य भैरबहादुर सिंह र कांग्रेसका पृथ्वीबहादुर सिंह प्रतिस्पर्धामा छन् । प्रदेशतर्फ एमालेका अर्जुनबहादुर थापाले (क) र माओवादी केन्द्रका तर्फबाट देवकी मल्ल (थापा)ले (ख) मा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट प्रदेश सभा (क) लागि चन्द्रा जोशी र (ख) मा पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । लमजुङ : प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय लमजुङका अनुसार प्रतिनिधिसभामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बाट उम्मेदवारी दर्ता गराएका चन्द्रबहादुर गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का दुई उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश ‘क’बाट बजिरमान गुरुङ र प्रदेश ‘ख’बाट रमेशराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभा र प्रदेश सभाका लागि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले जनसमाजवादी पार्टी नेपाललाई समर्थन गर्ने भएको छ । बाग्लुङ : जिल्लामा वाम गठबन्धनविरुद्ध बागी बनेकाहरूले उम्मेदवारी फिर्ता लिएका छन् । बाग्लुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका गंगा थापा, पूर्णबहादुर पौडेल क्षेत्री र क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका धनबहादुर विक र प्रदेश सभा (ख)मा उम्मेदवारी दर्ता गराएका दधिराम शर्माले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । एमाले, माओवादी र राष्ट्रिय जनमोर्चा संयुक्त वाम गठबन्धन बनाएर चुनावी मैदानमा छन् । गोरखा : प्रतिनिधिसभाका लागि गोरखा–२ मा उम्मेदवारी दिएका संघीय समाजवादी फोरम र सोही क्षेत्रको प्रदेश सभा ‘क’ मा उम्मेदवारी दिएको राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई समर्थन गर्ने बताउँदै संघीय फोरमका सुकदेव तामाङले उम्मेदवारी फिर्ता लिएका हुन् । राप्रपा प्रजातान्त्रिका रुद्रराज पाण्डेले पनि उमेदवारी फिर्ता लिएका छन् । नयाँ शक्तिको प्रदेश सभा उम्मेदवारलाई सघाउने भन्दै उनले उम्मेदवारी फिर्ता लिएको बताएका छन् । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा नयाँ शक्तिबाट हरिशरण आचार्य उम्मेदवार छन् । संखुवासभा : जिल्लाका तीनजना बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । एकजनाले भने उम्मेदवारी फिर्ता लिएनन् । कांग्रेसका तीनजना बागीले मात्रै उम्मेदवारी फिर्ता लिएका हुन् । वाम गठबन्धनका एकजना बागीले भने उम्मेदवारी फिर्ता लिएनन् । प्रतिनिधिसभाका लागि कांग्रेसका बागी उम्मेदवार बालकुमार राई, प्रदेशसभा ‘क’का उम्मेदवार मुक्तिसिंह राई र ‘ख’का उम्मेदवार जीवनकुमार राईले उम्मेदवारी फिर्ता लिएका हुन् । वाम गठबन्धनविरुद्ध एमालेका बागी उम्मेदवार डा. गुप्तबहादुर श्रेष्ठले भने उम्मेदवारी फिर्ता लिएनन् । जिल्लामा कांग्रेसबाट प्रतिनिधिसभाका लागि दीपक खड्का र प्रदेश सभा ‘क’मा टंकप्रसाद राई र ‘ख’मा दीपककुमार लिम्बू उम्मेदवार रहेका छन् भने एमाले (वाम गठबन्धन)का तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र गौतम र प्रदेश सभा ‘क’मा माओवादीका पूर्णप्रसाद राई र ‘ख’ मा एमालेका तुलसी न्यौपाने रहेका छन् । जाजरकोट : जाजरकोटमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार गोविन्दविक्रम शाहसमेत छन् । उनी एमाले नेता हुन् । यसबाट वाम गठबन्धनबाट उम्मेदवारी दिएका पूर्वगृहमन्त्री एवं माओवादी नेता शक्तिबहादुर बस्नेतलाई केही सहज भएको छ । शाहले केन्द्रको निर्देशनअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् । प्रदेश सभा (ख) बाट उम्मेदवारी दिएका माओवादीका नरबहादुर कार्कीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश (क) बाट उम्मेदवारी दिएका एमालेका नीरज आचार्यले पनि उम्मेदवारी फिर्ता लिएका छन् । वाम गठबन्धनबाट प्रतिनिधिसभामा माओवादीका शक्ति बस्नेत, प्रदेश (क) मा माओवादीकै गणेशप्रसाद सिंह र प्रदेश (ख) मा एमालेका करवीर शाही उम्मेदवार बनेका छन् । तालमेलको सहमतिमा केन्द्रबाटै अन्तिम समयमा हेरफेर भएपछि जाजरकोटमा प्रदेशतर्फ दुवै पार्टीले दुवै क्षेत्रमा उम्मेदवारी दिएका थिए । राप्रपा (प्रजातान्त्रिक)का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका वीरबहादुर मल्ल, प्रदेश (क) का कृष्णविक्रम शाह र (ख) का लालबहादुर राउतले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने बताएका छन् । जाजरकोटमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट पूर्वगृहमन्त्री बस्नेत तथा कांग्रेसबाट राजीवविक्रम शाह प्रतिस्पर्धामा छन् । रसुवा : प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा कुनै उम्मेदवारले नाम फिर्ता लिएनन् । रसुवाबाट प्रतिनिधिसभाका लागि ११ र प्रदेश सभाका लागि १२ जनाको नामावली सार्वजनिक गरिएको छ ।  हेलिकोप्टर चार्टर गरेर उम्मेदवारी फिर्ता रामेछाप : वाम गठबन्धनका उम्मेदवारप्रति असहमति जनाउँदै बागी बनेका माओवादी केन्द्रका लक्ष्मी गुरुङ, मैनकुमार मोक्तान र हेमन्त पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् । स्रोतका अनुसार माओवादी शीर्ष नेताहरूसँग भएको वार्तामा गुरुङ र मोक्तानलाई समानुपातिकमा राख्ने सहमति भएपछि विनाविभागीय राज्यमन्त्रीसमेत रहेका प्रतिनिधिसभाका उम्मेदवार श्यामकुमार श्रेष्ठले सेनाको हेलिकोप्टर चार्टर गरेर नाम फिर्ता लिन लगेका थिए । गुरुङले प्रतिनिधिसभामा, पौडेलले प्रदेश ‘क’ र मोक्तानले प्रदेश सभा ‘ख’मा बागी उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता लिएपछि तीनैजना सेनाको हेलिकोप्टरबाटै काठमाडौं फर्किएका छन् । विद्रोही मनाङेको समर्थनमा एमालेका आधिकारिक फिर्ता मनाङ : प्रदेश ‘ख’ मा एमालेको आधिकारिक उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिएकी छिन् । टीका लगाएर एमालेमा प्रवेश गरेका दीपक मनाङे (राजीव गुरुङ)ले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, उनलाई नै सघाउने भन्दै खण्डा लामाले उम्मेदवारी फिर्ता लिएको बताएकी छिन् । एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङले लामाको उम्मेदवारी फिर्ता भएकाले एमालेको समर्थन दीपकलाई हुने बताए । अब एमाले र माओवादीले मनाङेको चुनाव चिह्न ‘बालक’मा मतदान गर्नेछन् । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE